×

NMB BANK
NIC ASIA

कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ निबन्ध सङ्ग्रह प्रकाशित

पुस २, २०७९

NTC
Premier Steels

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । लामो समयदेखि अध्यात्मदर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौँ कृति हो । गोरखापत्र दैनिक तथा मधुपर्क मासिकको प्रधानसम्पादक रहिसकेका रिजालको यस कृतिलाई रत्नपुस्तक भण्डारले प्रकाशित गरेको हो । 

Muktinath Bank

रिजालका यस अघिका कृतिहरू पनि अध्यात्मदर्शनसितै सम्बन्धित छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत निबन्ध सङ्गहमा पाँच खण्ड र ६१ वटा निबन्ध समाविष्ट छन् । यीमध्ये पहिलो वैदिक दर्शन खण्डमा वेद र उपनिषद् सम्बन्धी विषयवस्तुमा आधारित नौवटा निबन्ध छन्, जहाँ वेद र विज्ञानलाई समन्वयात्मक ढङ्गमा विश्लेषण गर्ने प्रयास भएका छन् । दोस्रो पौराणिक दर्शन खण्डमा १८ वटा निबन्ध सङ्कलित छन्, जहाँ १८ महापुराणको परिचय र तिनका धार्मिक, सामाजिक तथा संस्कृतिक विशेषता केलाउने प्रयास भएका छन् । 


Advertisment
Nabil box
Kumari

तेस्रो संस्कृति संरक्षण खण्डमा संस्कार र संस्कृति सम्बन्धी नौ वटा निबन्ध र चौथो शब्द तथा सदाचार खण्डमा शब्दको शक्ति, स्रोत र सामथ्र्य तथा सुशान सम्बन्धी पाँचवटा निबन्ध समाविष्ट छन् । पाँचौँ विविध खण्डमा सामाजिक विकृति र तिनका निराकरण सम्बन्धी विषयवस्तु समेटिएका २० वटा निबन्ध रहेका छन् । 

Vianet communication

लेखक रिजालका अनुसार वैदिक सनातन धर्मसंस्कृति संसारकै सर्वाधिक पुरानो धर्मसंस्कृति हो । साथै संसारलाई सर्वप्रथम मानवताको धरातलमा हिँड्न सिकाउने धर्मसंस्कृति पनि यही नै हो तर त्यही धर्मसंस्कृृतिमाथि विभिन्न नाम र रूपमा प्रहार हुने गरेकाले त्यसैलाई चिर्नु पुस्तकको उद्देश्य हो । 

उनी भन्छन्– ‘वेद शब्दहरूको सङ्ग्रह मात्र नभई विज्ञानको कुँजी पनि हो । आज संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा जेजति प्रगति भएका छन् तिनको मूलभूत आधार भनेको वेद नै हो । प्रस्तुत पुस्तकमा तिनै कुरालाई यथासम्भव प्रष्ट्याउने प्रयास भएका छन् ।’

प्रकाशक रत्नपुस्तक भण्डारका गोविन्द श्रेष्ठ भन्छन्– हामीले अन्य विभिन्न साहित्यिक पुस्तकका साथै आध्यात्मिक साहित्य सम्बन्धी पुस्तक पनि प्रकाशित गर्दै आएका छौँ । यसको उद्देश्य समाजमा आध्यात्मिक चेत विकास गरी आत्मिक अनुशासनमा सहयोग पु¥याउनु हो । यसमा प्रस्तुत पुस्तकबाट राम्रै टेवा पुग्ने विश्वास गरेका छौँ ।’

भूमिका खण्डबाहेक २०८ पृष्ठको पुस्तकको मूल्य रू. ३९५।– रहेको छ ।      
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x