×

NMB BANK
NIC ASIA

एयरपोर्ट सुन तस्करी प्रकरण : को—को पर्लान् फन्दामा ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २२ पुस — बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले त्रिभुवन बिमानस्थलबाट सम्पूर्ण सुरक्षा घेरा नाघेर बाहिर आएको ३३ किलो सुन बरामद भएसँगै खैलाबैला मच्चिएको छ ।


त्यती ठूलो परिमाणमा सुन उम्किएको घटनाले एयरर्पोट भन्सारकोे लापरवाही छताछुल्ल भएको छ । तर सुन तस्करीमा को कति दोषी रह्यो भन्ने विषयमा चाहिँ कुनैपनि निकायले चुइँक्क मुख खोलेका छैनन् ।

दुबइबाट एरयर अरेबियाको जहाज चढेर काठमाडौं आइपुगेको सुनलाई बिहीवार प्रहरीले काठमाडौंको पिंगलास्थान (एयरपोर्ट नजिकै) एरियाबाट पक्राउ गरेको हो । ठूलो मात्रामा सुन ल्याएका तस्करले त्रिभुवन विमानस्थलमा रहेका सम्पूर्ण निकायको घेरा नाघेर बाहिर आएका हुन् ।

सीआइबीकी एसपी मीरा चौधरीका अनुसार बाँकेका ४३ वर्षीय गोपालबहादुर शाहीबाट ३३ सुन बरामध गरिएको हो । उनी बुधबार नै काठमाडौं आइपुगेका थिए । बिहीवार लगेज लिन विमानस्थल पुगेका उनलाई विमानस्थलबाट निस्कने वित्तिकै प्रहरीले पक्राउ गरेको हो ।

शाहीसँग रहेको सुन रिसिभ गर्न पुगेका मोरङका ३२ वर्षीय दिनबन्धु थापा र धनुषाका ३२ वर्षीय सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुबइबाट तस्करीको सुन आउँदै छ भन्ने सूचना पहिल्यै आएको जनाएको छ । तर सुन पक्राउ गर्ने सिआइबी र एयरपोर्ट प्रहरीका बीचमा कुनैपनि समन्वय भएको देखिँदैन ।

दोषी को ?

एयरपोर्ट भन्सारका प्रमुख नारायण सापकोटाले झट्ट हेर्दा भन्सारका कर्मचारीहरू दोषी देखिएको भएपनि यो विषयमा अनुसन्धान हुन बाँकीनै रहेको बताए । उनले आफूहरूले शुक्रवार विहानैदेखि पक्राउ परेको सुनको विषयमा अनुसन्धान थालेको बताए ।

सापकोटाले अहिले सम्म सुन ल्याउने शाही र सुन आएको मितिकै विषयमा आफूहरू अनविज्ञ रहेको उनले बताए । ‘एयरलाइन्सबाट सम्पूर्ण जानकारी लिँदै छौं,’ सापकोटाले भने, ‘हाम्रै कर्मचारीहरूमाथि पनि निगरानी सुरु गरेका छौं, चाँडैनै सत्यतथ्य थाहा होला ।’

उनका अनुसार दुबइबाट आएका शाही र उनको लगेज कहिले आएको थियो भन्ने सम्पूर्ण जानकारी एयरलाइन्ससँग मागिएको छ । त्यस्तै अध्यागमनका कर्मचारी तथा नेपाल एयरलाइन्ससँग पनि यो विषयमा जानकारी मागिएको छ ।

‘ब्यागेजको एक्सरे गर्ने भन्सारकै कर्मचारीसँग पनि सोधपुछ भइरहेको छ, सिसी टिभीको फुटेजको पनि अनुसन्धान हुन्छ,’ सापकोटाले लोकान्तरसँग भने, ‘त्यो मान्छेको झोला भन्सार गयो कि गएन भन्ने नै अहिले सम्म थाहा भएको छैन ।’

