×

NIC ASIA

दूधेबालक च्यापेर न्यायको लडाईंमा निहारिका

कुमारी आमाको चित्कार– बलात्कारबाट जन्मिएको यो दूधेबालक नदेख्ने कस्तो न्याय हो ? [भिडियो]

जेठ ३१, २०७९

Prabhu Bank
NTC
Premier Steels

'मेरो यो बच्चा बलात्कारबाट जन्मेको हो। मैले मेरो शिर निहुर्‍याएर होइन, शिर ठाडो पारेर जन्माएकी हुँ। यसले पनि पनि शिर ठाडो पारेर यो समाजमा बाँच्न पाओस्,' काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा पुग्दा एक युवती मानव अधिकारकर्मीहरूसँग आफ्नो कुरा राखिरहेकी थिइन् ।

Muktinath Bank

काखमा २१ महिनाको बच्चा लिएर गुनासो पोखिरहेकी ती महिला हुन्, जलेश्वर नगरपालिका वडा नम्बर ७ महोत्तरीकी निहारिका राजपुत ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२१ वर्षीया निहारिका कुमारी आमा हुन्, जो १७ वर्षको नाबालिग उमेरदेखि नै निरन्तर बलात्कारको शिकार भइन् ।


Advertisment
Nabil box
Kumari

बलात्कारबाटै गर्भ रह्यो र बच्चालाई जन्म दिइन् । अहिले उनी त्यही दूधेबालकलाई च्यापेर अनशनमा बसेकी छिन् ।

Vianet communication

आफूलाई साथीको दाइले नशालु पदार्थ मिश्रित पानी पिलाएर बेहोश बनाई बलात्कार गरेको उनको आरोप छ। त्यसपछि पटकपटक बलात्कारको शिकार भएको उनले बताएकी छन् ।

'मलाई मेरो केटी साथीले घरमा बोलाउँदा म उसको घरमा गएको हो। खानेकुरामा नशालु पदार्थ हालेर मलाई बेहोश बनाएर बलात्कार गर्‍यो, यसमा मेरो के गल्ती ?' उनले महिला अधिकारकर्मीसँग प्रश्न गरिन् ।

विगत ३ वर्षदेखि न्यायका लागि राज्यको ढोका ढक्ढक्याउँदै आए पनि न्याय पाउन नसकेको उनको गुनासो  छ।

न्यायको लडाईंमा निहारिकालाई साथ दिँदै आएका देव शर्माले भने, 'अब तिम्रो अगाडि यो राज्य झुक्छ बहिनी । देशको प्रधानमन्त्री यहाँ आउनुपर्छ। तिमी सत्यका लागि लडिरहेकी छौ ।'

उनले अनशन बस्दाबस्दै आफ्नो मृत्यु भएमा बच्चाको रेखदेख गरिदिन आग्रह गरिन् ।

उनले मानव अधिकारकर्मीहरूसँग पनि आक्रोश पोखिन् ।

'जबसम्म एउटा छोरी मान्छे बलात्कार भएर मर्दैन, जबसम्म कोही सडकमा आउदैन, तबसम्म यो सरकारले सुन्दैन, यो कानूनले सुन्दैन,' आक्रोशित मुद्रामा उनले थपिन्, 'मलाई आश्वासन नदिनुस् । आश्वासन दिने धेरै आए । बरु ती कानून बनाउनेहरूकोमा जानुस्, जसले हामी बलात्कृतलाई पीडा दिएको छ ।'

निहारिकाले ५ वटा बुँदामा आफ्नो माग राखेकी छिन् । यस्ता छन्, उनका मागहरू :

– मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्‍यो । काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो ।

– उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरेपनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो ।

– बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्‍यो ।

– घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः शुरूदेखि नै अनुसन्धान गर्नुपर्‍यो । हिजो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्‍यो । उनीहरूमाथि पनि छानबिन हुनुपर्‍यो ।

– मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो ।

जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन, तबसम्म म यो अनशन तोड्ने छैन ।

हेर्नुहोस्,थप भिडियोमा:

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x