जेठ २, २०८१
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् ।
निर्वाचनको सधैँ विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी समेतले पहिलो पटक निर्वाचनमा सहभागी भएर केही वडामा जितेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको साझेदार एकीकृत समाजवादीले मतगणना सम्पन्न भएका स्थानीय तहमध्ये १३ स्थानीय तहको प्रमुख र १७ उपप्रमुख पदमा जित हासिल गरिसकेको छ । जसमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका, पर्साको बहुदरमाई नगरपालिका, धनुषाको शहीदनगर नगरपालिका तथा जनक नन्दिनी र मुखियापट्टी मुसहरनिया गाउँपालिका छन्।
यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका, महोत्तरीको पिपरा तथा एकडारा गाउँपालिका, सुनसरीको देवानगञ्ज गाउँपालिका, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका, बाराको करैयामाई गाउँपालिका र सर्लाहीको बसबरिया गाउँपालिकामा प्रमुख पद एकीकृत समाजवादीले जितेको छ । यसैगरी पर्साको थोवनी र कालिका गाउँपालिका, सप्तरीको विष्णुपुर गाउँपालिका, सिरहाको नवराजपुर र अर्नमा गाउँपालिका प्रमुखमा पनि जित हासिल गरेको छ ।
मतगणना जारी रहेकामध्ये पोखरा महानगरपालिकासहित छ स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता कायम गरिरहेको छ । मतगणना सम्पन्न भएका १७ स्थानीय तहको उपप्रमुखमा समेत एकीकृत समाजवादीले जित हासिल गरेको छ । २०७८ भदौ २ गते नेकपा (एमाले)बाट अलग भएको एकीकृत समाजवादीले सबै स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार गरिसकेको छैन । सङ्गठनात्मक रूपमा कमजोर र नयाँ पार्टी भए पनि एकीकृत समाजवादी स्थानीय तहमा पाँचौँ शक्ति बन्ने निश्चित जस्तै छ । यस आधारमा एकीकृत समाजवादीले देशव्यापी नै जनअनुमोदन प्राप्त गरेको छ।
पाँच दलीय गठबन्धनसहित स्थानीय निर्वाचनमा होमिएको एकीकृत समाजवादी कतिपय स्थानीय तहमा पार्टीको प्रभाव न्यून रहे पनि नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको तालमेलमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भएको हो ।
राजनीतिक विश्लेषक मुमाराम खनाल सङ्गठन सुदृढीकरण गरिनसकेको एकीकृत समाजवादीले स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति देखाएको बताउनुभयो । नेकपा एमालेबाट अलग भएको समाजवादी पार्टीको आफ्नै प्रभाव कमजोर देखिएको भए पनि पाँच दलीय गठबन्धनका कारण महत्त्वपूर्ण स्थानीय तहमा विजय हासिल गरेको उनले बताए ।
गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सत्ता साझेदार दल विगतमा मुलुकको चौथो राजनीतिक शक्तिका रूपमा स्थापित जनता समाजवादीलाई पछ्याइरहेको छ । जनता समाजवादीबाट अलग भएको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि हालसम्म चारवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको छ । जसमा महोत्तरीको मटिहानी नगरपालिका, बाराको विश्रामपुर गाउँपालिका, सप्तरीको महादेवा गाउँपालिका, पर्साको बिन्दवासिनी गाउँपालिका रहेका छन् । यो दलले ११ प्रमुख/अध्यक्ष र छ उपप्रमुख/उपाध्यक्ष पदमा अग्रता लिइरहेको छ।
निर्वाचनको पछिल्लो परिणाममा केही नयाँ दलले पनि स्थानीय तहमा आफ्नो जित सुनिश्चित गरेका छन् । टीकापुर हत्याकाण्डको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक जनमुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिका, भजनी र जानकी गाउँपालिका तथा जोशीपुर गाउँपालिकामा जित हासिल गरेको छ ।
यसैगरी डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समेत पहिलो पटक स्थानीय तहमा आफूलाई स्थापित गर्न सफल भएको छ । जनमत पार्टीले हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सप्तरीको बलान विहुल गाउँपालिकामा प्रमुख तथा उपप्रमुख पदमा जित हासिल गरेको छ ।
अघिल्लो स्थानीय तहमा काठमाडौँ उपत्यकामा पराजित विवेकशील पार्टीले यस पटक बाराको फेटा गाउँपालिका जित हासिल गरेको छ । गोरखापत्र दैनिकमा मित्र भण्डारीले खबर लेखेका छन् ।
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...