मंसिर ९, २०८०
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
काठमाडौं, २३ मंसिर – नेपाली पप संगीतको क्षेत्रमा बाबु बोगटीलाई धेरैले सम्झन्छन् । ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले ठ्याक्कठ्याक्कठ्याक्क’ र ‘फेरि त्यो दिन फेरि त्यो रात’ लगायतका दर्जनौं गीत गाएर आफूलाई गायनमा स्थापित गराएका बोगटीले आफूलाई सफल नायकका रूपमा समेत स्थापित गरेका छन् ।
मोरङको लेटाङमा जन्मेका बोगटी स्कुल पढ्ने बेलादेखि गाउन र अभिनय गर्नमा रुचि राख्थे । शिक्षकहरूले उनको प्रशंसा गर्थे । उनी प्रफुल्ल हुन्थे । स्कुले उमेरमा गाएका ती गीतले भने उनलाई साँच्चै नै परिचित बनाउन भूमिका खेल्यो ।
पहिलो एकोहोरो प्रेम र संगीत सपना
सबैको पहिलो प्रेम विद्यालय पढ्ने उमेरमा नै हुन्छ भन्ने लाग्छ बोगटीलाई । ‘कक्षा आठमा पढ्दा म एक युवतीलाई मन पराउँथे, त्यो प्रेम सफल भएन’ उनी भन्छन्, ‘त्यो एकोहोरो प्रेम थियो ।’
एसएलसीलगत्तै उनी २०५५ सालमा आफ्नो पढाई पूरा गर्न काठमाडौं आए । त्यसपछि आफ्नो सपना पूरा गर्न काठमाडौंको ललितकला क्याम्पसमा भर्ना भए । उनको त्यतिखेरको सपना संगीतका क्षेत्रमा चिनिने थियो ।
‘गायनमा नआएको भए विदेश जान्थें’
उनी गायक नभएको भए के हुन्थे? उनी भन्छन्, ‘ गायक नभएको भए विदेश जान्थें । पैसा कमाएर घर पठाउँथें । आम मान्छेले गरेको नै यही हो अहिले ।’ तर उनलाई नेपालमा कलाकारको भविष्य सुनिश्चित छ भन्ने लाग्दैन । कलाकार औसत रुपमा बाँच्न त सक्छन् तर प्रशस्त कमाउन सक्दैनन् । उनी आफूले संगीतबाट धेरै कमाउन नसकेपनि खुशी भएको बताउँछन् ।
सान्नानी तिमीलाई हिर्काउँला लौरीले ठ्याक्क ठ्याक्क ठ्याक्क
यो गीत उनको चर्चित गीतमध्येको एक हो । लोकपप शैलीको यो संकलित गीत उनले आफ्नी आमाको सहयोगमा तयार पारेका थिए । रेडियो नेपालमा स्वर परीक्षणमा उत्तीर्ण भएपछि उनले एल्बम निकाल्न आमालाई आफ्नो पालाको कुनै चलेको गीत निकाल्न आग्रह गरे । आमाले गीत संकलन गरिदिनुभयो । ‘त्यसमा भएका केही शब्दमा परिमार्जन गरेर गीत रेकर्ड गरे । रेकर्ड गराएपछि त्यो गीत हिट भयो,’ उनी सफलताको क्षण सम्झन्छन् ।
चञ्चले बोगटी
सानैदेखि चञ्चल स्वभावका बोगटी अहिले पनि आफू उस्तै स्वभावको रहेको बताउँछन् । उनलाई आफ्नो वास्तविक व्यवहार कसैले पनि परिवर्तन गर्न सक्दैन भन्ने लाग्छ । उनी भन्छन्, ‘यदि कसैले आफ्नो व्यवहार बदल्न चाहन्छ भने त्यो बनावटी हुन्छ । दीर्घकालीन हुँदैन ।’
बिहेपछि पुराना प्रेमका बारेमा बोल्न त्यति ठीक नहोला
प्रेमगीत धेरै गाउने यी गायक प्रेमका बारेमा के सोच्छन् ? ‘प्रेम मान्छेलाई बाँच्नका लागि नभई नहुने एउटा तत्व हो,’ बोगटी भन्छन् । पहिलो प्रेम असफल भएपनि त्यसपछिका प्रेमका बारेमा भने उनी खुल्न चाहन्नन् । उनले हाँस्दै भने, ‘बिहेपछि भने पुराना प्रेम किस्साका बारेमा बोल्न त्यति ठीक नहोला । उसो त उनी कुरा बुझ्नेखालकी छिन् ।’ उनकी श्रीमती अहिले अमेरिकामा छिन् ।
गजल क्याफे घाटामा
