×

NMB BANK
NIC ASIA

लोकसेवाले यस वर्ष भर्ना खोल्छ कि खोल्दैन ? आयोग अध्यक्ष उमेश मैनालीको जवाफ

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १३ साउन – यसवर्ष लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्छ कि गर्दैन भन्नेबारे सरकारी जागिरको तयारमिा रहेका धेरै बिद्यार्थी अन्योलमा परेका छन् । सरकारले कर्मचारी समायोजन विधेयक संसद्मा लगेपछि नयाँ भर्ना खोल्नेवारे आयोग र सरकारबीच विबाद छ ।

निजामती कर्मचारीको भर्ना एक वर्ष रोक्ने प्रावधानसहित सरकारले सो विधेयक संसद्मा लगेको हो । विधेयक तयारीका क्रममा सरकारले लोकसेवा आयोग लगायत सरोकारवाला संस्थाहरुसँग परामर्श गरेको थियो । लोकसेवा आयोगले चाहिँ कर्मचारीको भर्ना नरोक्न सरकारलाई सुझाव दिएको छ ।

शुरुमा सरकारले दुई वर्ष कर्मचारी भर्ना रोक्ने प्रस्ताव गरेको थियो । तर भर्ना रोक्न नहुने सुझाव आएपछि सरकारले एक वर्षका लागि कर्मचारी भर्ना रोक्न विधेयकमा प्रस्ताव गरेको छ ।

कर्मचारी समायोजन विधेयक पास भएमा एक वर्षसम्म कर्मचारी भर्ना रोकिने सम्भावना रहेको छ । संसदमा विचाराधीन उक्त विधेयकमा भर्ना रोक्ने प्रावधान हटाएर पारित गर्नुपर्ने लोकसेवा आयोगले बताउदै आएको छ ।

संसदीय समितिमा हुने दफावार छलफलमा आफूहरुले भर्ना रोक्न नहुने कारण पेश गर्ने आयोगका पदाधिकारीहरु बताउँछन् ।

लोकसेवा आयोगले असार ३० गते यस वर्षको परीक्षा कार्यतालिका प्रकाशन गरेसँगै लोकसेवा आयोगको तयारी गरेकाहरु भर्ना खुल्नेमा आशावादी छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आयोग कर्मचारी भर्ना गर्ने तयारीका साथ अघि बढेको बताए ।

‘अहिलेकै अबस्थामा विधेयक पास भयो भने सरकारले कर्मचारी भर्नाका लागि अयोगलाई अनुरोध नगर्न सक्छ,’ अध्यक्ष मैनालीले लोकान्तरसंग भने, ‘तर हालको अवस्था हामी कर्मचारी भर्ना गर्नको लागि तयार छौं । यो हाम्रो निरन्त प्रक्रिया हो ।’

यो पनि पढ्नुहोस्, नयाँ कर्मचारी भर्ना गर्ने योजना सहित लोक सेवाको कार्यतालिका सार्वजनिक


मैनालीले विधेयक पास भएमा नयाँ कर्मचारी भर्ना रोकिने बताए । ‘तर कतिपय सांसद्हरुले नै कर्मचारी भर्ना रोक्नु हुँदैन भन्नुभएको छ,’ उनले भने, ‘विधेयक पास भयो भने यो वर्षका लागि कर्मचारी भर्ना रोकिने हो ।’

कर्मचारी भर्ना र बढुवा जस्तो निरन्तर प्रक्रिया रोकिनु हुँदैन भन्ने आफूहरुको दृढ मान्यता रहेको उनले बताए । आयोग अध्यक्ष मैनालीले भर्ना रोकेमा नकारात्मक सन्देश जाने समेत बताए ।

‘१० लाख युवाले लोकसेवा परीक्षाको तयारी गरेका छन्, भर्ना नखोल्दा उनीहरु पलायन हुने सम्भावना हुन्छ,’ मैनालीले लोकान्तरसंग भने, ‘कर्मचारी भर्ना रोकिएमा यसको राजनीतिक लागत पनि बढी हुन्छ ।’

भर्ना प्रकृया रोकिएको खण्डमा नागरिकले आयोग दिन पाउने मौलिक अधिकारमै खलल पुग्ने समेत उनले बताए । ‘कोही मान्छे ३५ वर्ष पुग्न ठिक्क परेको हुन्छ,’ उनले भने, ‘एक वर्ष भर्ना रोक्ने वित्तिकै उसले अन्तिम समयमा आएर लोकसेवा दिन नपाउने समेत हुन्छ ।’

सरकारलाई समायोजनका लागि अप्ठ्यारो हुने भएमा आफूहरुले सोही अनुसारको भर्ना खोल्न सक्ने उनले बताए । ‘हामीले प्रदेश तथा गाउँपालिकामा खटिनुपर्ने छ भनेर भर्ना खोल्न सक्छौं, त्यसमा समस्या हुँदैन,’ उनले भने, ‘तर पूरै भर्ना रोक्नु चाहिँ हुँदैन ।’

सरकारले समायोजनमा अप्ठयारो हुने भन्दै नयाँ भर्ना रोकेको तर भित्र भित्रै अनावश्यक पदहरु समेत सिर्जना गरेको उनले बताए । ‘केही दिन अघि प्रधानमन्त्री कार्यालयमा सचिवको दरबन्दी थपिएको छ, एआइजीको पद थप्ने कुरा पनि सुनिएकै छ,’ उनले भने, ‘नयाँ भर्ना चाहिँ किन रोक्नु पर्यो ?’

आफूहरुले सरकारलाई कर्मचारी भर्ना नरोक्न अनुरोध गरेको र यसको अन्तिम निर्णय सांसद्हरुले गर्ने उनले बताए । ‘सरकारले माग फारम नै नपठाएमा हामीले भर्ना खोल्ने कुरा हुँदैन,’ उनले भने, ‘युवाहरुको आक्रोश आउने डर छ त्यसले रोक्नु हुँदैन ।’

मैनालीले प्रदेश तथा गाउँपालिका र नगरपालिकामै आवश्यक पर्ने कर्मचारी पनि लोकसेवा आयोगले छनौट गर्ने बताए । ‘प्रदेश तथा स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवा आयोगले भर्ना गर्छ,’ उनले भने, ‘तर त्यसको लागि केही समय लाग्छ सक्छ । त्यो बेलासम्म केन्द्र लोकसेवा पनि सक्षम छ ।’

स्थानीय तह आफैंले कर्मचारी भर्ना गर्न नसक्ने उनले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x