×

NMB BANK
NIC ASIA

मनमाया (कविता)

कात्तिक २१, २०७८

NTC
Premier Steels

चित्र खाती ‘अशोक’

Muktinath Bank

मनमाया!!


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरी मनमा बस्ने मनमाया


Advertisment
Nabil box
Kumari

हुन त 

Vianet communication

तिमी मेरा लागि 

कहिल्यै पनि सजिलि भईनौं

कहिले १३ कि दुना जस्ति भयौं

कहिले त्रिकोणकि कुना जस्ति भयौं

कहिले न्यूटनका नियम जस्ति भयौं

कहिले पि. टि का व्यायाम जस्ति भयौं

तर पनि 

डिंगाका पछि लागेको गोठालोले जस्तै

तिम्रो पछि लाऊन कहिल्यै छोडिन

हुन त 

गाडा निलो  मेड्डि 

अनि

आकाशे निलो सर्ट लाऊने तिम्ले 

गाडा निलो  पाईन्ट 

अनि

आकाशे निलै सर्ट लाऊने मलाई

मन पराऊनु पर्ने हो

तर तिम्ले

जिनको पाईट र टि-सर्ट लाऊने 

हप्तामा २ दिन मात्रै स्कुल आऊने 

जिमदारको छोरोलाई रोज्यौ रे भन्नि हल्ला

ऊहि बेलामै नचलेको होईन्

तर पनि 

स्कुलदेखि घर फर्किदा

मेरा घरमा पानी खान पस्ने तिमी

कुनै दिन मेरो घरमै बस्यौ रे भन्नि

हल्ला चल्ला 

भन्ने आशमै बसेको थिॅए म

मनमाया

बर्खामा 

मकैका बिरूवा पनि हल्लक बड्छन् 

तिनमा पनि जुंगा पलाऊछन्

अनि जात अनुसारका 

एऊटा, दुईटा, तिन्टा बा बेसी घोगा लाऊछन्

त्यस्तै 

नेपालीका छोराहरूका पनि 

जब जुंगाका रेखि पलाऊछन्

तब गक्ष अनुसारका देशॅा भिसा लगाऊंछन्

मेरी मनकि मनमाया

तिम्रो हल्ला चलेको छाऊरो

काठमाण्डौका क्याम्पसमा  ट्यामपास गरिरहॅदा

म साऊदिका ऊंटका पछि मार्चपास गर्दैथिए

मेरी मनमाया 

जे जति सके नसके  पनि

लास्टॅा कुरो भन्या सम्झिने मन कै हो

बाऊकै पैसामा भएनि तिम्रो हल्ला चलेको छाऊरोले

दशैमा गाऊॅ जॅादा

तिम्लाई एक गेढो पुस्टकारी सम्झेन

अम्रिका बाट फर्कदा नि तिम्रो हल्ला चलेको लाऊरेले

एक धर्को चोलि

एक फर्को  सारी सम्झेन्

तर मैले 

सवरीले रामलाई दिएका बयर जस्तै

खाडिका खजुरमा हजुरलाई सम्झें

एक बारको जुनिमा

दशै छुट्टिमा गॅाऊ आऊदा 

तिम्रो नाडिमा सुहैऊला भनेर

सिको फाईभ घडि सम्झें

नाईनास्ति गरेनि

एक आखार बोलौली भनेर

नोकिया १६०० सम्झे

मेरी मनमाया

मान्छेको लालसाले 

मान्छेलाई अन्धो बनाऊछ भन्छन्

तिम्लाई पनि

आईफोनको जादुले तीनछक नै पार्लन्

एक दुईटा फोटा खिच्देलान् पनि

यति सम्म कि 

आईफोन नै दिन्छु समेत भन्लान्

तर पनि मनमाया

जति नै फुटानि लाएनि 

तिम्लाई चाईनिज मोबाईल भन्दा ठूलो

कुनै पनि मोबाईलको भॅाडो दिनेवाला छैनन्

जाबो चाईनिज जिनिससित जोबन साटिरे 

भन्ने त सुन्न पनि सुहाऊदैन् मनमाया

त्यहि भएर सस्ता कुरामा जात फाल्नु हुदैन् 

फोटा नै नखिचेनि मैले देको नोकिया

हातबाट खसेसी झर्यामझुरूम्मै त हुदैन

मेरी मनकि मनमाया

तिम्लाई पनि विदेशका 

अग्ला अग्ला बिल्डिंग अघि खिचिएका 

सग्ला सग्ला फोटाले लोभ्याऊलान्

समुद्र किनारमा खिचिएका फोटाले फकाऊलान्

तिम्लाई पनि

त्यतै जाऊली

मिठो मिठो ख्वाऊली

ठूलो घरमा बसौली

मोटर गाडि चडौली

राम्रा राम्रा गहना कपडा लाऊली

भन्ने सपना देखाऊन सक्छन् तिन्ले

तर मनमाया

ॲाखा बन्द नगरी सपना देखिन्न

त्यहि भएर यति त ख्याल गर्नु पर्छ कि

आफ्नै अघिको अस्मिता पनि चोरिएको थाह नहुन सक्छ

ॲाखा बन्द हॅुदा

मरी मनकि मनमाया

फुले जति सबै फुल हुदैनन्

कुनै कुनै पातहरू पनि हुने गर्छन्

शरदका पातहरू जस्तै

तिनी पनि

फुलभन्दा कम्ता सुन्दर त कहॅा हुन्छन् र

तर शिशिरको हुरीले

झारेर नांगेतार बनाईदिन्छ तिन्लाई

मेरी मनमाया

यदि तिम्ले पनि पात समेत रंगाऊने लालसा राख्यौ भने

गाऊभरीका डिठ्ठा, जिम्दार र साहुका छोराहरूको बैंस

कुनै हुरी बतास भन्दा कम्ता छैन्

तिम्ले सॅाचेर राखेको पात समेतलाई झारीदिन सक्छन् तिन्ले

त्यहि भएर मनमाया

तिमी पनि फुल बन्नु पर्छ

समय मै टिपिनु पर्छ 

देऊरालीकै दऊताका थानमै

भएनि चढिनु पर्छ

शिशिर आऊनु भन्दा पहिल्यै

तिहार तिरै मालामा ऊनिनु पर्छ

तिम्रा छरपस्ट भएका फुलहरूलाई

सम्हाल्न एऊटा धागोको डोरो त चाहिन्छ नै

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x