भारतीय सेनाका छोरा बोगटीलाई भने कहिल्यै पिताको पेशा अपनाउन मन लागेन । सैनिक जिन्दगी उनलाई होस्टेल बसेझैं लाग्यो । बरू उनलाई व्यापार गर्न सकिन्छ भन्ने लागेको थियो । त्यसैले उनले साथीहरूसँग मिलेर २०६६ सालतिर काठमाडौंको दरबारमार्गमा ‘गजल क्याफे’ खोले । तर पछि विविध कारणले त्यो क्लब पनि बन्द गर्नुपरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘व्यापार त थालियो तर उल्टो घाटामा बेच्नुप—यो ।’
बाटोमुनि फूल फुल्यो
पछिल्लो समय चलचित्र ‘बाटोमुनिको फूल’बाट नायकका रूपमा उदाएका बोगटी आफू अभिनेताभन्दा पनि गायक तथा संगीतकार भएको सुनाउँछन् । तर उनी एक्कासि चलचित्रमा आएका भने होइनन् । चक्लेटी बोगटी भन्छन्, ‘म केटाकेटी उमेरमा नै नाटकमा अभिनय गर्थें । साथीहरूलाई अभिनय गर्न सक्छ भन्ने लागेर मलाई मौका दिएका हुन् तर म चलचित्रलाई त्यति महत्व दिन्नँ ।’ उनी थप्छन्, ‘संगीत मेरो माध्यम हो । म यसका लागि समय निकाल्छु । फिल्म त चौतारीमा भेटिएको एउटा माध्यममात्र हो ।’
सबैभन्दा गाह्रो संगीत सिर्जना
संगीत सिर्जना गर्न त्यति सहज लाग्दैन उनलाई । सबैभन्दा गाह्रो उनलाई शब्द सृजना गर्न लाग्छ । उनले आफ्ना केही एल्बम् र केही चलचित्रमा संगीत दिएका छन् । ‘बिहानको समयमा संगीत कम्पोज गर्न रमाइलो लाग्छ मलाई’, उनी सुनाउँछन् ।
अहिले संगीतको माध्यम फेरिएको उनलाई लाग्छ । पहिले एफएम र टिभीमा भर पर्नुपरेपनि अहिले त्यस्तो स्थिति नभएको उनी बताउँछन् ।
अचेल चर्चित हुन सजिलो
बोगटीका अनुसार अचेले चर्चित हुन गाह्रो छैन । दर्शक तथा श्रोताले अहिले कुन गीत बजारमा आयो भन्दापनि युट्युबमा कुन गीत हिट भएको छ भन्ने कुरालाई महत्व दिन्छन् भन्ने उनलाई लाग्छ । ‘कलाकार विश्वको जुनसुकै ठाउँमा भएपनि उनीहरू आफ्नो प्रतिभा देखाउन सक्छन् ।’ उनी भन्छन्, ‘अहिले युट्युबमा हाम्रो सृजना हेरेर तत्काल कमेन्ट गर्न सक्छन् । यो प्रविधिको सकारात्मक पक्ष हो ।’
बजार बलियो तर कमाई कमजोर
अहिले संगीतको बजार कमजोर नभएपनि पारिश्रमिकको कमाईको हिसाबले कमजोर भएको उनलाई लाग्छ । अरू देशमा पाइरेसी सम्बन्धी कानुन छ । युट्युबमा अनुमतिबिना अपलोड गर्न पाइँदैन । युट्युबमा अपलोड गरेबापत कम्पनीले पैसा दिन्छन् तर नेपालमा भने उल्टो पैसा माग्छन् भन्ने उनले बुझेका छन् ।
चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को कम्पोजिसन भर्खरै सकिएको बताउने बोगटीलाई छिटै चलचित्र ‘नेप्टे’मा समेत देख्न पाइनेछ । भुटानी शरणार्थीको कथामा बनेको चलचित्र ‘देश खोज्दै जाँदा’मा समेत आफ्नो मुख्य भूमिका रहेको उनी बताउँछन् ।
नयाँ आउने गायक तथा कलाकारलाई केही फरक विषयवस्तुसहित समय अनुसार परिमार्जन हुन र धेरै ठूला सपना नदेख्न उनी सुझाव दिन्छन् । उनी भन्छन्, ‘नवगायकले श्रोताको भावनालाई बुझेर समय अनुसार आफूलाई परिमार्जन गराउन जरूरी छ किनकि हाम्रो बजार सानो छ ।
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...