×

NIC ASIA

सत्ताको रस्साकस्सी

प्रचण्डलाई देउवाको आग्रह– पावर शेयरिङको छलफल संसदीय दलको चुनावपछि मात्र गरौं

राष्ट्रपति पनि आफैं राख्ने दाउमा कांग्रेस, एउटा तप्का महन्थका लागि लबिङमा

मंसिर २३, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको चुनावपछि मात्र शक्ति बाँडफाँटको छलफल गर्न प्रस्ताव गरेका छन् । 

Muktinath Bank

चुनावपछिको नयाँ सरकार गठनबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा गठबन्धनमा यसबारे खास छलफल हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष र नेताहरूमार्फत भइरहेको संवादमा देउवाले कांग्रेस संसदीय दलको चुनावपछि पावर शेयरिङबारे छलफल गर्न प्रस्ताव गरेका हुन् । चुनावपछि प्रचण्डले देउवासँग तीनपटक छलफल गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

सत्ता गठबन्धनका चार दलले संयुक्त वक्तव्यमार्फत यही गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइसकेका छन् ।  सोमवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई समेत प्रमाणपत्र दिएपछि पावर शेयरिङको विषयमा छलफल आरम्भ गर्ने बताएका थिए । 

Vianet communication

‘पावर शेयरिङमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । देउवाले संसदीय दलको चुनावपछि मात्र गरौं भनेर प्रस्ताव गर्नुभएको छ,’ माओवादी स्रोतले बिहीवार लोकान्तरसँग भन्यो । संसदीय दलको नेता बन्न कांग्रेसभित्र बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

चुनाव जितेका र समानुपातिकको बन्दसूचीमा रहेका सांसदका कारण संसदीय दलको नेता निर्वाचित हुनेमा देउवा विश्वस्त छन् । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने भएकाले देउवाले पहिलो मिसन संसदीय दलको नेता बन्ने बनाएका छन् । 

बधाई दिन बालुवाटार पुगेका सांसदहरूलाई उनले संसदीय दलमा सघाउन आग्रह गरिरहेका छन् ।

मंगलवार बालुवाटार पुगेका पूर्व महामन्त्री डा. शशांक कोइरालासँग देउवाले संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री बन्न प्रचण्डको कसरत

संसदीय दलको चुनाव पर्खिन आग्रह गरेका देउवाले फेरि प्रधानमन्त्री बन्ने चाहना देखाए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत प्रयास छाडेका छैनन् ।

‘संसदीय दलको नेता बनेर देउवाले फेरि प्रधानमन्त्री बन्ने आकांक्षा देखाउनुभयो । सरकारको नेतृत्वका लागि हाम्रो पनि प्रयास जारी छ,’ प्रचण्डलाई भेटेका माओवादीका एक प्रभावशाली नेताले भने । 

माओवादीले तीनवटा कारण देखाउँदै कांग्रेससँग नयाँ सरकारको नेतृत्व दाबी गरेको छ । शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाउन मद्दत गरेको, केपी ओलीले संसद् विघटन गरेका बेला आन्दोलनको नेतृत्व गरेको र चुनावअघि नेताहरूबीच भएको भद्र सहमति पालना गर्न भन्दै माओवादीले नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहेको हो ।

नयाँ सरकारको नेतृत्व दाबी गरेका प्रचण्डले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । प्रचण्ड र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुक्रवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा सरकार गठनलगायत समसामयिक घटनाक्रमबारे छलफल भएको थियो । 

प्रचण्डले कांग्रेसका दोस्रो तहका नेताहरूसँग पनि बाक्लो छलफल गरिरहेका छन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत नेतासँग प्रचण्डले छलफल गरेका छन् । 

गठबन्धनको पक्षमा बहुमत जुटाउन प्रचण्डले संसदमा ४ सीट रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जेलमै पुगेर भेटेका छन् भने प्रभु साहलगायत स्वतन्त्रसँग पनि सम्पर्क बढाएका छन् । 

माओवादीभित्र संसदीय दलको नेताका लागि प्रचण्डलाई चुनौती दिने नेता फेला परेका छैनन् ।

राष्ट्रपति–प्रधानमन्त्री दुवैमा कांग्रेसको दावी

पावर शेयरिङमा ठोस छलफल शुरू नभए पनि सरकारको नेतृत्व आलोपालो गर्ने प्रस्तावसहित राष्ट्रपति पद सुरक्षित गर्न खोजेको सन्देश गठबन्धनका दललाई दिएको छ ।

पहिलो एक वर्ष या दुई वर्षपछि प्रधानमन्त्री दिने प्रतिबद्धतासहित माओवादीलाई सभामुख लिन आग्रह गर्ने कांग्रेस स्रोत बताउँछ । 

कांग्रेसमा डा. शेखर कोइरालालगायत नेताहरू राष्ट्रपति कांग्रेसले राख्नुपर्ने लबिङमा छन् ।

कोइराला लगायतका नेताहरू शेरबहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गर्ने योजनामा छन् । 

पढ्नुहोस्, यो पनि :

शुरूमा आफैंले नेतृत्व गरे पनि गठबन्धन बचाइराख्न केही समयपछि माओवादीलाई सरकारको नेतृत्व दिनैपर्ने कांग्रेसको बुझाइ छ । प्रधानमन्त्री लिनका लागि राष्ट्रपति माओवादीलाई दिन नहुने मत कांग्रेसमा बलियो छ ।

अहिले राष्ट्रपति माओवादीलाई दिएमा केही समयपछि प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीसँग हुने र आफूहरू पावरविहीन बन्ने भयमा कांग्रेस नेताहरू देखिन्छन् ।

भावी प्रधानमन्त्रीसँगै राष्ट्रपति को बन्छ भन्नेमा कूटनीतिक वृत्त समेत सक्रिय बनेको छ ।

पहिलो कार्यकालमा माओवादीलाई सभामुख, नेकपा एसलाई उपराष्ट्रपति र साना दललाई मन्त्री दिएर गठबन्धन बनाउने कांग्रेसको प्रयास रहेको नेताहरू बताउँछन् । 

राष्ट्रपतिका लागि लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा रहेको स्रोतहरूको दाबी छ ।

सत्ता गठबन्धनको आडमा महन्थले महोत्तरी– ३ बाट चुनाव जितेका थिए । ठाकुरलाई राष्ट्रपति बनाउन एउटा पक्षले लबिङ गरिरहेको कांग्रेस स्रोत बताउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x