×

NIC ASIA

नागरिकता विधेयकको साइड इफेक्ट

राष्ट्रपतिको राजीनामाको चर्चाः ओलीपछि नेतृत्व लिने गरी राजनीतिमा सक्रिय हुँदैछिन् विद्या ?

भदौ १०, २०७९

Prabhu Bank
NTC
Premier Steels

विश्लेषक सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा केपी ओलीपछिको प्रधानमन्त्री विद्या भण्डारी भनेर विश्लेषण गरेका थिए, २०७६ मंसिर १६ गते । 

Muktinath Bank

जतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपाभित्र विवादको अंकुरण भएको थिएन । भर्खरभर्खर गठन भएको नेकपा फुट्ने अनुमान कसैले गरेका थिएनन् । सौरभको विश्लेषणलाई कतिपयले हल्का टिप्पणी भनेर लिए, कतिपयले हावा विश्लेषण भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउने र प्रधानमन्त्री बन्ने भन्ने प्रक्षेपण अलि अनौठो खालको थियो । राष्ट्रपति–प्रधानमन्त्री–राष्ट्रपति बन्ने त्यो चामत्कारिक ‘भ्लादिमिर पुटिन’ नेपालमा कोही देखिएको थिएन । 


Advertisment
Nabil box
Kumari

सौरभले विश्लेषण गरेको तीन वर्षपछि विद्या भण्डारी सक्रिय राजनीतिमा आउने संकेत देखिएका छन् । सोहीअनुसारका विश्लेषण भइरहेका छन् । सौरभको विश्लेषणजस्तो ओलीपछिको प्रधानमन्त्री नभए पनि विद्या भण्डारी ओलीपछिको पार्टी अध्यक्ष हुने सम्भावनालाई एमालेका नेताहरू पनि इन्कार गर्दैनन् ।

Vianet communication

राष्ट्रपति बनेको व्यक्ति पार्टी राजनीतिमा फर्किन नमिल्ने कुनै संवैधानिक या कानूनी प्रतिबन्ध छैन । आलंकारिक राष्ट्रपतिको व्यवस्था भएका देशमा राजनीतिक जीवनको उत्तरार्द्धमा नेताहरूले त्यो पद स्वीकार गरेको पाइन्छ । 

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव शीतल निवासबाट बिदा भएपछि सक्रिय राजनीतिबाट टाढा बसे । परन्तु, कांग्रेसको महाधिवेशन प्रभावित गर्न शीतल निवासबाटै चलखेल गरेको भनेर कांग्रेसको संस्थापनइतर पक्षले यादवमाथि दोषारोपण गरेको थियो । 

नेकपा विवाद उत्कर्षमा पुगेका बेला विद्या भण्डारीले केपी ओली र प्रचण्डलाई शीतलनिवासमा बोलाएर मिलाउन कोशिश गरेको घटना पनि पुरानो भएको छैन । 

राष्ट्रपति बनिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने कि नआउने भन्ने नैतिकताको विषय हो । रामवरणले देशको सर्वोच्च पदमा पुगेको व्यक्ति ‘तटस्थ’ रहनुपर्छ भन्ने मान्यता स्थापित गरिदिए । रामवरण तिनै हुन्, जसले नेपालको संविधान जारी गरेका थिए । 

अचानक आएको विद्या भण्डारीको राजीनामाको प्रसंग 

कार्यकाल सकिनु पाँच महिनाअगावै विद्या भण्डारीले राष्ट्रपति पदबाट राजीनामा दिने तयारी गरेको कुराले सत्ता गठबन्धन र प्रतिपक्षी दलमा समेत तरंग सिर्जना गरिदिएको छ । पुनर्विचारका लागि प्रतिनिधिसभामा पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएपछि भण्डारी राजीनामासम्मको कदम चाल्ने मनस्थितिमा पुगेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकका कतिपय प्रावधानमा राष्ट्रपतिले चासो जनाउँदै आएकी थिइन् । 

साउन १५ गते प्रमाणीकरण भएर आएको विधेयकलाई राष्ट्रपतिले फिर्ता पठाइन् । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाएको दुर्लभ घटनामा गठबन्धनले यसबारे प्रतिपक्षसँग छलफल पनि गरेन । प्रतिनिधिसभाले समितिमा नलगी हतारहतार पारित गरिदियो ।

