×

NMB BANK
NIC ASIA

बढ्दै लगानी प्रतिबद्धता

कोरोना संकट केही कम हुँदा बढ्यो लगानी प्रतिबद्धता : चीनबाट २३ अर्ब, भारतबाट २९ करोड

पुस १६, २०७८

NTC
Premier Steels

कोरोना महामारीपछि पुनरुत्थान हुँदै गरेको नेपालको अर्थतन्त्रमा लगानी प्रतिबद्धता बढ्दै जान थालेको छ । 

Muktinath Bank

चालू आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्मको तथ्यांकले वैदेशिक लगानीको प्रतिबद्धता थपिँदै गएको देखाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग विभागको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार मुलुकमा सेवा क्षेत्रमा सर्वाधिक बढी लगानी प्रतिबद्धता आएको छ ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्ष २०७८ को मंसिर मसान्तसम्ममा मुलुकमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । 

Vianet communication

साउनदेखि मंसिर मसान्तसम्ममा विभिन्न १३ मुलुकबाट २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको र त्यसलाई स्वीकृत गरिएको उद्योग विभागले जनाएको हो । 

विभागका अनुसार साउनदेखि मंसिरसम्ममा १ सय २२ परियोजनामा वैदेशिक लगानी स्विकृत भएको हो । 

जसमध्ये चीनले सर्वाधिक धेरै १ सय २ परियोजनामा लगानी प्रतिबद्धता जनाएको छ । 

चीनले मध्यमखाले ३५ र साना ६७ परियोजनामा लगानी प्रतिबद्धता जनाएको छ ।

गत आर्थिक वर्ष (आ.व.)को सोही समयमा चीनले १ सय ३ परियोजनामा लगानी प्रतिबद्धता जनाएको थियो । 

जसमध्ये १ सय २ वटा साना र १ वटा परियोजनामा उसको लगानी स्वीकृत गरिएको थियो ।

चीनले चालू आ.व.को मंसिर मसान्तसम्ममा २३ अर्ब १४ करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही समयमा चीनको १८ अर्ब ११ करोड ७२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिएको थियो ।

चीनले चालू आ.व.मा १ सय ३ परियोजनामा लगानी गर्दा ३ हजार ५७ जनाले रोजगारी पाउने बताइएको छ । 

उद्योग विभागका अनुसार, चालू आ.व.को मंसिर मसान्तसम्ममा अमेरिकाले विभिन्न ६ साना परियोजनामा ३० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । 

कुन आर्थिक वर्षमा कति लगानी प्रतिबद्धता ? 

यसअघि आर्थिक वर्ष २०७६/७७ को मंसिर मसान्तसम्म नेपाललाई विभिन्न मुलुकहरूबाट २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

सो आर्थिक वर्षमा अर्थतन्त्र ठीकठाक रहेको थियो । 

अर्थतन्त्र सामान्य अवस्थामा रहँदा २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता विदेशी मुलुकहरूबाट प्राप्त हुनु राम्रो रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । 

सोही आर्थिक वर्षको फागुन महिनाबाट मुलुकमा कोरोना महामारी शुरू भएको थियो । यस्तै चैत ११ गतेदेखि त सरकारले मुलुकभर लकडाउन नै घोषणा गरेको थियो । 

लकडाउन घोषणा भएसँगै मुलुकको अर्थतन्त्र ठप्पप्रायः नै रहन गयो ।

२०७७/७८ को साउनदेखि मंसिर मसान्तसम्ममा २१ अर्ब २० करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो । 

सो वर्ष कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र नै संकटमा परेका बेला वैदेशिक लगानीको प्रतिबद्धतामा केही ह्रास आएको थियो ।

कुन क्षेत्रमा कति आयो लगानी प्रतिबद्धता ? 

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सर्वाधिक बढी सेवा क्षेत्रका ३७ परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता भएको छ । 

सो समयमा सेवा क्षेत्रमा विभिन्न मुलुकबाट १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

यस क्षेत्रमा १ हजार ९ सय ३९ जनशक्तिले रोजगारी पाउने बताइएको छ ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा पर्यटन क्षेत्रमा ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक प्रतिबद्धता आएको छ ।

यस्तै निर्माण क्षेत्रमा ३ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आउँदा कृषि क्षेत्रमा ६० करोड रुपैयाँमात्रै प्रतिबद्धता आएको छ ।

चालू आवको मंसिर मसान्तसम्ममा ऊर्जामा ५ अर्ब ६२ करोड, सूचना तथा प्रविधिमा ४५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

ऊर्जा क्षेत्रमा पनि कम

मंसिर मसान्तसम्ममा ऊर्जा क्षेत्रमा पनि कम मात्र लगानी प्रतिबद्धता आएको छ । 

यस क्षेत्रमा ५६ करोड रुपैयाँमात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

१ परियोजनाका लागि मात्रै लगानी प्रतिबद्धता आएको हो । 

नेदरल्याण्डले सो परियोजनामा ५६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएको हो । 

कुन-कुन मुलुकबाट आयो लगानी प्रतिबद्धता ? 

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कुल १३ मुलुकले १ सय २२ साना, मध्यम तथा ठूला परियोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । 

जसमध्ये सर्वाधिक बढी छिमेकी मुलुक चीनले प्रतिबद्धता जनाएको छ ।

उद्योग विभागका अनुसार चीनले १ सय २ परियोजनाका लागि २३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ । 

यस्तै अमेरिकाबाट ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ६ वटा साना परियोजनाका लागि अमेरिकाबाट लगानी प्रतिबद्धता आएको हो ।

यस्तै स्पेनबाट ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने सिंगापुरले १० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।

छिमेकी मुलुक भारतबाट नेपालमा ४ परियोजनाका लागि २९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यी मुलुकहरूबाहेक फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्पेन, स्विजरल्याण्ड, भियतनाम लगायत मुलुकबाट पनि लगानी प्रतिबद्धता आएको छ ।

‘लगानीको वातावरण बढ्यो’

उद्योग विभागले पछिल्लो समय मुलुकमा लगानीको वातावरण बनेको दाबी गरेको छ । 

विभागका निर्देशक एवं सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले कोरोना महामारीपछि अर्थतन्त्र पुरानै लयमा फर्किँदा लगानीको वातावरण बनेको बताए । 

उनका अनुसार, लगानीको वातावरण बनेसँगै विभिन्न मुलुकहरूबाट वैदेशिक लगानी प्रतिबद्धता आउने क्रम पनि बढेको छ ।

कोरोना महामारी भन्दा अगाडिको समयमाभन्दा अहिले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बढेको निर्देशक पराजुली बताउँछन् । 

यस्तै पछिल्लो समय वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आउँदा पनि लगानी भित्रन सहज भएको निर्देशक पराजुली बताउँछन् ।

‘कोभिड अगाडिभन्दा अहिले बढेको अवस्था छ । यसको कारण सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ पूर्णरूपमा कार्यान्वयनमा आएको छ,’ निर्देशक पराजुलीले भने, ‘वैदेशिक लगानी आकर्षित गर्ने नीति कार्यक्रममा बजेटमा नै आइसकेको अवस्था छ । यसले पनि वैदेशिक लगानीलाई सहज बनाएको छ ।’

उनले अहिले मुलुकमा लगानीको वातावरण रहेकाले वैदेशिक लगानीका प्रतिबद्धता अझै आउने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x