कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हरेक वर्ष विवाह पञ्चमीमा जनकपुरधाममा आयोजना हुँदै आएको रामजानकी विवाह महोत्सवमा यसवर्ष भारतको उत्तराखण्ड प्रदेशका पर्यटनमन्त्री तथा अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज प्रमुख अतिथि हुने भएका छन् ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले धार्मिक गुरु महाराजको नेतृत्वमा ६० हजार जन्ती जनकपुर आउन लागेका जानकारी दिए ।
‘उहाँ धार्मिक व्यक्तित्व हुनुहुन्छ र पहिला पनि प्रवचनमा जनकपुर आउनुभएको हो,’ अध्यक्ष साहले भने, ‘उहाँको नेतृत्वमा हालसम्मकै सबैभन्दा धेरै ६० हजार जन्ती आउँदै हुनुहुन्छ, अहिलेसम्म यतिधेरै जन्ती आएका थिएनन् ।’ विवाह पञ्चमीको अवसरमा भगवान् रामको जन्मभूमि भारतको अयोध्याबाट जानकीको जन्मभूमि जनकपुरधाममा जन्ती ल्याउने परम्परा छ ।
यसअघि प्रमुख अतिथिका रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाह महोत्सवमा सहभागी भएका थिए । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय कार्यकारिणी सदस्य समेत रहेका सतपालजी महाराज भारतका प्रभावशाली नेतामध्ये पर्छन् । उनी मानव धर्मका प्रणेता पनि हुन् ।
जानकी मन्दिर जनकपुरधाका महन्त रामतपेश्वर दास वैष्णवको निम्तोमा प्रमुख अतिथिको रूपमा महाराज आउने उनका सहयोगी नबिन कोइरालाले जानकारी दिए ।
मंसिर ७ गतेबाट प्रारम्भ हुने सप्ताहव्यापी विवाह महोत्सव कार्यक्रममा सतपालजी महाराज मंसिर ११ र १२ गतेको समारोहमा सरिक हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...