यति हतार कि, एकै दिनमा ८२ जना सांसदले छलफलको कर्मकान्डमा भाग लिए । गृहमन्त्रीले जवाफ दिए र पारित गरियो । राष्ट्रपतिले चासो दिएको नागरिकता विधेयक पारित गर्नेबेला प्रमुख प्रतिपक्षी दलले प्रतिनिधिसभामा मत विभाजन माग गर्‍यो । र, पक्ष–विपक्षमा सांसदले हस्ताक्षर गरेर विधेयक पारित भयो । स्मरणीय के छ भने यो विधेयक पहिलोपल्ट पारित हुँदा ध्वनि मत (हुन्छ या हुन्न भनेर हात उठाउने) विधिबाट पारित गरिएको थियो । 

पुनर्विचारका लागि पठाएको विधेयकमा छलफल नगर्ने बरु आफूलाई देखाउनका लागि हतारमा पारित गरिएको घटनाले राष्ट्रपतिलाई विक्षिप्त बनाएको रहेछ । संविधानविद्, नागरिक अगुवा र केही वरिष्ठ पत्रकारहरूसँगको भेटमा भण्डारीले नागरिकता विधेयक पुनर्विचार नगरी दोस्रोपटक हुबहु पारित भएको घटनालाई मदन भण्डारी मारिएको घटनाजस्तै पीडादायी भनेर चित्रित गरेकी थिइन् । त्यही क्रममा उनले दोस्रोपटक प्रमाणीकरण गर्नुभन्दा राजीनामा दिन्छु भनेकी थिइन् । 

त्यसपछिका दिनमा भण्डारीले सेनाका वर्तमान र पूर्व जर्नेलहरूसँग छलफल गरिन्, जुन छलफललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले आशंकापूर्ण ढंगले हेरेका छन् । नेकपा एसको स्थापना दिवसमा आयोजित कार्यक्रममा माधव नेपालले राष्ट्रपतिले सेनाका जर्नेल भेट्दै हिँड्दा अनिष्ट निम्तिने हो कि भनेर आशंका व्यक्त गरेका थिए । 

प्रचण्ड र नेपालले आशंका गरेजस्तो राष्ट्रपति भण्डारीले सेनाको बलमा कुनै गैरसंवैधानिक कदम चाल्ने सम्भावना न्युन नै छ । राष्ट्रपति भण्डारीका संचार विज्ञ टीका ढकालका अनुसार रक्षामन्त्री बनेको समयदेखि सेनाको परमाधिपति बन्दासम्म प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका जर्नेललाई धन्यवादका लागि राष्ट्रपतिले बोलाएकी हुन् ।

राष्ट्रपतिको राजीनामाको प्रसंग अझै सेलाएको छैन । प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि भण्डारीले के गर्छिन्, कौतुहलताको विषय छ ।

सभामुख अग्नि सापकोटाले एमसीसी टेबुल गर्न आनाकानी गरेजस्तै एमालेको कोटाबाट राष्ट्रिय सभा अध्यक्ष बनेका गणेश तिमिल्सिनाले विधेयक अड्काउँछन् भन्ने आशंका पनि गरिँदैछ । 

राष्ट्रिय सभाले केही ढिला ग¥यो भने प्रतिनिधिसभाको कार्यकाल सकिन्छ र विधेयक यत्तिकै तुहिएर जान्छ । प्रतिनिधिसभाबाट आएको विधेयक २ महिना अड्काउने अधिकार राष्ट्रिय सभालाई कायम छ । एमालेले चाहेमा यो कार्ड खेल्न सक्छ । तर, यो अवस्थामा सत्ता गठबन्धन राष्ट्रिय सभा अध्यक्षलाई नै हटाउने विकल्पमा पनि जानसक्छ । लोसपा वा वामदेव गौतमको सहयोगमा सत्ता गठबन्धनलाई दुईतिहाइ पुग्ने समीकरण राष्ट्रिय सभामा छ ।

राष्ट्रपतिलाई राजीनामा गराएर राजनीतिक लाभ लिन खोजेको हो भने राष्ट्रिय सभाबाट यो विधेयक रोक्न एमालेले कुनै चालबाजी गर्ने छैन ।

