माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
असार १०, २०७९
रासायनिक मल ल्याउनुपर्ने जिम्मेवारी पाएका निकायहरूको खेलबाडका कारण किसान मर्कामा परेका छन् ।
मल ल्याउनका लागि नीति बनाउने कृषि मन्त्रालय, मल ल्याउन व्यवस्थापन मिलाउने कृषि सामग्री कम्पनी लिमिटेड र मल ल्याउने आपूर्तिकर्ताहरूले समयमै मल ल्याउन नसक्दा किसानहरू समस्यामा परेका हुन् ।
मल ल्याउनका लागि सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडलाई विगतदेखि नै जिम्मेवारी दिँदैआएको छ ।
तर यी दुई कम्पनीले समयमै मलको व्यवस्थापन गर्न नसक्दा फल्न लागेको मकै र रोपिन लागेको धानलाई मल अभाव भएको छ ।
विशेष गरी यो सिजन मकै बालीका लागि फल लाग्ने समय हो । यस समयमा युरिया मल राख्नुपर्नेमा मुलुकभर आवश्यक मलको अभाव रहेको छ ।
यो सिजन धान रोप्ने सिजन पनि हो । असार १५ (धान दिवस)को आसपास पारेर प्रायः क्षेत्रमा धान रोपिन्छ । धान रोप्नुपूर्व खेतमा डिएपी मल हाल्नुपर्नेमा यसपटक मलविनै किसानले धान रोपाईं गर्नुपर्ने बाध्यता देखिएको छ ।
सरकारले कृषिमा आत्मनिर्भर हुने घोषणा पटक–पटक गर्दै आए पनि समयमै रासायनिक मलको आवश्यक व्यवस्था मिलाउन नसक्नु लगायतको कारणले कृषिमा आत्मनिर्भर बन्ने सपना केबल बजेटको पानामा मात्रै सीमित हुँदै आएको छ ।
मल नल्याउने ठेकेदारका अनेक बहाना
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले समयसमयमा रासायनिक मल खरिद तथा ढुवानीका लागि टेण्डर आह्वान गर्दै आएका छन् ।
टेण्डर आह्वान गर्दा ठेकेदारहरूले टेण्डर हाल्छन्, तर समयमै मल ल्याउँदैनन् ।
उनीहरूले मलको मूल्यवृद्धिका कारण मल ल्याउन नसकेको जवाफ सरकारलाई दिने गरेका छन् ।
चालू आर्थिक वर्षको अवस्थालाई मात्रै हेर्ने हो भनेपनि मूल्यवृद्धिको बाहनामा ठेकदार कम्पनीहरूले मल आपूर्ति नगरेको देखिन्छ ।
चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडले खुलाएको टेन्डर विभिन्न १० कम्पनीले पाएका थिए ।
विभिन्न समयमा खुलाइएको ती टेन्डरमध्ये ५ वटा रद्द गरिएका छन् ।
तोकिएको समयमै मल ल्याउन नसकेपछि ती कम्पनीहरूसँगको ठेक्का सम्झौता लिमिटेडले रद्द गरेको हो ।
मल ल्याउन नसकेका ती ठेकेदार कम्पनीहरूले मूल्यवृद्धिका कारण मल ल्याउन नसकिएको जवाफ सरकारलाई दिएका छन् ।
मल ल्याउन नसकेपछि कृषि सामग्री केन्द्रले उनीहरूसँगको ठेक्का रद्द समेत गरेको छ ।
तर ठेकेदार कम्पनीहरू कारवाही खेप्न पनि तयार हुँदैनन् ।
ती कम्पनीहरूले विशेष अदालतमा मुद्दा दायर गरेको कृषि कम्पनी लिमिटेडका सह–प्रबन्धक एवं सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले बताए ।
पन्छँदै कृषि
एकातिर किसान मल नपाएर आजित बनिरहँदा मल ल्याउने निकाय भने विभिन्न कारण देखाउँदै पन्छिएर बसेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले मूल्यवृद्धिकै कारण ठेकेदारले मल ल्याउन नसकेको बताउँछ ।
यसका साथै सरकारको नीतिले समय सहजरूपमा मल आपूर्ति हुन नसकेको कृषि सामग्री लिमिटेड बताउँछ ।
लिमिटेडका सह–प्रबन्धक उपाध्यायले सार्वजनिक खरिद नीतिको समयावधि घटाउनुपर्ने, बजेट बढाउनुपर्ने र विदेशी र नेपाली आपूर्तिकर्तालाई कर समान दिनुपर्ने बताए ।
सरकारले यति नगरेसम्म मलको सहज आपूर्ति नहुने समेत उनको भनाइ छ ।
यसपटक मलको आयात सहज नहुनुमा मूल्यवृद्धि र रुस–युक्रेन युद्धको असर भएको उनको बताए ।
