×

NMB BANK
NIC ASIA

मौद्रिक नीति

शेयर धितो कर्जाको ४/१२ नीतिमा सामान्य परिमार्जन : के भन्छन् लगानीकर्ता ?

साउन ६, २०७९

NTC
Premier Steels

शेयर लगानीकर्ताहरूले सर्वाधिक चासोका साथ हेरेको ४/१२ को नीतिमा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही परिमार्जन गरेको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत शेयर बजारमा विभिन्न नीतिगत व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेयर धितो कर्जामा न्यूनतम सीमा खारेजीदेखि बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको समयमा शेयर कारोबार नरोकिने व्यवस्थासम्म गरेपछि लगानीकर्ताहरू खुशी देखिएका छन् ।


Advertisment
Nabil box
Kumari

मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताले अब भने उत्साहजनक रूपमा शेयर बजारमा लगानी गर्ने संकेत गरेका छन् । 

Vianet communication

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा न्यूनतम ४ करोडको सीमालाई खारेज गरेपछि शेयर लगानीकर्ताहरू खुशी देखिएका छन् । 

यद्यपि कतिपय लगानीकर्ताहरूले भने अझै सन्तुष्ट हुने आधार नदेखिएको टिप्पणी गरेका छन् ।

राष्ट्र बैंकले अघिल्लो मौद्रिक नीतिमा लगानीकर्ताले शेयर धितोमा राखेर न्यूनतम ४ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको थियो । 

शेयर बजारमा कडाइ गर्ने मनसायका साथ राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि साना लगानीकर्ता आक्रोशित बनेका थिए । 

लगानीकर्ताहरूले सरकार र राष्ट्र बैंकका कारण साना लगानीकर्ता मर्कामा परेको गुनासो गर्दै नियामक निकायदेखि प्रधानमन्त्रीको कार्यालयको समेत ढोका ढक्ढक्याएका थिए । 

कतिपय लगानीकर्ताहरूले भने शेयर बजारको नीति सच्याउन माग गर्दै अनशन नै बसेका थिए ।

तसर्थ नयाँ मौद्रिक नीतिमा लगानीकर्ताले शेयर धितो कर्जाको सो व्यवस्था खारेज हुने अपेक्षा राखेका थिए । 

यद्यपि राष्ट्र बैंकले केही चलाखी गर्दै न्यूनतम सीमालाई पूरै हटाएर अधिकतम सीमा मात्रै कायम गरेको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था लगानीकर्ताका लागि केही सन्तोषजनक रहेको शेयर लगानीकर्ता एवं इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । 

‘चर्चामा रहेको ४/१२ को नीति आवश्यक नै थिएन, तर राष्ट्र बैंकले ४ हटाइदिएको छ,’ उनले भने, ‘तीनवटा बैंक नगइकन एकै बैंकबाट कर्जा लिन मिल्ने बनाइदिएको छ, यो सकारात्मक छ ।’

राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखेको छ ।

राष्ट्र बैंकले ल्याएको यो नीति भने गलत रहेको उनको टिप्पणी छ । 

यस्तै मर्जर तथा प्राप्तिको समयमा कारोबार नरोकिने व्यवस्था गर्नु निकै राम्रो व्यवस्था भएको उनले बताए । 

उनले समग्रमा मौद्रिक नीतिले शेयर बजारलाई केही सम्बोधन गरेको टिप्पणी गरे ।

‘हामीले मागेजस्तो त आएन,’ उनले भने, ‘तर बजारमा हल्ला चलेको थियो पूँजीबजारमा निकै टाइट हुन्छ भनिएको थियो, त्यस्तो पनि आएन, ठीकठीकै आयो ।’

यस्तै ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले शेयर बजारको सम्बन्धमा मौद्रिक नीति सकारात्मक आएको बताए । 

ब्रोकरमार्फत मार्जिन ल्यान्डिङलाई व्यवस्थित गर्नुपर्‍यो भनेर माग गरेकोमा राष्ट्र बैंकले माग पूरा गरेको उनले बताए । 

‘प्रायः मागहरू सकारात्मक छन्, सबै मागहरू पूरा भएका छन्,’ उनले भने ।

उनले मर्जर र प्राप्तिको समयमा कारोबार नरोक्ने राष्ट्र बैंकको व्यवस्था निकै राम्रो रहेको उनको बुझाइ छ । 

यता शेयर लगानीकर्ता केशव कोइरालाले मौद्रिक नीति लगानीकर्तालाई सहज हुने किसिमको नै आएको बताए ।

यी हुन् मौद्रिक नीतिमा शेयर बजारसम्बन्धी मुख्य व्यवस्था:

– बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने ।

– शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम् सीमा रु.१२ करोड कायम गरिने । 

– शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ।

– शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x