×

NIC ASIA

के ब्रह्माण्ड समाप्त हुँदैछ ? नयाँ अध्ययनको यस्तो खुलासा

बैशाख २५, २०७९

Prabhu Bank
NTC
Premier Steels

ब्रह्माण्डमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरूले समेत यी रहस्यहरुको बारेमा अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । 

Muktinath Bank

अन्तरिक्ष सधैं मानिसहरूको लागि जिज्ञासाको केन्द्र भएको छ । लाखौं रहस्यहरू अनन्त र असीमित ब्रह्माण्डमा लुकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञानको दायरा बढेसँगै ब्रह्माण्डको रहस्यको पर्दा पनि बढेको छ । तर, यसैबीच यस्तो खबर आएको छ, जसको बारेमा थाहा पाएर विश्वका वैज्ञानिकहरू छक्क परेका छन्  ।


Advertisment
Nabil box
Kumari

एक नयाँ अनुसन्धानले ब्रह्माण्ड विस्तारै संकुचित हुँदै गएको खुलासा गरेको छ । 

Vianet communication

ब्रह्माण्ड लगभग १३८० करोड वर्षदेखि विस्तार भइरहेको छ, तर अब भने यो रोकिएको छ । यो अनुसन्धान जर्नल प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित भएको छ । 

यस अनुसन्धानमा तीन वैज्ञानिकहरूले डार्क एनर्जीको प्रकृतिलाई मोडल गर्ने प्रयास गरेका छन् । वैज्ञानिकले यो मोडलिङ ब्रह्माण्डको विस्तारको विगतको अवलोकनको आधारमा गरेको हो  ।

रहस्यमय शक्ति डार्क एनर्जीका कारण ब्रह्माण्ड तीव्र गतिमा विस्तार भइरहेको बताइन्छ । मोडेलमा डार्क एनर्जी एक एकाइ हो जसलाई क्विन्टेसेन्स भनिन्छ र यो समयसँगै नष्ट हुन सक्छ । 

शोधकर्ताहरूले रिसर्चमा पत्ता लगाएका छन् कि डार्क एनर्जीको प्रतिरोधी शक्ति सम्भवतः कमजोर हुँदै गइरहेको छ ।

शोधकर्ताहरूले ब्रह्माण्डको गति आगामी ६ करोड ५० लाख वर्षमा समाप्त हुने दाबी गरेका छन् । यसपछि, १० करोड वर्षमा ब्रह्माण्ड पूर्ण रूपमा विस्तार गर्न रोक्न सक्छ । त्यसपछि यो बिस्तारै कम हुन थाल्छ र लाखौं वर्षपछि समाप्त हुनेछ । वैज्ञानिकहरू भन्छन् कि त्यसपछि समय र अन्तरिक्षको जन्म हुनेछ । 

प्रिन्सटन युनिभर्सिटीको प्रिन्सटन सेन्टर अफ थ्योरेटिकल साइन्सका निर्देशक र यस अनुसन्धानका सहलेखक पॉल स्टेनहार्डले यो धेरै छिटो हुन सक्ने बताएका छन् । उनका अनुसार ६ करोड ५ लाख वर्षपहिले चिक्सुलुब क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएको थियो, जसले डायनासोरहरूको युग समाप्त गरेको थियो । ब्रह्माण्डीयस्तरमा ६ करोड ५ लाख वर्षको अवधि भनेको धेरै छोटो हो ।

सन् १९९० को दशकमा वैज्ञानिकहरूले ब्रह्माण्ड तीव्र गतिमा विस्तार भइरहेको थाहा पाएका थिए । आकाशगंगाहरूबीचको दूरी पनि तीव्र गतिमा बढिरहेको छ । 

वैज्ञानिकहरूले यो द्रुत रूपमा बढ्दो रहस्यमय स्रोतलाई डार्क एनर्जी नाम दिएका छन्, जुन एक अदृश्य इकाइ हो ।

डार्क एनर्जीले गुरुत्वाकर्षणको विपरीत दिशामा कार्य गर्दछ । यसले ब्रह्माण्डको सबैभन्दा ठूलो वस्तुहरूलाई तान्नुको सट्टा तिनीहरूलाई टाढा धकेल्छ । तर, डार्क एनर्जीले ब्रह्माण्डको कुल द्रव्यमान-ऊर्जाको लगभग ७० प्रतिशत भाग बनाउँछ, यद्यपि यसको गुणहरू अझै रहस्यमय छ । 

अब ब्रह्माण्डको अन्तहीन विकास हुन्छ वा चाँडो अन्त्य हुन्छ त्यो भने आउने समयमै थाहा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

असोज २, २०७९

चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...

असार ३०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...

जेठ ५, २०८१

 अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।  नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेक...

असार ३०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...

बैशाख २७, २०७९

संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् ।  यसैबीच, अमेर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x