मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भदौ ६, २०७९
भदौ महिनाको अन्तिम सातादेखि असोजको पहिलो सातासम्म शुद्ध शाकाहारीहरूको महोत्सव आयोजना गरिने भएको छ ।
हिमालयन भीगन महोत्सव २०७९ नाम दिइएको उक्त कार्यक्रम लुम्बिनी, काठमाडौं र पोखरामा आयोजना गर्न लागिएको हो ।
महोत्सवका विषयमा जानकारी दिन राजधानीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य तथा विस्तृत कार्यक्रम तालिकाको जानकारी दिइएको छ ।
वर्ल्ड भीगन अर्गनाइजेसन नेपालले आयोजना गर्न लागेको कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरूका ज्ञान र अनुभव साझा गर्ने, भीगन खानेकुरा बनाउने तरिका सिकाइने, भीगन चलचित्र प्रदर्शनी गरिने र पशु अधिकार सम्बन्धी शिक्षा दिइने आयोजकले जानकारी दिएका छन् ।
लुम्बिनीमा भदौ २८ देखि २९ सम्म पूर्व महोत्सव कार्यक्रम, काठमाडौंमा भदौ ३० देखि असोज १ सम्म मुख्य कार्यक्रम र पोखरामा असोज २ देखि ४ सम्म कार्यक्रम गरिन लागिएको हो ।
पत्रकार सम्मेलनमा वर्ल्ड भीगन अर्गनाइजेसन नेपालका महासचिव अजित थापाले महोत्सवका विषयमा स्पष्ट पारेका थिए । भीगन पर्यटकहरूको संख्या बढ्न थालेकाले नेपाललाई हिमालको देशका रूपमा चिनारीका साथै भीगन केन्द्रका रूपमा पनि विकसित गर्ने लक्ष्य महोत्सवले लिएको उनले बताए ।
पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरूको पनि सहभागिता थियो । उनीहरूले यस्तो किसिमको महोत्सव पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण रहेको किनकि आजकल भीगन खाना खोज्ने पर्यटकहरू आउन थालेको बताए । नेपाल आउने पर्यटकहरूलाई ब्रीफिङ दिने क्रममा नेपालको भीगनिजमका बारेमा पनि बताउन सकिने उनीहरूको भनाइ छ ।
वर्ल्ड भीगन अर्गनाइजेसन नेपालका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने र सदस्य प्रकाश अजातले पनि भीगन महोत्सवको उद्देश्यका विषयमा स्पष्ट पारेका थिए ।
भीगन भनेको जनावरबाट उत्पादित कुनै पनि खानेकुरा नखाने जीवनशैली हो । वनस्पतिजन्य खानेकुरा खाने र सबै प्राणीहरूप्रति दया माया करुणामय व्यवहार अवलम्बन गर्ने जीवनशैली नै भीगनवाद हो ।
हिमालयन भीगन महोत्सव २०७९ को कार्यक्रम तालिका तलको लिंकमा उपलब्ध छ :
Himalayan Vegan Festival - The biggest plant-based event ever in the Himalaya
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...