×

NMB BANK
NIC ASIA

हाब्रे संरक्षण गर्न कुकुरलाई खोप

बैशाख २८, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

विश्वमै  दुर्लभ  मानिएको  वन्यजन्तु  हाब्रे  (रेडपान्डा)  संरक्षण  गर्न  घरपालुवा  जनावर  कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ ।  

Muktinath Bank

खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाब्रे संरक्षणमा काम गरिरहेको रेडपान्डा नेटवर्कले हाब्रे पाइने ताप्लेजुङ, पाँचथर, इलाम, डोल्पा, जाजरकोट, रोल्पा, पश्चिम रुकुम, पूर्वी रुकुमलगायतका  जिल्लाका  कुकुरलाई  खोप  लगाउन सुुरु गरेको हो ।


Advertisment
Nabil box
Kumari

नेटवर्कका अनुमगन अधिकृत  पेमा  शेर्पाका  अनुसार  गोठालासँग  गोठमा  बस्ने  सिकारी  कुकुरबाट  हाब्रे  पीडित  हुन थालेपछि कुकुुरलाई सुरक्षित राख्न खोप लगाउने अभियान शुरू गरिएको हो ।

Vianet communication

 यस  वर्ष  जाजरकोटमा  रेबिजविरुद्धको  खोप लगाउने कार्य सञ्चालन भइरहेको शेर्पाले बताए । यस अभियानलाई हाब्रे पाइने सबै जिल्लामा चरणबद्ध ढङ्गले सञ्चालन गरिनेछ ।

उच्च हिमाली क्षेत्रका बस्तीमा पनि हाब्रे आउने  भएकाले  गत  वर्ष  गाउँघरमा  पालिएका  कुकुरमा  पनि  रेबिजविरुद्धको  खोप  दिइएको  थियो । गत वर्ष दुुई हजार ४९ कुकुरलाई खोप लगाइएको उनले बताए ।

नेटवर्कले इलाम जिल्लाको हाब्रेको बासस्थान सुधार गर्न ७७८ रोपनी निजी जग्गा किनेर वृक्षरोपण गर्न थालेको छ ।

वन्यजन्तु हिँड्ने, चर्ने क्षेत्रमा भएको निजी जग्गा खरिद गरेर मालिङ्गो, निगालोलगायतका डाले  घाँसका  बिरुवा  रोप्ने  काम  भइरहेको  नेटवर्कका  कार्यक्रम  संयोजक  सोनाम  टासी  लामाले जानकारी  दिए ।

लामाले    हालै    बेलायतबाट    प्राप्त    गरेको  ह्विट्ली  कन्जरभेसन  अवार्डको  ४०  हजार पाउन्डलाई पनि हाब्रेको बासस्थान सुधारमा लगाइने भएको छ ।

पुरस्कृत लामाले भने, “मैले पाएको पुरस्कारको रकम इलाममा रेडपान्डा बासस्थान सुधारका लागि बाँकी रहेको काममा लगाउने योजना बनेको छ । त्यो रकमले पनि पुग्दैन होला । त्यहाँ काम गर्नुपर्ने अझै धेरै छ ।” गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x