×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

कचनकवलमा कांग्रेस–एमाले मिलेर ढाले राजेन्द्र लिङ्देनको वर्चश्व

जेठ ४, २०७९

NTC
Premier Steels

झापाको कचनकवल गाउँपालिकामा कांग्रेस र एमाले मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीको विरासत ढालेका छन् । कचनकवलमा राप्रपा पूर्णरूपमा बढारिएको छ । 

Muktinath Bank

गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका कालेन्द्रप्रसाद सिंह र उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट अध्यक्षका उम्मेदवार अन्जरा आलम र उपाध्यक्षकी उम्मेदवार निमसरी राजवंशीलाई पराजित गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेस–एमाले गठबन्धनले ११ हजार ४५७ मत ल्याएर राप्रपाका आलमलाई ४ हजार ७९० मतले पराजित गरेका छन् । 

Vianet communication

आलमले ६ हजार ६६७ मत पाएका छन् । 

अघिल्लो चुनावमा राप्रका अन्जरा आलम र निमसरी राजवंशी नै गाउँपालिको नेतृत्वमा निर्वाचित भएका थिए । एमाले र कांग्रेस केही वडामा मात्रै सीमित थियो ।  

यस पटक भने राप्रपाले गाउँपालिकाभरिमा एक दलित सदस्य मात्रै जित्न सकेको छ । अरू सबै वडा अध्यक्ष र सदस्यमा कांग्रेसको बाहुल्य स्थापित भएको छ । 

गाउँपालिकाको सात वडामध्ये ६ वटा वडा अध्यक्ष कांग्रेसले जितेको छ भने एउटा वडा अध्यक्ष एमालेले जितेको छ । 

वडा तहमा भने कांग्रेस–एमालेले गठबन्धन गरेका थिएनन् । 

स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनले देशभर तालमेल गरेको थियो । पाँच राजनीतिक दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफूभन्दा बाहिर तालमेल नगर्ने आचारसंहिता नै बनाएका थिए । देशभरि नै गठबन्धन भर्सेस एमाले चुनावी मैदानमा थियो । तर, केन्द्रीय सहमति विपरित कचनकवलमा भएको चुनावी तालमेलले देशव्यापी चर्चा पाएको थियो । 

राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धी र स्थानीय तह चुनावमा मुख्य राजनीतिक शत्रु जस्ता भएका कांग्रेस र एमालेको गजबको गठजोड कचनकवलमा बनेको थियो । कांग्रेस र एमालेका स्थानीय नेताहरुले भने स्थानीय आवश्यकताको आधारमा कचनकवलमा चुनावी गठबन्धन बनेको बताउने गरेका थिए । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका नेता कृष्ण सिटौलाको निर्वाचन क्षेत्रमा पर्छ, कचनकवल गाउँपालिका । संसदीय निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर–३ मा यो गाउँपालिका पर्छ । सिटौला र लिङ्देनको राजनीतिक रणभूमि पनि यही हो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । त्यसबेला एमाले अध्यक्ष ओलीले लिङ्देनलाई सघाएका थिए भने लिङ्देनले ओलीलाई झापाको क्षेत्र नम्बर–५ मा सघाएका थिए । 

तर पाँच वर्षपछि स्थानीय चुनावमा राजनीतिक रंग बदलियो । कांग्रेस र एमालेले स्थानीय चुनावबाट कचनकवलमा राजतन्त्रको अवशेष अन्त्यको उद्घोष गरेका थिए । त्यसमा उनीहरु सफल भएका छन् ।

याे पनि पढ्नुहाेस्

 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x