×

NIC ASIA

सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवनलाई

मंसिर २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । 
भुवनले आज (शुक्रवार) ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित भुवनले १ लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करियरको दशौं उपाधि हो । 

Muktinath Bank

६–अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए । पहिलो दुई दिनका लिडर रबि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे । तेस्रो र चौंथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समग्रमा ५–ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६–ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैठौं र ७–ओभर २ सय ७९ को स्कोरमा सूर्यप्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १–ओभर ६९, कृष्णमानले ५–ओभर ७३ र सुर्यले ३–ओभर ७१ स्कोर बनाए । 


Advertisment
Nabil box
Kumari

अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो । बिना दबाब सहजै अन्तिम दिनको खेल ४–अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १–अन्डर ३३ मा पूरा गरे । दोश्रो होलमा बोगी प्रहार गरे पनि तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए । यसपछि ११औँ, १३औँ र १४औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे । 

Vianet communication

सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानको लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो । अन्तिम दिनको खेल शुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर, शुक्रलाई चार स्ट्रोकले माथ दिँदै दिनेश दोस्रो भए । दिनेशले ६–अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो र छैँठौ होलमा बर्डी प्रहार गर्दा नवौँ होलमा एक सट गुमाए । यसपछि १०औँ, ११औँ, १३औँ र १४औँ होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४–अन्डर ३० मा पूरा गरे । 

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजिटिआई) खेलिरहेका शुक्रले अपेक्षाअनुरुप खेल्न सकेनन् । अन्तिम दिन इभन–पार ६८ मा सकाए । उनले आठौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए । यसपछि ११औँ, १३औँ र १६औँ होलमा एक–एक सट बचाए । तर, १५औँ र १७औँ होलमा बोगी र १८औँ होलको डबल बोगीले ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । 

प्रतियोगिताको एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते । उनले ६–ओभर ७४ सहित समग्रमा १७–ओभर २८९ स्कोर जोडे । समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए । 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x