×

NMB BANK
NIC ASIA

बौद्ध भिक्षुले पाउने निःशुल्क भिसा रोकियो, तत्काल समस्याको समाधान गर्न कोषको माग

पुस ३, २०७९

NTC
Premier Steels

लुम्बिनीका गुम्बामा बस्न आउने बौद्ध भिक्षुहरूले पाउँदै आएको निःशुल्क भिसा सुविधा रोकिएको छ । लुम्बिनी विकास कोषको सिफारिसमा गुम्बाभित्र बस्न आउने भिक्षुले एक वर्षको लागि निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा दुई सातादेखि रोकिएको भन्दै भिक्षुहरूले गुनासो गरेका कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । 

Muktinath Bank

शाक्यका अनुसार लुम्बिनीभित्र विभिन्न देशले बनाएका गुम्बामा बस्न आउने भिक्षुहरू १० जनासम्मले निःशुल्क भिसा पाउँदै आएका थिए । ‘यस्तो भिसा पछिल्लो दुई सातादेखि रोकिएको र नयाँ नवीकरणसमेत भएको छैन’, श्रेष्ठले लोकान्तरसँग भने । भिसा रोकिएको विषयमा तालुक निकाय हुँदै परराष्ट्र मन्त्रालयसम्मलाई जानकारी गराएको कोषले जनाएको छ । कोषले तत्काल समस्याको समाधान गर्न पनि माग गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिसा रोकिएको विषयमा भिक्षुहरूबाट आएको गुनासोलाई के र कति कारणले हो भन्दै स्पष्ट पारिदिन शाक्यले आइतवार कोषको तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखालाई  आग्रह गरेका छन् । कोषका अनुसार नेपाल आउने यस्ता भिक्षुहरू एउटा गुम्बामा १० जनासम्मलाई निःशुल्क भिसा दिने गरिएको भए पनि सबैमा सोही संख्यामा आएका हुँदैनन् । 


Advertisment
Nabil box
Kumari

‘यहाँ बस्न आउने भिक्षु कामको लागि नआउने र बाहिर निस्किएर काम पनि नगर्ने भएकोले निःशुल्क भिसा दिइँदै आएको छ । यस्तो भिसा कोषको सिफारिसमा पर्यटन मन्त्रालय, गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागको सिफारिसमा परराष्ट्रले जारी गर्दै आएको छ’, शाक्यले भने । 

Vianet communication

यस्तो भिसा लिएर आउने भिक्षु करीब १७ वटा गुम्बाको लागि आउने कोषले जानकारी दिएको छ । कोषले यस्तो भिसा ३ दशकदेखि दिँदै आएको उल्लेख गरेको छ ।

नेपालमा बौद्ध धर्मावलम्बी तथा धार्मिक पर्यटक प्रबद्र्धन गर्न भिक्षुहरूको महत्वपूर्ण भूमिका हुने गरेको कोषको भनाइ छ । लुम्बिनी विकास कोषले पर्यटन पबवद्र्धनमा सहयोग पुर्‍याउने भिक्षुलाई रोक्न नहुने र यसले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जानसक्ने भन्दै छिटो समस्याका समाधन गर्न माग गरेको छ ।  

पर्यटन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुख तथा सहसचिव डा. सुरेश सुरस श्रेष्ठले यो विषयमा देखिएको समस्या र समाधानको उपायमा छलफल भइरहेको बताए । उनले दुई÷चार दिनभित्रै समस्या सल्टिने बताए । श्रेष्ठले यो विषयमा थप जानकारी दिन भने चाहेनन् । 

अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले भने भिक्षुहरूले पाउने निःशुल्क भिसा रोकिएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने ‘औपचारिक रूपमा कुनै जानकारी र लुम्बिनी विकास कोषबाट गुनासोसमेत आएको छैन । यदि समस्या भएको, कुनै कारणले रोकिएको हो भने औपचारिक रूपमा लुम्बिनी विकास कोषले सम्बन्धित मन्त्रालयमार्फत जानकारी दिनुपर्छ’, पाण्डेले भने, ‘समस्या भएको हो भने आवश्यक छलफलबाट समाधान गर्न अध्यागमन विभाग तयार छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x