×

NMB BANK
NIC ASIA

इटहरी उपमहानगरमा मेयरमा १५, उपमेयरमा १४ जनाको उम्मेदवारी

कात्तिक २०, २०७४

NTC
Premier Steels

इटहरी, ५ असार-पूर्वको संभावित प्रादेशिक राजधानिको रुपमा बहुचर्चित इटहरी उपमहानगरपालिकामा पन्ध्र जनाले मेयर र चौध जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार विहान आठ बजेबाट साँझ चार बजेसम्म राखिएको मनोनयन दर्ता कार्यक्रममा मुख्य दलहरुसहित एघार दलहरुले मेयर तथा उपमेयरमा मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, समाजवादी फोरम, लोकतान्त्रिक फोरम, खम्बुवान राष्ट्रिय मोर्चा, चुरेभावर लोकतान्त्रिक पार्टी र संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टी मञ्चले आफ्ना तर्फबाट मेयर तथा उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।

तीन जनाभने स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुमा वीरबहादुर काफ्ले, पानालाल चौधरी, र पदमबहादुर योन्जन छन् । उपमेयरमा पनि तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । शोभावतीकुमारी चौधरी, कमला खतिवडा र नारायण खड्काले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पुरुष बाहुल्य मेयरको मनोनयनमा तीन जना महिलाहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन गराँउनेहरुमा माओवादी केन्द्रबाट हरिमाया जिमी, नेपाल परिवार दलबाट सितादेवी ढकाल र साझा पार्टीबाट डाक्टर तारा कुमारी काफ्ले रहेका छन् । पार्टी दर्र्ता नभएकोले काफ्लेको उम्मेदवारीमा स्वतन्त्र भनिएको छ ।

यसैगरि महिलाहरु मात्रै बढी उठाइएको उपमेयर पदमा चार पुरुष उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराँउनेहरुमा माओवादी केन्द्रका भीमप्रसाद सुवेदी, नेपाल परिवार दलका अशोककुमार चौधरी, साझा पार्टीका प्रकाशचन्द्र दर्जी र स्वतन्त्र उम्मेदवार नारायण दाहाल छन ।

यस्तो छ मेयर र उपमेयरको पूर्ण सूची
१. नेपालीकांग्रेसः रोहित प्रसाद प्रसाइ र विमलाशिवाकोटी
२. नेकपाएमालेः द्धारिक लालचौधरी र लक्ष्मि देवीगौतम
३. माआवादी केन्द्रः हरिमायाजिमीर भीम प्रसाद सुवेदी
४. राष्ट्रिय प्रजातन्त्रपार्टीः रोहितकार्की र माया रायमाझी
५. संघिय समाजवादीफोरमः देवी प्रसाद खनाल र यमुना गरागाइ
६. लोकतान्त्रिकाफोरमःअरुण चौधरी र सावित्राचौधरी
७. राष्ट्रिय जनमोर्चाः बालकृष्ण सुवेदी(उपमेयरमाखाली)
८. नेपालपरिवार दलःसिता देवी ढकाल र अशोक कुमार चौधरी
९. खम्बुवानमुक्तिमोर्चाः मचिन्द्र राइ र भद्र कमारी राइ
१०. चुरेभावर लोकतान्त्रिक पार्टीः रामप्रसाद रेग्मि र रुजा घिमिरे
११. संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चःइन्द्र बहादुर कन्दङवा र गोपीमायालिम्बु
१२. साझा पार्टीः तारा कुमारी काफ्ले र प्रकाशचन्द्र दर्जी
१३. स्वतन्त्र मेयरः पानालालचौधरी, विर बहादुर काफ्ले र पदमबहादुर योन्जन
१४. स्वतन्त्रउपमेयरः शोभावतीकुमारी चौधरी, कमला खतिवडा र नारायण दाहाल

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x