×

NIC ASIA

सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।

‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘डुप्क्या फाणो’ बनाउन चाहिने सामग्रीः मासको दाल १–२ किलोग्राम, तोरीको तेल ४० एमएल, गेडा जिरा १–२ चिया चम्चा, अदुवा ७ ग्राम, लसुन १२ ग्राम, सुकेको खुर्सानी ४ पिस, मरिच ६ पिस, बेसार १–२ चिया चम्चा, नून स्वाद अनुसार, पानी ७५० एमएल, हरियो धनियाँ १–२ मुठा, कागतीको रस या चुक अमिलो २ चिया चम्चा ।


Advertisment
Rupse Holidays
Nabil box

‘डुप्क्या फाणो’ बनाउने तरिकाः १ रात पहिला नै मासको दाललाई भिजाउने र बिहान मिचेर बोक्रा पखाल्ने । राम्ररी सफा हुनासाथ दाललाई सिलाउटो या ब्ल्यान्डरमा पिस्ने र आधा–आधा गरी २ भाग लगाउने । आधा भागमा पानी मिसाएर घोल्ने र एक साइड लगाउने । जिरा, धनियाँको गेडा, अदुवा, लसुन, सुकेको खुर्सानी, मरिच हालेर सिलाउटो या ब्ल्यान्डरमा मिस्ने । बाक्लो कराइमा तेल तताएर थोरै जिरा फुराएर काटेको प्याज हालेर ब्राउन बनाउने । पिसेको मसला, बेसार हालेर कम आचमा भुट्ने । 

Vianet communication

पानी हालेर घोल बनाएको दालको प्युरी हालेर उमाल्ने र स्वाद अनुसार नून हालेर हल्का चलाउने । उम्लन थालेपछि अर्को आधा मासको पेस्टलाई हातको सहायताले मस्यौरा जसरी सानो–सानो थोप्ल (डम्लिङ्ग) बनाएर उम्लेको फाणोमा खसाल्ने । मासको पेस्टलाई उम्लेको फाणोमा हालेर बन्ने परिकारलाई नै डुप्का भनिन्छ । 

१० मिनटजति स्लो फायरमा पकाउनासाथ काटेको धनियाँ र अमिलो हालेर खाना या खाजासँग डुप्क्या फाणो पस्कन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x