उनले सिंगो संयन्त्र वा व्यक्ति कसको कारणले यतो गम्भीर गल्ती भएको हो अनुसन्धानको क्रममा रहेको बताए । लगेज लिन विमास्थल गएको व्यक्ति विमाानस्थलको पास विना भित्र जान नसक्ने भएकोले यो विषयमा आफूहरूलेनै गम्भीर अनुसन्धान गरिरहेको उनले बताए ।

‘भन्सारकै कर्मचारीको दोष रहेछ भने कारबाही हुन्छ,’ उनले भने, ‘अन्य कारणहरूले गर्दापनि विमानस्थलबाट सुन उम्किएको हुन सक्छ । सामान्य अवस्थामा भन्सारले विदेशबाट आएको लगेजलाई एक्सरे गरेर निरीक्षण गरेपछि मात्रै बाहिर लैजान दिन्छ ।

तर उनले भन्सारको मेसिनमा नराखि लगेज विमानस्थलबाट उम्किएको हुन सक्नेपनि अनुमान पनि गरे ।
सिआइबीकी प्रवक्ता एसपी मिरा चौधरीले यो विषयमा अनुसन्धान भइरहेकोले यो विषयसँग जोडिएका कुराहरू बाहिर आउन केही समय लाग्ने बताइन् । कसको कारणले विमानस्थलबाट सुन बाहिरियो त्यो आफूहरूलाई थाहा नहुने उनको भनाई छ ।

‘अहिले सम्म पक्राउ परेकाहरूसँग प्रारम्भीक बयान पनि हुन पाएको छैन,’ उनले भने, ‘सुन भन्सारमा बुझाएपछि, उनीहरूको म्याद थपेर थप अनुसन्धान हुन्छ ।’

विमानस्थल प्रहरी पूरै बेखबर

सुन तस्करीका विषयमा आफूहरू पूर्ण रुपमा बेखबर रहेको एयरपोर्ट प्रहरीका डिआइजी गोविन्द निरौलाले बताए । ‘सिआइबीले समेत हामीसँग सहकार्य गरेको छैन,’ उनले भने, ‘विदेशबाट आएको सबै लगेज भन्सारलेनै जाँच गर्छ, त्यसैले हामीलाई केही पनि थाहा भएन ।’

उनका अनुसार नेपालबाट विदेश जाने सम्पूर्ण लगेजहरू प्रहरीले नै विमानस्थलमा जाँच गर्छ । तर विदेशबाट आउने चाहिँ भन्सार विभागले जाँच गर्छ । ‘भन्सार ऐनले चेकजाँचमा प्रहरीको उपस्थितीलाई निषेध गरेको छ,’ निरौलाले लोकान्तरसँग भने, ‘हामीले त यो विषयमा धेरै पटक कुरापनि गरेका छौं ।’ उनले दुबइबाट आएको सूचना सिआइबीलाई आएपनि आफूलाई नआएको र सिआइबीले समेत आफूहरूसँग सहकार्य नगरेकोमा गुनासो प्रकट गरे ।

विदेशबाट सेटिङ

दुबई प्रहरीलेपनि विमानस्थलमा राम्रैसँग जाँच गर्छ । तर ३३ किलो सुन त्यहाँबाट सजिलै उम्किएर नेपाल आउनु रहस्यपूर्ण देखिएको छ । दुबइबाट आइपुगेको सुन उच्चस्तरीय मिलेमतो हुन सक्ने आशंका गरिएको छ ।
एयर अरेविया, त्रिभुवन विमानस्थलमा रहने नेपाल एयरलाइन्सका कर्मचारी, भन्सार विभागका कर्मचारी, एयरपोर्ट प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी लगायत यो विषयसँग जोडिएका छन् ।

भन्सार विभागका प्रवक्ता कुलराज ज्ञवालीले अहिले सम्म समाचारमै आइरहेका कुराहरुलाई आफूहरुले विश्वास गरिरहेको बताए । उनले विभागले आफ्नो तर्फबाट अनुसन्धान गर्ने समेत बताएका छन् । ज्ञवालीका अनुसार सकभर आजै एउटा छानविन समिति बनाएर घटनाको बारेमा अनुसन्धान गरिने छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x