×

NIC ASIA

सांसद बनेर प्रतिनिधि सभामा प्रवेश गर्न पम्फा भुसालको लागि सजिलो बाटो थियोसमानुपातिकतर्फ बन्द सूचीको पहिलो नम्बरमा नाम राख्ने । पार्टीको एकमात्र महिला पदाधिकारी तथा यसअघि एकपटक पनि समानुपातिकमा नबसेकोले पम्फाले चाहेको भए बन्द सूचीको पहिलो नम्बरमा पम्फाको नाम हुन्थ्यो ।

Muktinath Bank

तर,भुसालले संसदमा जानको लागि समानुपातिकको सजिलो बाटो रोजिनन् । कारण थियोललितपुर क्षेत्र नम्बर ३ का मतदातासँग उनको लामो अन्तरक्रिया । २०६४ सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भुसाल ललितपुर ३ बाट विजयी भएकी थिइन् । अहिलेसम्म प्रतिस्पर्धा गरेका दुवै निर्वाचनमा भुसाल विजयी भइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद रहँदा या नरहँदा ललितपुर ३ का मतदाता कुनै काम लिएर भेट्न जाने नेता पम्फा हुन् । विद्यार्थी कालदेखि नै भुसालले ललितपुरलाई आधार मानेर राजनीति गरिन् । त्यसैले उनी तेस्रो पटक ललितपुर ३ बाट चुनाव लड्दैछिन् ।


Advertisment
Nabil box
Kumari

जस्तोसुकै व्यस्तताका बाबजुद पम्फा आफ्ना मतादाताकोमा सधैँ साथमा हुन्छिन् । विवाह,ब्रतबन्ध,पूजाआजादेखि कोही विरामी पर्दा भेट्न अस्पतालमा पुगेकी हुन्छिन् । सरकारको मन्त्री रहेको समयमा पनि मतदाताको लागि मन्त्री क्वार्टरको ढोका खुलै हुन्थ्यो ।

Vianet communication

राजनीतिक दलका नेताहरु आफ्नो व्यक्तिगत मोवाइल नम्बर अरुलाई दिन रुचाउँदैनन् । तर भुसालले जनताको फोन उठाउने मात्र होइनन् उठाउन नपाएपनि पछि कलब्याक गर्छिन् । मतदातासँग सधैं सम्पर्कमा बस्ने उनको स्वभाव हो । ललितपुरका कोर नेवारी वस्तीमा समेत उनको प्रभाव छ ।

प्रतिनिधि सभा पुनःस्थापना पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भुसाल उर्जामन्त्री छिन् । उर्जामन्त्रीको रुपमा पनि उनले देखिने गरी काम गरेकी छिन् ।

भूईंबाट संघर्ष गरेर उठेकी महिला नेतृ

पम्फा समकालीन महिला नेतामा त्यो नेतृ हुन्,जो संघर्ष गरेर नेतृत्व तहमा पुगेकी छिन् । नेताको छोरी,श्रीमती या पारिवारिक विरासत भन्दापनि आफ्नै क्षमता र संघर्षले भुसालले राजनीतिक उचाइ हासिल गरेकी हुन् ।

अर्घाखाँचीको एक गरिव परिवारमा जन्मेकी पम्फाले विद्यार्थी जीवनमै राजनीति सुरु गरेकी थिइन् । माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्नुअघि नै भुसाल छोटो समयमा लागि जनमोर्चाको नेता बनेकी थिइन् ।

नेपालको महिला मुक्तिको राजनीतिक आन्दोलनमा पम्फाको नाम,कांग्रेसका मंगलादेवी सिंह,शैलजा आचार्य र कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी धर्मपत्नी सहाना प्रधानसँग तुलना हुन्छ । २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसदमा आउँदा त्यो बेला शिक्षामन्त्री रहेका नेता प्रदीप नेपालले राजनीतिक सुझबुझ भएकी महिला नेतृको संज्ञा दिएका थिए ।

भुसालले माओवादी पार्टीको प्रवक्ताको भूमिका निर्वाह गरिसकेकी छिन् । अन्तराष्ट्रिय सम्बन्धको विषयमा पनि उनी जानकारी राख्छिन् । पहिलो संविधान सभामा राज्यको साशकीय स्वरुप निर्धारण समितिमा बसेर उनले बहस गरेकी थिइन् ।

विघटित प्रतिनिधि सभामा पनि उनले जनप्रतिनिधिको रुपमा सशक्त भूमिका खेलेकी थिइन् । राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यको रुपमा नागरिकता विधेयक लगायत कयौँ कानुन निर्माणको क्रममा नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।

संसदमा खेलेको भूमिका र जनतासँगको निरन्तरको सम्पर्कका कारण पम्फा आगामी संसदमा आउन योग्य महिला नेतृ हुन् । जसले ललितपुरको सम्पदा संरक्षणका लागि संसदमा कयौ पटक आवाज उठाएकी छिन् । ललितपुर भित्र विकास नभएका क्षेत्रमा सडक विस्तार गरेकी छिन् ।

संसदमा बोलिन्, सरकारमा पुगेर कार्यान्वयन गरिन्

गुणस्तरीय जीवनको नारा लिएर चुनाव प्रचार प्रसारमा हिँडेकी पम्फाले संसदमा बोलेको कुरा सरकारमा गएर पूरा गरेर देखाएकी थिइन् । विद्युतको महसुल घटाउन र २० युनिटसम्म विद्युत निःशुल्क गर्नुपर्छ भनेर उनले संसदमा जोडदार आवाज उठाउँदै आएकी थिइन् । २०७८ साउनमा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो निर्णय कार्यान्वयनमा गएको थियो ।

उर्जामन्त्री बनेपछि पम्फाले १२ सय मेगावाटको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाका लागि कम्पनी स्थापना गर्ने बोल्ड डिसिजन गराएकी छिन् । बूढीगण्डकी बनाउन भनेर स्थानीयलाई मुआब्जा वितरणमा अबौँ रुपैया खर्च भइसक्दा पनि आयोजनाको भविष्य अन्योलमा परेको थियो ।

नेपालका लागि गेम चेन्जर आयोजना हुनसक्ने ठानिएको बूढीगण्डकी अब निर्माणको चरणमा जानेछ,यो आयोजना अगाडि बढाउनुमा भुसालको महत्वपूर्ण भूमिका छ । भुसाल ऊर्जामन्त्री रहेको समयमा नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात सुरु गरिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x