×

NIC ASIA

निजगढ विमानस्थल फैसलाको यथार्थ : विमानस्थल बन्नै हुँदैन भन्ने होइन, पूर्णपाठमा निकास भेटिएला

जेठ १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर विभिन्न किसिमका भ्रम उत्पन्न भएको छ ।

Muktinath Bank

निजगढमा विमानस्थल बन्नै नहुने भन्ने निर्क्यौल भने गरिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ १२ गते सर्वोच्च अदालतले निर्णय सुनाउने (निसु) मिति तोकेको भए पनि मौखिक फैसलाको सानो अंश मात्र सुनाउँदा धेरै भ्रम उत्पन्न भएको छ ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले जेठ १२ गते गरेको फैसलाको संक्षिप्त पाठ समेत नआएकाले भ्रम उत्पन्न भएको छ ।

Vianet communication

कम्तीमा २ पृष्ठको संक्षिप्त आदेश आएको भए पनि कुरा प्रस्ट हुन्थ्यो तर त्यसो नगरी मौखिक टिपोट मात्र सुनाउँदा केही भ्रम समेत उत्पन्न भएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको मौखिक टिपोट सुनाउँदा अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नै नहुने भनेर प्रस्ट रूपमा भनेको छैन । ‘यसमा हामीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०७१ फागुन २९ गतेको नेपाल सरकारको निर्णय र सो निर्णयअनुसार २०७१ चैत ३० गते नेपाल राजपत्रमा प्रकाशित सूचना र सोअनुसार २०७५ जेठ ९ गतेमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गर्ने गरी वन तथा वातावरण मन्त्रालयको निर्णय र सो पश्चातका कार्यहरू उत्प्रेषणको आदेशले बदर गरिएको छ । अब वन ऐन, नियमावली, वातावरण संरक्षण सम्बन्धी कानून, वातावरणीय विधिशास्त्र समेत अध्ययन गरी उपयुक्त विकल्प हेरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी कार्य अघि बढाउन  परमादेशको आदेश जारी गरिन्छ,’ मौखिक फैसलामा भनिएको थियो ।

सर्वोच्च अदालत स्रोतका अनुसार फैसलामा अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नै नहुने भनेर व्याख्या गरिएको छैन । नेपाल सरकारले विना ईआईए निर्माण गर्न लाग्दा सरकारको निर्णय बदर गरेको छ तर विकल्पसहित परमादेशको आदेश जारी गर्ने हुनाले निर्देशनात्मक आदेशमा थप कुरा आउने भएको छ ।

स्रोतका अनुसार विभिन्न विकल्पसहित निर्देशानात्मक आदेश दिनका लागि बाँकी न्यायाधीशहरूबीच सर्वसम्मति कायम हुन नसकेकाले अहिलेसम्म संक्षिप्त लिखित आदेश पनि आउन सकेको छैन । बाहिर कस्तो प्रतिक्रिया आउँछ त्यस आधारमा विकल्प सम्बन्धमा निर्देशानात्मक आदेश जारी गर्ने सोचका साथ संक्षिप्त पाठ नआएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार विकल्पको सन्दर्भमा के विकल्प दिने भन्ने कुरामा न्यायाधीशहरूबीच अहिले छलफल जारी नै छ । फैसला लेख्ने बेलासम्म सर्वसम्मति अनुसार एकै लाइनमा वा बहुमत, अल्पमतको आधारमा फैसला आउनसक्ने सम्भावना छ । हालसम्म मात्र रिट निवेदकको निवेदन अनुसार रित मात्र जारी गरिएको हो । यसको अर्थ अब निजगढमा विमानस्थल बन्ने वा नबन्ने भन्ने कुरा पनि होइन ।

फैसलाको पूर्णपाठ लेख्दासम्म विभिन्न विकल्पसहित निर्देशनात्मक परमादेश आउने हुनाले त्यसपछि मात्र निर्क्यौल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x