माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
५ वर्षका लागि सरकार चुनिँदाको उत्साह सामान्यतयाः सत्तापक्षलाई हुनुपर्ने हो । अहिले सत्तारुढमध्येको सबैभन्दा ठूलो दल एमालेमा त्यस्तो उत्साह छैन ।
अनेक आशंका छ, तर विपक्षी दल भएर पनि कांग्रेसका नेताहरू उत्साही देखिन्छन् । २५ फागुनमा हुने राष्ट्रपति चुनावलाई लिएर कांग्रेस नेतामा उत्साह देखिन्छ ।
पुस १० मा सत्ताबाट विमुख भएदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवाले भन्दै आएका छन् ‘वी विल कमब्याक’ । शुरूमा देउवाले यस्तो बोल्दा धेरैले पत्याएका थिएनन् । तर २६ पुसमा जब कांग्रेसले प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दियो, त्यसयता कांग्रेस नेतामा उत्साह बढेको देखिएको छ ।
यस्तो उत्साह व्यक्त गर्नेमा प्रभावशाली र सिनियर नेता नै छन् । नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू डा. प्रकाशशरण महत, प्रकाशमान सिंहसहितका धेरै उत्साहित देखिएका छन् । राष्ट्रपति सत्ता गठबन्धनको भागबण्डामा एमालेमा परेको छ । तर विपक्षमा भए पनि राष्ट्रपति आफूहरूले नै जित्ने दाबी कांग्रेसका यी नेताहरूले निरन्तर गर्दै आएका छन् ।
पछिल्ला पार्टी कार्यक्रममा प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्ने गरेका छन् । आफूलाई शतप्रतिशत जस्तो मत आएको भन्दै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने अवस्थामा पुगेको भनेर एमालेले अघि सार्ने उम्मेदवारमा सहमति नहुने छनक प्रचण्डले दिँदै आएका छन् ।
आशंककाबीच प्रचण्ड र ओलीबीच बाक्लो भेटघाट भइरहेको छ । तर प्रचण्डले देउवालाई भेटेका छन् । आफू निकटका नेतालाई कांग्रेससँग वार्ता गर्न खटाएका छन् । यसले समेत सत्ता गठबन्धनमा खटपट र प्रतिपक्षमा रहेको कांग्रेस प्रचण्डसँग नजिकिएको हो कि भन्ने सन्देश दिन्छ ।
राजनीतिक विश्लेषक झलक सुवेदी १० पुसमा गठबन्धन बनेदेखि नै एमाले र माओवादीबीच देखिएको आशंकाले कांग्रेसमा उत्साह थपिएको बताउँछन् ।
‘गठबन्धनको नेतृत्व प्रधानमन्त्रीले गर्नुपर्ने हो तर शुरूबाटै प्रधानमन्त्री प्रचण्ड र गठबन्धनको नेतृत्व केपी ओलीले गर्नुभयो । मन्त्री बाँँटफाँटमा ओली हावी भए । यस्तो हुँदा प्रचण्डले कांग्रेससँग विश्वासको मत माग्ने अवस्था बन्यो,’ सुवेदी भन्छन्, ‘प्रधानमन्त्रीले २५ पुसमा मागेर २६ पुसमा विश्वासको मत पाए तर यसका लागि होमवर्क १० पुसलगत्तैदेखि भएको देखिन्छ । देउवाले १० गते गल्ती महसूस गर्ने र प्रधानमन्त्री भएपछि ओलीले काम गर्न दिँदैनन् भन्ने प्रचण्डको बुझाइपछि कांग्रेस र माओवादीनजिक जस्तो देखिँदा कांग्रेस नेताहरूमा उत्साह आएको हो ।’
कांग्रेसले विश्वासको मत दिएपछि ‘राष्ट्रपति एमालेले भनेको जस्तो नहुने’ बुझेर कांग्रेसमा उत्साह आएको हुन सक्ने सुवेदी बताउँछन् ।