संसद् सचिवालय स्रोतका अनुसार आगामी बैठकमा प्रतिनिधिसभाले पारित गरेको विधेयकबारे सन्देशसहित जानकारी गराउने तयारी छ । 

सत्तापक्षको बहुमत रहेको राष्ट्रिय सभामा पनि सरकारले चाह्यो भने एकै दिनमा पारित गर्ने सम्भावना रहन्छ । 

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पुगेपछि सभामुखले प्रमाणीकरण गरेर विधेयक राष्ट्रपतिकोमा पठाउने छन् । यसपटक राष्ट्रपतिसँग दुई मात्र विकल्प रहने छन्, विधेयक प्रमाणीकरण गर्ने या राजीनामा दिने । ‘विधेयक प्रमाणीकरण गर्नुभन्दा राजीनामा दिन्छु’ भनेर सन्देश दिइसकेको अवस्थामा फेरि प्रमाणीकरण गर्नु राष्ट्रपतिका लागि प्रतिष्ठाको विषय बन्ने छ ।

राजीनामापछि राजनीति कि अवकाशपछि राजनीति ?

राष्ट्रपतिबाट राजीनामा या केही महिनापछि अवकाश पाएसँगै विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय बन्ने कुरा विगतदेखि नै चल्दै आएको थियो । नागरिकता विधेयकले त्यो पृष्ठभूमि फराकिलो बनाउँदै लगेको एमालेका नेताहरू विश्लेषण गर्छन् । 

नागरिकता विधेयक फिर्ता गरेको ‘सेन्टिमेन्ट’सहित भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने तयारीबारे एमालेका प्रभावशाली नेताहरू जानकार छन् । तर, कोही पनि औपचारिक रूपमा बोल्दैनन् ।

‘जनताको बहुदलीय जनवाद’को राजमार्गमा हिँडिरहेको एमालेमा मदन भण्डारीको परिवारको सदस्य भएकाले नेतृत्वमा स्वीकार्य हुने बुझाइ छ । २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार नबनेर राष्ट्रपति बन्न राजी भएको भए एमाले उपाध्यक्ष रहेकी विद्या भण्डारी पार्टीमै सक्रिय रहने थिइन् । 

एमालेका एक प्रभावशाली नेताले भण्डारी स्वयं अध्यक्ष बन्ने भन्दा संरक्षकको हैसियतमा दोस्रो पुस्ताका नेतालाई अगाडि सार्ने सम्भावना रहने बताए । तर, विद्या भण्डारी सक्रिय राजनीतिमा आउनेबारे एमालेका कोही पनि नेता खुलेर बोल्न चाहँदैनन् । ‘अनुमानको विषयमा नबोलौं’ एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।

भण्डारी सक्रिय राजनीतिमा फर्किनेबारे एमालेभित्र औपचारिक छलफल भएको छैन । 

दोस्रो कार्यकालका लागि ओली अध्यक्ष निर्वाचित भएको एक वर्ष पूरा भएको छैन । अझै तीन वर्ष ओलीले एमाले अध्यक्षको रूपमा काम गर्न पाउने छन् । 

नेतृत्व हस्तान्तरणका बेला ओलीले भण्डारीलाई अगाडि सार्ने सम्भावनालाई नकार्न सकिँदैन ।

२०७२ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध खरो उत्रिएर राजनीतिक लाभ लिइरहेको एमालेले आगामी दिनमा पनि राष्ट्रवादको नारालाई उचाल्ने देखिँदैछ । नागरिकता विधेयक मात्र होइन एमालेका नेताहरूको पछिल्ला भाषणमा ‘राष्ट्रियता’को कुरालाई जोडतोडले उचालिएको छ ।

नागरिकता विधेयक फिर्ता गरेको घटनालाई राष्ट्रियतासँग जोडेर भण्डारीलाई राजनीतिमा ल्याउन एमालेको संस्थापन पक्षले जोड गर्ने निश्चित छ । 

तत्कालै राजीनामा दिएर चुनावअघि नै भण्डारी एमालेमा सक्रिय हुन्छिन् कि कार्यकालपछि, त्यो भने घटनाक्रमले निर्धारण गर्नेछ ।


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x