×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभागृहमा दलका प्रतिनिधिको हविगतः आफ्नाे चिन्हभन्दा लाैराेमा बढी चासाे

जेठ ४, २०७९

NTC
Premier Steels

काठमाडौं महानरपालिकाको मतगणना ५ दिनदेखि राष्ट्रिय सभा गृहमा जारी छ । मतगणना शुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को दबदबा अहिले पनि उस्तै छ ।

Muktinath Bank

शुरूदेखि नै अगाडि लागेका बालेनले ४७ हजार मत गनिसक्दा १८ हजार मत कटाइसेका छन् । दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापितले ९ हजार ५ सय र नेपाली काँग्रेसकी सिर्जना सिंहले ८ हजार ५ सय मत कटाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थापित र सिंहले पाएको कुल मत जोड्दा पनि बालेन अगाडि हुन थालिसकेका छन् । उनको यो रफ्तार रोकिने छाँटकाँट देखिँदैन् । अहिले काठमाडौंका भित्री र बाहिरी दुवै बस्तीकाे मतगणना भइरहेकाे छ । दलका प्रतिनिधिहरू भित्री बस्तीमा पुगेपछि आफ्ना उम्मेदवारको भोट बढ्ने अपेक्षा गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको वडा नम्बर १, २, ३ र ५ को मत परिणाम आएसकेको छ । परिणाम आएको वडाध्यक्षमा सबैमा एमालेका उम्मेदवारहरूले जितेका छन् । तर, त्यही क्षेत्रमा मेयरको उम्मेदवारमा भने बालेन धेरै अगाडि छन् । 
अहिले वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना जारी छ । ८ देखि २७ नम्बर वडाको मत गणना हुन बाँकी छ । त्यसलाई दलका नेताहरूले आफ्नो कोर क्षेत्र भएको दावी गरिरहेका छन् ।

Vianet communication

मतगणना स्थलमा सबै दलका उम्मेदवारका प्रतिनिधिहरूको मुख मलिन छ । प्रत्येक २ भोट गन्दा एउटा लौरोमा स्वस्तिक छाप लागेकै छ । त्यो भन्दा पनि प्रमुख पदमा लौरो र अन्य पदमा पार्टीका उम्मेदवारलाई परेको मतले दलका प्रतिनिधिलाई तनाव थपिरहेकाे छ ।

‘लौरो भन्दा पनि अरु केही सुनिदैन त । प्रमुखमा भोट गतिलै काटेछ,’ वडा नम्बर ७ काे गणनामा बसेका दलका प्रतिनिधिले एक आपसमा काने खुशी गर्दै थिए । ‘कति लौरोमा हालेका हुन् हाम्राले पनि अचम्मै पारे,’ अर्का प्रतिनिधिले भन्दै थिए ।

मतगणना स्थलमा एमालेका प्रतिनिधि मलिन अनुहारमा देखिन्थे । पहिलो भोट लौरो दोस्रोदेखि सबै सूर्य हुँदा उनीहरूको नाक खुम्चिन्थ्यो । कांग्रेसका प्रतिनिधि अझ खिन्न देखिन्थे । पहिलो लौरो दोस्रो सूर्य र तेस्रोदेखि सबै रुख आउँदा उनीहरूको अनुहारमा मलिनता छचल्किन्थ्याे ।

दलका प्रतिनिधिहरू मतगणनास्थल बाहिर पनि उत्तिकै खिन्न देखिन्छन्। ‘लौरोले सबै बिताए छ । भोट मज्जैले काटेछ,’ एक आपसमा  कुराकानी हुने गरेका छन् ।

बालेनका समर्थक भने सभागृह बाहिर नतिजाको व्यग्र प्रतीक्षामा बसिरेका छन् । भित्र बालेनलाई भोटको बर्षा भइरहँदा बाहिर रहेका समर्थकले कति भोट आयो भन्दै आफ्नो मोबाइलको स्क्रीन स्क्रोल गरिरहेका हुन्छ्न् ।

२१ औं शताब्दीमा आइपुग्दा पनि नतिजाको लागि मतगणनास्थल बाहिर बसेर कुर्नु परेको नुवाकोटका कृष्ण भण्डारीले बताए । 'विदेशमा निर्वाचनको मत परिणाम १ दिनमै आउँछ । नेपालमा पनि त्यस्तै प्रणाली लागू हुनुपर्छ', भण्डारीले भने, ‘अहिलेको जमानामा पनि बाहिर बसेर कुर्नु परेको छ त्यो पनि मतपरिणाम अनलाइनमा हेरेर थाहा पाउनु पर्छ ।’

देशमा दलका नेताहरूले राजनीतिलाई पेशा बनाएकाले विकृति मौलाएको उनकाे भनाइ छ । त्यसलाई चिर्नका लागि युवा आउनु आवश्यक भएकाले समर्थन गर्न आएको भण्डारीले बताए ।

‘नेताले काम नगरेर दुःख दिए । अब युवा आएर देश बनाउनुपर्छ र हामी जस्ता युवालाई विदेश जान नपर्ने व्यवस्थाको शुरुआत हुनुपर्छ । त्यसैले बालेनलाई सर्पोट गर्न आएको हुँ,’ कोरियाबाट भर्खर फर्केका भण्डारीले भने ।
स्याङ्जा चापाखर्कका दिवस गैरे पनि युवा जोश भएका बालेनले काठमाडौंमा केही नयाँ काम गर्न सक्छन् भन्ने लागेर समर्थनमा आएको बताए ।

बालेनले जिते भने नेताहरूले आफूले गरेको गल्तीको महसुस हुन्छ । त्यसपछि आगामी निर्वाचनमा युवाहरूले भाग लिन उत्साहित हुने पनि उनको बुझाइ छ ।

‘बालेनले युवाहरू आउनुपर्छ भन्ने सन्देश पनि दिन्छन् । त्यसले गर्दा बूढा, भ्रष्टचार गरेर खाना पल्केका नेताहरू सुध्रिन्छन् कि भन्ने लाग्छ,’ गैरेले लोकान्तरसँग भने ।

'एउटा–एउटा काल खण्डमा नेताहरूले केही गर्छन् कि भनेर भोट दिँदै जिताउँदै आएकै हो । अहिलेसम्म पनि देशमा परिवर्तन हुन नसकेकाे र महानगरबाट युवाले देश हाँक्ने अवस्था बनाेस भनेर युवालाई समर्थन गर्न आएको हुँ',  पाल्पा रामपुरका महेन्द्र भण्डारीले भने ।

‘१० औं दलका सयौं नेताहरूलाई जितायौंं हामीले के पायौं खै ? सबैले आफ्नो खल्ति भर्ने भन्दा केही गरेनन्,’ भण्डारीले भने, ‘बालेनले केही गर्छन् कि भन्ने आशा गरेका छौं ।’ बालेनलाई काम गर्न नदिएको खण्डमा युवाहरूले अभियान नै चलाएर काम गराउने उनको दावी छ ।

‘बालेनले पक्कै जित्छन्, जितेर कसैले काम गर्न दिएनन् भने हामी युवाहरू हल्केलामा दही जमाएर बसेका छैनौ, खबरदारी गर्न अघि सर्छौं,’ भण्डारीले लोकान्तरसँगको कुराकानीमा भने, ‘बालेनको जितले युवाहरू नयाँ जोश लिएर आएको सन्देश जानेछ ।’ युवाहरू देश निमार्णको लागि बालेन पहिलो खुड्किलो भएकाले आगामी निर्वाचनमा अरू युवाहरू अगाडि आउने उनको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x