‘कांग्रेसले विश्वासको मत पनि दिने र माओवादीका नेताले निरन्तर राष्ट्रिय सहमति भनिरहेको सन्दर्भमा एमालेले भनेको जस्तो आफ्नै नेता राष्ट्रपति नहुने भएपछि कांग्रेस नेतामा उत्साह बढेको हुनुपर्छ,’ सुवेदी भन्छन्, ‘तर एमालेको राष्ट्रपति नहुनु भनेको कांग्रेसको हुनु होइन । तैपनि एमालेको नहुनुलाई कांग्रेसले उपलब्धि मानेको हुन सक्छ ।’
यी सबै परिस्थितिले डेढ महिनामा सत्ता गठबन्धनमा समस्या देखिएको सुवेदी बताउँछन् ।
‘राजनीतिक हिसाबमा मनोवैज्ञानिक रूपमा कार्यकर्तामाथि विश्वास बढाउन र विपक्षीमाथि दबाब बढाउन नेताहरूले उत्साहपूर्ण भाषण गर्ने गर्छन्,’ सुवेदी भन्छन्, ‘साथै डेढ महिनामात्रै अघि बनेको गठबन्धनमा समस्या सिर्जना भइरहेकाले कांग्रेसका नेताहरूले रणनीतिक रूपमा उत्साह जगाउने गरी बोल्न पाएका हुन् । तर अहिलेको अवस्थामा न गठबन्धन खुशी छ न अर्को पक्षले उत्साह देखाउन सक्ने स्थिति छ ।’
गठबन्धनको तनाव
नयाँ गठबन्धन बनेदेखिकै तनावपछि प्रधानमन्त्री प्रचण्ड र ओलीले दुईदर्जन बढीपटक भेटघाट गरिसकेका छन् । मन्त्री चयन, सरकारको न्यूनतम् साझा कार्यक्रम, राजनीतिक संयन्त्रको बैठकसहितका विषयको मतभेदले उनीहरूको भेट बाक्लो देखिन्छ । झण्डै ५० दिनमा प्रचण्ड र ओलीले २५ दिन भेटघाट गर्नुलाई सुवेदी ‘बहस घनिभूत तर निकासको वातावरण नभएको’ रूपमा व्याख्या गर्छन् ।
यहीबीचमा नागरिकता विवादमा रवि लामिछानेको सांसद र गृहमन्त्री पद खारेज हुनपुग्यो । जसले सत्ता गठबन्धनमा तनावको स्थिति सिर्जना गरेको छ । यही प्रकरणपछि पुनः गृहमन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरियो ।
यसले समेत गठबन्धनमा झमेला थप्दा कांग्रेसहितका विपक्षीलाई उत्साहित हुने बहाना मिलेको छ । एमाले अध्यक्ष ओलीले पुनः रास्वपालाई गृह दिलाउन आग्रह गरे पनि प्रधानमन्त्रीले बेवास्ता गर्दै आएका छन् । यसले एमाले र रास्वपा एक ठाउँमा देखिन्छन् । संघीयता र गणतन्त्रबारे राप्रपाका मन्त्रीले गरेको विवादित टिप्पणीपछि प्रधानमन्त्री असन्तुष्ट छन् ।
साथै उपेन्द्र यादवको जसपा, सिके राउतको जनमत र नागरिक उन्मुक्ति पार्टीको सरकारसँग बढेको असन्तुष्टिमा पनि कांग्रेसले फाइदा देखेको छ । यस्तो हुँदा गठबन्धनमा समस्या आउने र विकल्पमा आफूहरूले प्रचण्डलाई साथ दिएर सत्ता गठबन्धन नै टुटाउने पक्षमा कांग्रेस छ । केन्द्रीय गठबन्धन टुटेपछि प्रदेश सरकारमा पनि आफ्नो प्रवेश हुने बुझाइ कांग्रेसको छ । कांग्रेस ७ मध्ये ४ वटा प्रदेशमा पहिलो र ३ प्रदेशमा दोस्रो दल भएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेस प्रतिपक्षीमा भए पनि राष्ट्रपति जितेकाले यसपटक पनि त्यही क्रम दोहोरिने दाबी गर्छन् ।
‘कांग्रेस अहिले सबैभन्दा ठूलो दल हो । यो राष्ट्रपतिका लागि सबैभन्दा ठूलो आधार हो । प्रचण्डजी नै प्रधानमन्त्री हुँदा पहिलोपटक हामी प्रतिपक्षीमा भए पनि राष्ट्रपति जित्न सक्षम भयौं,’ शर्माले लोकान्तरसँग भने, ‘हिजो दोस्रो दलका रूपमा प्रतिपक्षमा हुँदा जित्यौं । आज पहिलो दल भएकाले राष्ट्रपति हामीले नै जित्छौं । परिस्थिति पनि त्यस्तै बनिरहेको छ । कांग्रेसको संलग्नता, सहभागिता र नेतृत्वमा राष्ट्रपति चयन हुनेछ ।’
