×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

सीके राउतलाई फकाउँदै कांग्रेस– संघीय सरकारमा सहभागी गराएर मधेशमा नेतृत्व लिने प्रयास

मंसिर १५, २०७९

NTC
वायाँबाट क्रमश: कृष्ण, रामसरोज र वीरेन्द्र
Premier Steels

मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको छ । डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीलाई विश्वासमा लिएर सरकार गठनका लागि कांग्रेसले गृहकार्य थालिसकेको छ । 

Muktinath Bank

नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी सम्मिलित पाँच दलको संयुक्त सरकार बन्ने सम्भावना बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिकतर्फको अन्तिम मतपरिणाम आएपछि मात्र मधेश प्रदेशसभामा एमाले र कांग्रेसमध्ये कुन ठूलो दल बन्ने भन्ने चित्र प्रस्ट हुनेछ । प्रत्यक्षतर्फ एमाले ठूलो दल बनेको छ ।


Advertisment
Nabil box
Kumari

अन्तिम परिणाम आइनसक्दै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गृहकार्य शुरू गरेको छ । पाँचदलीय गठबन्धनले जनमत पार्टी तथा स्वतन्त्र सांसद समेतलाई विश्वासमा लिएर सरकार बनाउने गृहकार्य थालेको हो ।

Vianet communication

जनमतले मधेशमा सहयोग गर्नका लागि संघीय सरकारमा सहभागिताको सुनिश्चितता खोज्ने सम्भावना छ । जनमत पार्टीका अध्यक्ष सीके राउत काठमाडौंमा रहेका बेला कांग्रेस नेता विमलेन्द्र निधिले भेटेर संघ र प्रदेश दुवैतिर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

जनमत पार्टी प्रतिपक्षी गठबन्धन भन्दा डेमोक्र्याटिक गठबन्धनमा समावेश हुन चाहेको प्रदेश सभामा निर्वाचित भएका नेपाली कांग्रेसका एक सांसदले लोकान्तरलाई जानकारी दिएका छन् ।

'हामीले जनमत पार्टीबाट निर्वाचित भएका केही सांसदहरूसँग संवाद शुरू गरेका छौं,' कांग्रेसका ती सांसदले लोकान्तरसँग भने, 'उहाँहरू एमाले नेतृत्वको गठबन्धनभन्दा पनि कांग्रेस नेतृत्वको गठबन्धनमा समावेश हुँदा बढी कम्फर्ट हुन्छ भन्नुभएको छ ।'

प्रदेश सरकार गठनको साँचो आफ्नो हातमा राखेका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि मधेश प्रदेशमा सरकार बनाउनका लागि निकास दिन जनमत पार्टी तयार रहेको बताउँछन् ।

'जनमत पार्टीको माग र एजेन्डा जुन गठबन्धनबाट पूरा गर्ने प्रतिबद्धता आउँछ, त्यही गठबन्धनसँग हाम्रो सहकार्य हुन्छ,' राउतले लोकान्तरसँग भने, 'माथि संघमा त्यसअनुसार प्रतिबद्धता आए मधेश प्रदेशमा सरकार बनाउन सहयोग गर्न तयार छौं ।' 

कुनै पनि गठबन्धनले सरकार बनाउन नसकेको अवस्थामा सरकार बाहिरै बसेर सघाउने विकल्पमा पनि आफू खुला रहेको उनको भनाइ छ ।

यता नेपाली कांग्रेसका मधेश प्रदेश अध्यक्ष कृष्ण यादवले आफ्नै नेतृत्वमा सरकार गठनका लागि विभिन्न राजनीतिक दलका प्रदेश सांसददेखि नेताहरूसँग संवाद शुरू गरिसकेका छन् ।

'मैले जसपा, जनमत पार्टीका सांसददेखि स्वतन्त्र निर्वाचित हुनुभएका सांसदहरूसँग पनि संवाद थालेको छु,' यादवले लोकान्तरसँग भने, 'ठ्याक्कै बहुमतको सरकार बनाउनुभन्दा पनि सबैलाई समेटेर बलियो सरकार बनाउने प्रयास गरिरहेको छु ।'

