×

NMB BANK
NIC ASIA

आज हिमाली क्षेत्रमा तोल ल्होसार पर्व मनाइँदै

पुस ९, २०७९

NTC
Premier Steels

प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका समुदायले विभिन्न कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउँदैछन् ।

Muktinath Bank

तोल ल्होसार सबैभन्दा पुरानो ल्होसार हो । तोलको अर्थ समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका हिमाली जिल्लाहरू हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ र पश्चिम तिब्बतको मानसरोवर क्षेत्रका केही र भूटानका केही मानिसले आजको दिनमा धुमधामका साथ यो चाड मनाउने गर्दछन् ।  


Advertisment
Nabil box
Kumari

संस्कृतिविद् डा. जगमान गुरुङ पौष शुक्ल प्रतिपदामा मनाइने तोल ल्होसार थोरै मानिसले मनाउने भए पनि यो पुरानो भएको बताउँछन् । वर्षमा अरू ४ वटा ल्होसार मनाउने गरिएको उनी बताउँछन् ।

Vianet communication

प्रत्येक वर्ष पुस १५ गुरुङले तमु ल्होछार, माघ शुक्ल प्रतिपदामा तामाङ समुदायले सोनाम ल्होसार र फागुन शुक्ल प्रतिपदामा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउने गर्छन् । 

यसैगरी फागुन शुक्ल पूर्णिमाका दिन थकाली समुदायले तोरन्ल ल्होसार मनाउने गरेका छन् । यो चाडमा घरआँगन लिपपोत गरी चोखो पारिन्छ । मानिस बिहानै उठेर पनि नुहाएर पूजाआराधना गर्छन् । अनि लामा पुरोहितबाट वा घरको मूलीबाट पूजापाठ गराई गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको हार होस् भनी कामना गरिन्छ ।

मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमूल आदि खाने पनि गरिन्छ ।

ल्होको अर्थ वर्ष र सारको अर्थ नयाँ मिलेर ल्होसार शब्द बनेको छ । यसैले यसको सार नयाँ वर्ष मनाउनु हो भन्ने लाग्छ । हिमाली क्षेत्रमा यो पर्व भव्यरूपमा मनाउने गरिन्छ । सबैभन्दा पुरानो ल्होसार सुरु भएकै दिन अर्थात् पौष शुक्ल प्रतिपदाका दिन नयाँ वैदिक संवत्सर पनि फेरिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x