प्रधानमन्त्री प्रचण्ड नै ओलीको पिंजडाबाट निस्कने प्रयत्नमा रहेकाले कांग्रेस उत्साहित हुनु स्वाभाविक भएको उनको भनाइ छ । कांग्रेस सभापति देउवा निकटका नेता डा. प्रकाशशरण महत कांग्रेस राष्ट्रपति चुनावमा मात्रै होइन ढिलोचाँडो सत्तामा पुग्नेमा आशावादी छन् ।
‘नेपालको राजनीतिको विडम्बना नै भन्नुपर्छ ठूलो पार्टी भएर पनि नेपाली कांग्रेस सत्तामा छैन,’ उनी भन्छन्, ‘हामी सत्ताभन्दा बाहिर छौं । नेपालको विकास गर्ने पार्टी कांग्रेस हो । ढिलोचाँडो हामी सत्तामा आउनेछौं । सत्ताको नेतृत्व गर्नेछौं ।’
कांग्रेसका अर्का महामन्त्री गगन थापाले त मिति नै तोकेर फागुन १ भित्र अहिलेको सत्ता गठबन्धन भत्काउने दाबी गरेका छन् । राष्ट्रपति चुनावका लागि उम्मेदवार मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ ।
सुदूरपश्चिम सरकार गिर्नु ‘टर्निङ प्वाइन्ट’
अघिल्लोपटक माओवादीले ५ नै वर्ष चलाएको सुदूरपश्चिम सरकार यसपटक विश्वासको मत नपाएपछि एक महिनामै ढल्यो । एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने गरी वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले आवश्यक सक्रियता नदेखाएको एमालेका कतिपय नेताको आरोप छ । यसले पनि सत्ता गठबन्धन सकसमा रहेको देखाउँछ ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चौधरीलाई जेलबाट छुटाउन राखेको शर्त नमान्दा सुदूरपश्चिम सरकार एक महिनामा ढलेको छ । तर पनि विपक्षीमा यसले बहाना र उत्साहको सञ्चार गराएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिनअघि यस्तै उत्साहपूर्ण भाषण गरेका थिए । जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सुदूरपश्चिम प्रदेशमा एमाले सरकारले विश्वासको मत नपाएपछि सार्वजनिक कार्यक्रममा उत्साहपूर्ण भाषण गरेका थिए ।
‘नेकपा एस कहाँ छ ? यसको काम छैन भनेर एमालेका नेताले भन्थे, तर सुदूरपश्चिममा नयाँ सरकार बन्यो, नयाँ सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादी छन्,’ जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा उनले शनिबार उत्साहित हुँदै भने, ‘हामीसँग मान्छेहरू खुशी नभएका होइनन्, हामीले त देखायौं । सुदूरपश्चिमबाट उदायौं । यो एमालेलाई पहिलो धक्का हो । यो शुरूआत मात्रै हो । यसो हुनाले हौसला बुलन्द गरौं कमरेडहरू ।’
के भन्छ एमाले ?
एमाले नेता प्रदीप ज्ञवाली आफ्नो दलको समर्थनमा प्रधानमन्त्री बन्ने र कांग्रेसलाई जिताउने बाटोमा माओवादी हिँड्ने अपेक्षा नै नगरेको बताउँछन् ।
‘प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । तर उहाँले कांग्रेसलाई भोट दिएर राष्ट्रपति जिताउनुहुन्छ भन्नेमा हामी विश्वास नै गर्दैनौं,’ ज्ञवाली भन्छन्, ‘यसैले कांग्रेस उत्साही हुनुपर्ने कारण छैन । अन्ततः राष्ट्रपतिमा सत्ता गठबन्धनमा एमालेले अघि सार्ने उम्मेदवार विजयी हुने वातावरण बन्छ ।’
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...