न नीति बन्छ, न व्यवस्थापन
मुलुकमा रासायनिक मल अभाव विगतदेखिकै समस्या हो । यो समस्या समाधान गर्नका लागि जति काम भएको देखाइन्छ, त्यति भने भएको देखिँदैन ।
कृषि सामग्री कम्पनी लिमिटेड मात्रै हैन अन्य सरोकारवाला निकाय र कृषि विज्ञहरूले पनि नीतिगत रूपमै मल आयातका लागि सहज अवस्था बनाउन सरकारसँग माग गरिरहेका छन् ।
सरकारले गत वर्षदेखि रासायनिक मल २० प्रतिशत बफर स्टक राख्नुपर्ने व्यवस्था गरेको छ । तर कृषि सामग्री लिमिटेडका डिपोहरू खाली छन् ।
लिमिटेडका सूचना अधिकारी उपाध्याय भन्छन्, ‘गत वर्षदेखि २० प्रतिशत मल बफर स्टक राख्ने भनिएको हो तर मल नै छैन स्टकमा कसरी र कति राख्नु ।’
यस्तै कृषि मन्त्रालयले अहिले खरिद प्रक्रिया छोट्याउनका लागि मस्यौदा बनाइरहेको छ । तर यो कहिले संसद्मा पुग्ने, पास हुने र लागू हुने भन्ने निश्चित छैन ।
‘सार्वजनिक खरिद प्रक्रिया लामो भयो भनेर यसलाई छोट्याउनका लागि मस्यौदा बनाउने काम भइरहेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने ।
सो मस्यौदा पास हुनका लागि संसद्मा पुग्नुपर्ने र त्यसपछि नियमावली बनेर कार्यान्वयनमा आउनुपर्ने हुन्छ । तर मस्यौदालाई अन्तिमरूप दिन अझै केही समय लाग्ने कृषि मन्त्रालयको भनाइ छ ।
अहिले मल अभावमा दोषी को ? मल कसको कारणले आउन ढिलाइ भएको भन्ने विषयमा ठेकेदार, कृषि सामग्री कम्पनी लिमिटेड र मन्त्रालय सबैको एकै जवाफ छ, सरकारी नीति र मूल्यवृद्धि ।
ठेकेदारको दोष कति ? भन्ने प्रश्नमा कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘हेर्ने हो भने दोष ठेकेदार कम्पनीको नै हो । टेन्डर हाल्दैगर्दा उनीहरूलाई मूल्यवृद्धिबारे प्रारम्भिक अनुमान हुन्छ, तर उनीहरू त्यतिखेर चुप बस्छन् । ठेक्का पाएपछि मलको मूल्यवृद्धि भयो भन्छन्, अनि मौन बस्छन् ।
मन्त्रालयले फल्न लागेको मकैलाई मल अभाव तथा अन्य मौसमी कारणले वृद्धिमा ४ प्रतिशत गिरावट आउने बताएको छ ।
धानमा भने अहिले नै मलको अभाव र अन्य परिस्थिति अनुमान गरेर गिरावट हुने अनुमान गर्न नसकिने भनाइ मन्त्रालयको छ ।
यी हुन् समयमै मल नल्याउने ठेकेदार कम्पनी
कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल नल्याउने ठेकेदार कम्पनीको ठेक्का केही समयअघि नै रद्द गरेको छ । जसमध्ये सिल्क जेभीको २५ हजार मेट्रिक टन युरिया मल ल्याउन नसकेपछि ठेक्का रद्द गरिएको छ ।
यस्तै आपूर्तिकर्ता ‘देश’ले २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन नसकेपछि ठेक्का रद्द भएको छ ।
आपूर्तिकर्ता ग्रान्टेड कम्पनीले २५ हजार मेट्रिक टन डीएपी, सिल्क मार्केटले ५ हजार मेट्रिक टन डिएपी मल ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्द गरिएको छ ।
यस्तै सिल्क जेभीले पनि कबुलअनुसार २५ हजार मेट्रिक टन युरिया मल समयमै ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो । तर विशेष अदालतले उसलाई मल ल्याउन दिन अन्तरिम आदेश दिएको छ ।
कृषि कम्पनी लिमिटेडले अहिले ७० हजार मेट्रिक टन रासायनिक मल ल्याउनका लागि पाइपलाइनमा रहेको जनाएको छ ।
जसमध्ये ४० हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया मल पाइपलाइनमा छन् ।
चालू आर्थिक वर्ष २०७८/७९ मा कृषि सामग्री कम्पनी लिमिटेडले दिएको ठेक्का र त्यसको विवरण :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...