×

NIC ASIA

जुरेन धरहरा खुल्ने साइत

उद्घाटनको डेढ वर्ष बित्दा पनि सर्वसाधारणका लागि खुलेन धरहराको ढोका [भिडियो रिपोर्ट]

पुस २१, २०७९

Prabhu Bank
NTC
Premier Steels

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ ।

Muktinath Bank

धरहराको स्तम्भ ठडिए पनि ‘युटिलिटी ब्लक’ बनाउन बाँकी रहेका कारण समग्र भौतिक प्रगति ८० प्रतिशतमा सीमित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रिपल बेसमेन्ट, ३ तलाको पार्किङ स्पेस, अगाडिपट्टिको भागमा हरियाली, उत्तरपट्टिको क्षेत्रमा म्युजियम बनाउने लगायत काममा पनि खासै प्रगति भइरहेको देखिँदैन ।


Advertisment
Nabil box
Kumari

Vianet communication

समग्र भौतिक प्रगति ८० प्रतिशत र खर्च ६१ प्रतिशत भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का कायममुकायम आयोजना निर्देशक कोषनाथ अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

जीआईईटीसी एन्ड रमन जेभीले ३ अर्ब ४९ करोडमा निर्माण सम्पन्न गर्ने गरी धरहराको ठेक्का पाएको थियो भने त्यसको लागत अझै बढ्न सक्ने जानकारी आयोजना निर्देशक अधिकारीले दिए ।

विभिन्न कारणले गर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको अधिकारीको भनाइ छ । ‘धरहरा सँगैको जग्गामा ‘युटिलिटी ब्लक’ बनाउने सिलसिलामा त्यहाँ खन्ने क्रममा दूरसञ्चारका तार, विद्युत्का तार, खानेपानीका पाइप भएकाले धरहरा वरिपरिका करीब १८ हजार स्थानीय बासिन्दा प्रभावित हुन पुग्ने देखिएकाले हामीले धरहरानजिकै त्यसलाई सारेर काम गर्दा अहिले धरहरा वरिपरि निर्माणको काम भइरहेको छ । धरहरा वरिपरि निर्माण कार्यले गर्दा त्यहाँ हिँड्न सकिने अवस्था छैन, जसका कारण सर्वसाधारणमा सुरक्षा जोखिम पर्ने देखिएकाले धरहरा खोल्न नसकिएको हो,’ उनले भने ।

‘स्थानीयले सुन्धारामा टुँडिखेलबाट सय वर्ष अगाडि जस्तै नै प्राकृतिक तरिकाले पानी झार्ने शर्त अगाडि सारेकाले पनि काममा ढिलाइ हुन गइरहेको छ,’ उनले गुनासो पोख्दै लोकान्तरसँगको कुराकानीमा भने, ‘हुलाक कार्यालयको जग्गा प्राप्ति, सञ्चय कोषसँग जग्गा सट्टापट्टा आदि कामले पनि गति लिन नसक्दा काममा ढिलाइ भएको हो ।’

पहिले धरहरा पुनर्निर्माणको काम जम्मा ५ रोपनी क्षेत्रफलमा गर्ने भनेर अगाडि बढेकोमा अहिले धेरै कुरा विस्तार भएर ४२ रोपनी क्षेत्रफल पुगेको निर्देशक अधिकारीले जानकारी दिए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  पछिल्ल...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x