पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २५, २०७९
रामचन्द्र पौडेल कमजोरी नै नभएका आदर्शवान नेता हुन् भन्नु सत्य र शब्द दुवैको दुरुपयोग हुन्छ ।
समकालीन राजनीतिका एक औसत नेता हुन्, पौडेल । तर, अन्य नेताभन्दा उनमा केही फरक पाउन सकिन्छ ।
खासगरी आर्थिक मामिलामा विवादमा नपरेका एक अपवाद नेतामा पर्छन् उनी । व्यक्तिगत जीवनशैली पनि सादगी छ ।
लोकतन्त्रका लागि लामो संघर्ष गरेका पौडेल २०४८ सालपछि सत्ताको नजिक रहे । पटक–पटक मन्त्री, सभामुख र प्रधानमन्त्रीको नजिक हुँदा उनले शक्तिको दुरुपयोग गरेनन् ।
सत्तामा कांग्रेस हावी भएको २०४८ देखि ५८ को कालखण्डमा कांग्रेसको सभापति रहेका गिरिजाप्रसाद कोइरालासँग निकट रहेको समयमा पनि पौडेल पावरको दुरुपयोगमा मुछिएनन् ।
जिल्लाकै प्रतिस्पर्धी नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा डामिँदा पौडेल अपवाद रहे । संवत् २०५० को दशकमा कांग्रेसभित्र ‘किङ मेकर’ मानिने खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार र गोविन्दराज जोशीहरूले सत्ता र शक्तिको दुरुपयोग गरे । नेपालमा भ्रष्ट नेताको विम्बमा ती अनुहार झल्किने गरेका छन् ।
सत्ता र शक्तिको उन्मादबाट बचेर पौडेलले आफूलाई एउटा नैतिक, सादगी र निष्ठावान राजनीतिज्ञको रूपमा स्थापित गरे । त्यही जगमा रहेर पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए ।
अधुरो रहेको कार्यकारी बन्ने अभिलासा
समकालीन शीर्ष नेतामध्ये देशको कार्यकारी (प्रधानमन्त्री) बन्ने अवसर नपाएका थोरै नेतामध्ये एक हुन्, पौडेल ।
प्रधानमन्त्री बन्नका लागि पौडेलले तीव्र आकांक्षा पालेका थिए । पटक–पटकको प्रयासमा पनि उनी प्रधानमन्त्री बन्न सकेनन् । २०६७ सालमा पौडेलले प्रधानमन्त्री बन्नका लागि १७ पटकसम्म प्रयास गरेका थिए ।
कतिपयले पौडेल प्रधानमन्त्रीमा १७ पटक पराजित भएको भन्ने गर्छन्, तर पौडेलले भने त्यो टिप्पणीलाई अस्वीकार गर्दै आएका छन् । पौडेलकै भनाइमा उनी हार्नका लागि कसैले जीत्नु पर्दथ्यो । आफ्नो पराजय नभई त्यो संसद्को असफलता भएको पौडेलको भनाइ रहन्थ्यो ।
संविधानसभाको कालखण्डमा तत्कालीन व्यवस्थापिका संसद्मा १७ पटक प्रयास गर्दा समेत संसद्ले प्रधानमन्त्री दिन नसकेपछि सर्वोच्चले सांसदलाई तटस्थ बस्न नपाउने आदेश दियो । त्यसपछि नयाँ प्रक्रिया शुरू भयो र झलनाथ खनाल प्रधानमन्त्री बने ।
६ दशक लामो राजनीति गरे पनि पौडेल कांग्रेसको सभापति बन्न पनि पाएनन् । सुशील कोइरालाको निधन भएपछि केही समय पार्टीको कार्यबाहक सभापति बनेका पौडेलको सभापति बन्ने धोको पूरा भएन ।
२०७२ सालमा शेरबहादुर देउवासँग पार्टी सभापतिमा प्रतिस्पर्धा गरे पनि उनी पराजित भए ।
२०७८ सालको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको सर्वसम्मत उम्मेदवार बन्ने प्रयास सफल नभएपछि पौडेलले अघोषित रूपमा देउवालाई समर्थन गरे ।
पौडेल तटस्थ बसिदिँदा सभापतिमा देउवाको पक्षमा पल्लाभारी भयो । देउवाले त्यही गुन तिरेर पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाए ।
राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत समर्थन मिल्दा पौडेललाई मुलुककै सर्वोच्च पद प्राप्त भयो ।
यस क्रममा सत्ता समीकरणमा पहिरो गयो । पुस १० गते नयाँ प्रधानमन्त्री चुनिँदै गर्दा बनेको गठबन्धन २ महिना पनि टिक्न सकेन । त्यसको लाभ पौडेलले पाए ।
गणतन्त्रको आस्था र राष्ट्रपतिको साख जोगाउने चुनौती
नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपतिको रूपमा विद्या भण्डारीको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । तर, आफ्नो दोस्रो कार्यकालको अन्त्यतिर राष्ट्रपति विद्या भण्डारी विवादमा परिन्/पारिइन् ।
प्रतिनिधिसभा विघटन सदर तर, संसद्ले पारित गरेको नागरिकता विधेयक अड्काएर भण्डारीले शीतल निवासबाट राजनीति गरेको आरोप लाग्यो ।
कार्यकाल सकिने बेलामा माघ २७ गते संघीय संसद्लाई सम्बोधन गरेर फर्किने क्रममा काठमाडौंमा भएको सवारी जामलाई लिएर पनि राष्ट्रपतिको आलोचना भयो । जामका कारण उनले कार्यकालभरी नै सर्वसाधारणको आलोचना खेप्नुपर्यो ।
एमाले सांसद रघुजी पन्तको शब्दमा सरकारले राष्ट्रपतिलाई विवादमा ल्याउने काम गर्यो । त्यो दिन सडकमा भएको ट्राफिक जामका कारण आफूले सांसदको लोगो छोपेर हिँड्नु परेको अनुभव उनले संसदमा सुनाएका थिए । राजतन्त्रको झल्को दिनेगरी सडक खाली गराएर सवारी चलाउने सामन्ती सोचले गणतन्त्रप्रति नागरिकमा वितृष्णा बढाउने काम गरिरहेको छ ।
राष्ट्रपतिको भड्किलो रवाफलाई लिएर गणतन्त्रप्रति आक्रोश व्यक्त गर्नेको कमी छैन । ७ वर्षअघि अवकाश पाएर घरमा बसिरहेका पूर्व राष्ट्रपतिको उपचारका लागि भइरहेको राज्यकोषको दोहनका कारण पनि आमनागरिक आक्रोशित छन् । यही मौकामा दुर्गा प्रसाईंजस्ता विवादास्पद व्यक्तिहरूले गरीबको ऋण मिनाहाको मुद्दा लिएर राजतन्त्र फर्काउनुपर्छ भनेर अभियान सञ्चालन गरिरहेका छन् ।
गणतन्त्र स्थापनाको डेढ दशकमै मानिसहरू यो व्यवस्थाप्रति सन्तुष्ट देखिएका छैनन् । जनताको त्यो असन्तुष्टिलाई लिएर व्यवस्थामाथि प्रहार भइरहेको समयमा रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् ।
आठौं गणतन्त्र दिवसको अवसरमा शीतल निवासमा आयोजित चियापान समारोहमा पंक्तिकारले अहिले राष्ट्रपति निर्वाचित पौडेललाई सोधेको थियो– गणतन्त्रप्रति किन मानिसहरू उत्साहित हुन सकेनन् ? पौडेलको जवाफ थियो, ‘गणतन्त्रको समीक्षा गर्ने बेला भएको छैन । यो व्यवस्थाको विकल्प छैन ।’
निर्वाचित हुनुअघि पौडेलले शीतल निवासबाट निस्किँदा जनतालाई सास्ती नदिने प्रतिबद्धता जनाएका छन् । रामवरण र विद्या भण्डारीको कार्यकालमा भएको नागरिकस्तरको विरोधलाई बाहिरबाट देखेका पौडेलले त्यो गल्ती गरेनन् भने पनि उनको प्रशंसा हुनेछ । देशमा त्रिशंकु संसद् बनेको र संविधान कार्यान्वयन अप्ठ्यारोमा परेको समयमा अनुभवी नेताको सुझबुझले देशलाई सही राजनीतिक दिशानिर्देश गर्नेछ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...