×

NMB BANK
NIC ASIA

भारतीय सञ्चारमाध्यमको दाबी– सुनिल सेट्टीले उद्धार गरेका यौनकर्मीमध्ये १२८ जना नेपाली

पुस १५, २०७९

NTC
Premier Steels

बलिउड स्टारहरू प्रायःले परोपकारका काम गरेको देखिन्छ । तर ‘लाइमलाइट’बाट टाढै रहने सुनिल शेट्टीले वर्षौंअघि यस्तो महान कार्य गरे जसको बारेमा आजसम्म कसैलाई थाहा थिएन । सुनिल शेट्टीले धेरै वर्षअघि ४५० यौनकर्मी महिलाहरू उद्धार गरेका थिए । त्यसमध्ये १२८ जना नेपाली महिलाहरू रहेको भारतीय सञ्चारमाध्यम जनसत्ताले दाबी गरेको छ । समाचारमा जनाइएअनुसार ती महिलाहरू हाल सर्वसाधारणको जस्तै जीवन बिताइरहेका छन् ।

Muktinath Bank

जानकारी अनुसार सन् १९९६ मा मुम्बई नजिकैको कामाठीपुराबाट ४५० महिलालाई वेश्यावृत्तिमा लगिएको थियो । यो त्यही कामाठीपुरा हो, जसलाई आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ मा देखाइएको छ । यो क्षेत्र वेश्यावृत्तिको लागि प्रसिद्ध छ । कामाठीपुराको यो दलदलबाट निकालिएका ४५० यौनकर्मीमध्ये १२८ नेपाली युवती रहेको जसलाई भारतीय सरकारले अस्वीकार गरेको समाचारमा दाबी गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाचारमा जनाइएअनुसार त्यसबेला सुनिल शेट्टी ती असहाय केटीहरूलाई मद्दत गर्न अगाडि आए । उनले ती यौनकर्मीलाई टिकट दिएर नेपाल फिर्ता पठाउने मात्रै गरेनन्, उनीहरू सुरक्षित रूपमा घर पुग्ने पनि सुनिश्चित गरे ।


Advertisment
Nabil box
Kumari

त्यसबेला सुनील शेट्टीले यो गोप्य राख्नु उचित ठानेका थिए । उनले अन्तर्वार्तामा यसको श्रेय लिन पनि अस्वीकार गरे । ती महिलाहरूलाई बचाउन धेरै मानिसको मिहिनेत भएको उनको विश्वास छ । यसबाहेक उनले यस विषयमा फिल्म बनाउन सकिने बताएका थिए ।

Vianet communication

सोनु सूदकाे पराेपकारी काम

सबैले याद गर्नेछन् कि बलिउड अभिनेता सोनू सूदले कठिन समयमा यस्तो काम गरेका थिए, जसका लागि मानिसहरूले उनलाई ‘गरिबहरूको मसीहा’ भन्न थाले । कोभिड महामारीको समयमा लकडाउनका कारण शहरमा फसेका प्रवासी मजदुरलाई सहयोग गरेर सोनुले सबैको मन जिते । उसले आफ्नै पैसाले हजारौं मानिसहरूलाई घरमा पु¥याएका थिए । 

त्यसयता ट्वीटरमा धेरैले सोनु सूदलाई आफ्नो समस्या सुनाएर सहयोगको अपिल गरिरहेका छन् । जसलाई सोनू सुदले पूरा गर्ने प्रयास गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x