जनमत र जसपाका सांसदहरूले पनि सकारात्मक आश्वासन दिएको उनले बताए । 'सरकारमा जानै हुन्न भनेर जसपाका साथीहरूले भन्नुभएको छैन,' उनले थपे, 'त्यसबाहेक जनमतका साथीदेखि स्वतन्त्र जित्नुभएका साथीहरू पनि सरकारमा सहभागिताका लागि सकारात्मक देखिनुभएको छ ।'

आफू मधेश प्रदेश समितिको अध्यक्ष समेत भएकाले मुख्यमन्त्रीमा आफ्नो स्वाभाविक दाबी भएको उनले बताए । 

कांग्रेसमा यसअघिको संसदीय दलका नेता रामसरोज यादव र प्रदेश सांसद वीरेन्द्र सिंहले पनि मुख्यमन्त्री दाबी गरिरहेका छन् । 'मैले विगत ५ वर्ष दलको नेता भएर पार्टीलाई सञ्चालन गर्नुका साथै मन्त्री भएर समेत चलाएको अनुभवका आधारमा पनि पुन: संसदीय दलको नेतामा स्वाभाविक दाबी रहन्छ,' यादवले लोकान्तरसँग भने, 'त्यसै आधारमा आफ्नै पार्टीका नेतादेखि अन्य पार्टीका नेताहरूसँग पनि संवाद गरिरहेको छु ।'

रामसरोज यादव धनुषा- ३ (१) बाट, कृष्ण यादव रौतहट-१(२)बाट र वीरेन्द्र सिंह सर्लाही-४(१) बाट निर्वाचित भएका हुन् । रामसरोज र वीरेन्द्र दोस्रोपटक निर्वाचित भएका हुन् भने कृष्ण पहिलोपटक निर्वाचित भएका छन् ।

कांग्रेसमा धेरै नेताको दाबी भएका कारण त्यहाँ संसदीय दलको नेताका लागि चुनाव नै हुनसक्ने सम्भावना छ । 'सहमतिमा संसदीय दलको नेता चयन हुने सम्भावना एकदम कम देखिएको छ,' कांग्रेसका एक प्रदेश सांसदले भने, 'सहमति नहुने हुँदा चुनावबाट नै चयन हुन्छ होला । चुनाव भयो भने कृष्ण यादवको सम्भावना बलियो छ ।'

लोसपाबाट यसअघिका संसदीय दलका नेता जीतेन्द्र सोनल नै फेरि पनि संसदीय दलको नेता बन्ने सम्भावना छ । सोनल बारा- ४ बाट पुनः निर्वाचित भएका छन् । उनी मधेश प्रदेश समितिको अध्यक्ष पनि भएकाले उनी नै फेरि पनि दलको नेतामा दोहोरिने लगभग पक्कापक्की नै छ । 

महोत्तरी-३ (१)बाट प्रदेश सभामा निर्वाचित अभिराम शर्मा पनि लोसपा सरकारमा जाने बताउँछन् । 'पाँचदलीय गठबन्धनको सरकारमा लोसपा सरकारमा जान्छ नै,' शर्माले लोकान्तरसँग भने, 'लोसपाको दाबी मुख्यमन्त्री नै पाओस् भन्ने हुन्छ, तर त्यो नपाए पनि मधेश प्रदेशमा गठबन्धन सरकारको महत्त्वपूर्ण हिस्सा अवश्य नै रहन्छ ।'

अर्कातर्फ नेकपा एमालेले भने सरकार बनाउने खास गृहकार्य शुरू गरिसकेको छैन । एमालेबाट पनि मुख्यमन्त्रीका लागि केही नेताहरू आकांक्षी देखिए पनि गणितले साथ नदिने देखिएको एमाले नेताहरू स्वीकार्छन् ।

