×

NMB BANK
NIC ASIA

चाडबाडमा रक्सीको बढ्दो माग

सांस्कृतिक पर्वमा रक्सीको उच्च माग– नेपाली बजारमा बोतलकै पौने ७ लाख पर्ने ह्विस्की पनि !

कात्तिक २०, २०७८

NTC
Premier Steels

पछिल्लो समय दशैंमा मासु र तिहारमा सेलरोटीसँगै रक्सीको उपभोग पनि बढ्दै गएको छ । यस समयमा व्यापार बढ्ने हुँदा रक्सी व्यवसायीहरू निकै उत्साहित हुन्छन् । 

Muktinath Bank

नेपालमै बनेका रक्सी तथा विदेशबाट आयात गरिने रक्सीहरू नेपाली बजारमा खपत हुँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडबाडको समयमा धेरै मात्रामा मदिरा उपभोग हुने गरेको मदिरा व्यवसायीहरूको छाता संगठन मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा बताउँछन् । 


Advertisment
Nabil box
Kumari

महासंघका अनुसार अहिले नेपालमा विदेशबाट आयात हुने ह्विस्की प्रतिबोतल झण्डै ७ लाख रुपैयाँसम्ममा खरिद गर्न पाइन्छ ।

Vianet communication

यस्ता ह्विस्कीहरू नेता तथा अन्य उच्चपदस्थ अधिकारीहरूले प्रयोग गर्दै आएका छन् । 

भदौमा मात्रै ३५ करोडको रक्सी आयात 

चालू आर्थिक वर्षको भदौ महिनामा अल्कोहलजन्य पेय पदार्थहरूको आयात गत वर्षको भन्दा बढीको भएको छ । 

भदौ महिनामा मात्रै यस्ता वस्तु ३५ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको आयात भएको व्यापार प्रवद्र्धन निकासी केन्द्रको तथ्यांकले देखाएको छ ।  

गत वर्षको सोही समय १९ करोडको रक्सी आयात भएको थियो ।

तर मदिरा व्यवसायीहरूले भने चाडपर्वलाई लक्षित गर्दै रक्सीहरू साउनदेखि नै आयात गर्ने गरेका छन् ।  

यी हुन् नेपालमा उपलब्ध सर्वाधिक महंगा रक्सीहरू :

नेपालमा ४० वर्ष पुरानो ग्लेनफिडिख सिंगल माल्ट ह्विस्कीको मूल्य प्रतिबोतल ६ लाख ७३ हजार ५ सय ६६ रुपैयाँ ७८ पैसा रहेको छ, जुन ७ सय एमएलको एक बोतलको मूल्य हो । 

जति वर्ष पुरानो भयो उति महंगो हुँदै जाने व्यवसायीहरू बताउँछन् ।

महासंघका अनुसार, नेपाली बजारमा उपलब्ध ३० वर्ष पुरानो ग्लेनफिडिख  सिंगल माल्ट ह्विस्की (७ सय एमएल)को मूल्य प्रति बोतल १ लाख २० हजार ८ सय ६५ रुपैयाँ ५९ पैसा रहेको छ ।

२६ वर्ष पुरानो ग्लेनफिडिख  सिंगल माल्ट ह्विस्की (७ सय एमएल) को मूल्य प्रति बोतल ७१ हजार ३ सय ५१ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै ग्लेनफिडिख  सिंगल माल्ट ह्विस्की २३ वर्ष पुरानो ग्राण्ड क्रुको मूल्य प्रतिबोतल ४१ हजार ३ सय ५० रुपैयाँ रहेको छ । 

नेपाली बजारमा बिक्री हुँदै आएको अर्को महंगो रक्सी हो– जोनी वाकर द जोन वाकर । 

नेपाली बजारमा जोनी वाकर द जोन वाकर ७५० एमएलको प्रति बोतल मूल्य ४ लाख रुपैयाँ रहेको छ । 

यस्तै ७ सय एमएलको जोन वाकर एण्ड सन्स ओडीसीको मूल्य प्रति बोतल १ लाख ३८ हजार ५ सय रुपैयाँ रहेको छ । 

यस्ता छन्, महंगा रक्सीहरू (मूल्यसहित)

  

तालिका :  मदिरा व्यवसायी महासंघ

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x