×

NMB BANK
NIC ASIA

राजस्व संकलनमा वृद्धि

राजस्व उल्लेख्य वृद्धि: पहिलो ५ महिनामा लक्ष्यभन्दा माथि, पहोरभन्दा १२० प्रतिशत बढ्यो

पुस ८, २०७८

NTC
Premier Steels

चालू आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको पाइएको छ । 

Muktinath Bank

आन्तरिक राजस्व विभागका अनुसार चालू आवको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म) लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ भने गत वर्षको यही अवधिको तुलनामा १ सय २० प्रतिशत बढी राजस्व संकलन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर महिनामा मात्र विभागले कुल २८ अर्ब ५७ करोड ९० लाख ७४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । 


Advertisment
Nabil box
Kumari

जसमध्ये लक्ष्यको ९६.६७ प्रतिशत राजस्व असुली भएको आन्तरिक राजस्व विभागले जनाएको छ । 

Vianet communication

विभागका निर्देशक एवं सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार, मंसिर महिनामा मात्रै विभागले विभिन्न शीर्षकमा गरेर २७ अर्ब ६२ करोड ६२ लाख ७४ हजार रुपैयाँ राजस्व असुली गरेको छ, जुन लक्ष्यको ९६.६७ प्रतिशत हो ।

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा सरकारले लक्ष्यभन्दा बढी अर्थात् १०२.३५ प्रतिशत राजस्व असुली गरेको छ ।

मंसिरसम्ममा विभागले १ खर्ब ५१ अर्ब ७८ करोड ९६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

यस अवधिमा १ खर्ब ५५ अर्ब ३५ करोड १६ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी प्याकुरेलले जानकारी दिए । 

गत आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्ममा सरकारले १ खर्ब २९ अर्ब ७५ करोड ७६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

गत वर्षको तुलनामा अहिले १२० प्रतिशत राजस्व वृद्धि भएको प्रवक्ता प्याकुरेलको भनाइ छ । 

१२० प्रतिशतको वृद्धि निकै राम्रो कुरा हो : विभाग

आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले अहिले गत वर्षको मंसिर महिनासम्मको तुलनामा १२० प्रतिशत राजस्व बढी असुली भएको बताए । यो निकै राम्रो भएको बताउँदै उनले अहिले राजस्व असुलीको अवस्था हेर्दा वार्षिक लक्ष्य चुम्न त्यति कठिन नहुने बताए । 

होटल तथा पर्यटन क्षेत्र चलायमान भएमा राजस्व संकलन अझै बढ्ने उनको भनाइ छ । 

‘अझै पनि सेवा क्षेत्रमा असर कायमै छ । होटल, पर्यटन लगायतका क्षेत्रहरू अझै पनि माथि उठ्न सकेका छैनन् । आवागमन पनि विगतको जस्तो राम्रो छैन । विदेशी नागरिक नेपाल आएका छैनन् ।’ 

उनले भने, ‘यद्यपि अहिले आर्थिक गतिविधि विस्तारै चलायमान हुँदै जाँदा बढेको देखिन्छ, तर सेवा क्षेत्रबाट पनि राम्रो राजस्व उठ्न सक्ने अवस्था भएमा झनै धेरै असुली हुन्छ ।’

आर्थिक गतिविधि चलायमान हुँदै जाँदा राजस्व असुली पनि लक्ष्य अनुरूप वा सो भन्दा बढी हुनेमा विभाग आशावादी रहेको उनको भनाइ छ ।

समग्रमा कति संकलन भयो राजस्व ? 

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । 

जसमध्ये कर राजस्व १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ र गैरकर राजस्व १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ संकलन गर्ने सरकारी लक्ष्य छ । 

चालू आर्थिक वर्षको साढे ४ महिनामा सरकारले लक्ष्यको ३५.८३ प्रतिशत राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

सरकारले मंगलवार (पुस ६ गते)सम्ममा ३ खर्ब ९० अर्ब ५२ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ३६.५७ प्रतिशत हो । 

गत आर्थिक वर्ष (२०७७/७८)को सोही अवधिमा सरकारले कर राजस्व ३२.२८ प्रतिशत संकलन गरेको थियो । 

सो आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो, जसमध्ये समीक्षा अवधिमा ३०.८२ प्रतिशत असुली गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

यस्तै सरकारले मंगलवारसम्ममा ३२ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ राजस्व असुली गरेको छ । 

आर्थिक वर्षभरीमा १ खर्ब १२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ गैरकर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये मंगलवारसम्ममा २८.८४ प्रतिशत संकलन भएको हो । 

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा सरकारले १७.३९ प्रतिशतमात्रै गैर कर राजस्व संकलन गरेको थियो । सो वर्ष ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ गैर कर राजस्व संकलनको लक्ष्य लिएको थियो । 

जसबाट सो समयमा १७.३९ प्रतिशत राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

अर्थमन्त्रालय भन्छ– गतवर्षको भन्दा बढी असुली भयो भने पनि हाम्रो सफलता

अर्थमन्त्रालयले शतप्रतिशत राजस्व संकलनको लक्ष्य भेट्ने गरी नै अहिले काम भइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले अहिले राजस्व संकलनको लक्ष्य भेट्ने गरी नै काम भइरहेको बताए । 

यद्यपि अहिले राजस्व वृद्धि भने आयातमा वृद्धि भएकाले पनि बढी देखिएको उनको भनाइ छ ।

उनले भने, ‘लक्ष्य महत्वाकांक्षी छ, शतप्रतिशत राजस्व भेट्न सकिन्छ कि सकिन्न अहिले नै भन्न त सकिँदैन । अहिले आयातमा वृद्धि भएकाले पनि राजस्व बढेको देखिन्छ । गत वर्षको भन्दा बढी नै असुली भयो भने पनि हाम्रो सफलता हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x