'हाम्रो पार्टीमा रामचन्द्र मण्डल, हरिनारायण महतो, सरोजकुमार यादवदेखि अन्य धेरै नेताहरू संसदीय दलको नेता बन्ने चाहना राख्नुभएको छ,' ती सांसदले लोकान्तरसँग भने, 'तर, उहाँहरूले चाहना राखे पनि संसदीय दलको नेता मधेश प्रदेश इञ्चार्ज रघुवीर महासेठको विश्वासपात्र मात्र बन्न सक्ने स्थिति देखिएको छ ।' 

महासेठ निकट नेता मात्र दलको नेता बन्ने अवस्था भए पनि महासेठले हालसम्म कुनै पनि प्रदेश सांसदलाई ग्रीन सिग्नल नदिएको उनले खुलाए । 

त्यसैगरी जसपामा संसदीय दलको नेता हालका मुख्यमन्त्री लालबाबु राउत नै दोहोरिने सम्भावना बढेको जसपाका एक नेताले बताए । 'उहाँ अहिले पनि मुख्यमन्त्री हुनुहुन्छ । जितेर आउनेमध्ये अहिले पनि उहाँभन्दा कोही सिनियर नेता आउन सक्नुभएको छैन,' ती नेताले लोकान्तरसँग भने, 'त्यसकारण फेरि पनि दलको नेतामा मुख्यमन्त्रीजी नै दोहोरिनुहुन्छ ।'

जसपामा संसदीय दलको नेता दाबी गर्दै आएका अर्थमन्त्री शैलेन्द्र साह र कृषि मन्त्री विजय यादव चुनाव हारेका कारण पनि राउतका लागि परिस्थिति अनुकूल भएको ती नेताले खुलाए । 

'दलको नेताको दाबेदार जसपाका प्रवक्ता मनिष सुमन पनि हुनुहुन्छ । तर, उहाँ समानुपातिक कोटाबाट पर्ने हो कि होइन भन्ने विषय नै अहिले प्रस्ट हुनसकेको छैन,' जसपाका ती नेताले थपे, 'सभामुख रहिसकेका सरोजकुमार यादव अन्तिम समयमा टिकट लिनेबेला मात्र लोसपा छाडेर जसपा रोज्नुभएको थियो । त्यसकारण उहाँको समेत चाहना भए पनि दाबी पुग्ने स्थिति अहिले छैन ।'

नेकपा माओवादी केन्द्रमा पुनः संसदीय दलको नेतामा अहिलेका गृहमन्त्री भरतप्रसाद साह नै दोहोरिने सम्भावना बढेको छ । उनी महोत्तरी-१(२) बाट पुनः निर्वाचित भएका छन् । उनकै नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने अवस्था देखिएको एक नेताले बताए । 

प्रत्यक्षतर्फ ६४ सीट रहेको मधेश प्रदेशसभामा सबैभन्दा बढी एमालेले १५, कांग्रेसले १३, जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७ सीट जितेको छ । त्यसैगरी जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समान ४/४ तथा स्वतन्त्रले ६ सीट जितेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ १९ लाख ५६ हजार १०१ मत गन्दा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ३ लाख ७७ हजार ५९ मत ल्याएको छ भने एमालेले ३ लाख ३९ हजार ६२५ मत पाएको छ ।

मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी तेस्रो ठूलो दल बनेको छ । जनमतले २ लाख ९१ हजार ३४४, जसपाले २ लाख ७६ हजार २७६, नेकपा माओवादी केन्द्रले १ लाख ७४ हजार ४२६, लोसपाले १ लाख ९ हजार ७५५, नेकपा एसले १ लाख ७ हजार १७०, राप्रपाले ६३ हजार ६९०, नेपाल संघीय समाजवादी पार्टीले ४९ हजार ५९७ र नागरिक उन्मुक्ति पार्टीले ४१ हजार २६८ मत ल्याएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x