×

NMB BANK
NIC ASIA

हराउँदै चैते दशैंको मौलिकता

चैत १६, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

यो पैसो कैलेलाई, चैते दशैंलाई 
त्यो पनि मागे दिन्न कसैलाई

Muktinath Bank

चैते दशैं मेलाका लागि खर्च गर्न १ वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रूपमा छ यो गीत । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ दशकअघिसम्म परम्परागत चैते दशैंको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दशैं मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।


Advertisment
Nabil box
Kumari

मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गुन्जिन्थे भने स्थानीय उत्पादनको व्यापार राम्रो फष्टाउथ्यो । अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दशैं फेरिएको महसूस हुन्छ । बढ्दो आधुनिकतासँगै पहिलाको चैते दशैं र अहिलेको चैते दशैंमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीया दुर्गा आचार्यले बताइन् ।

Vianet communication

पहिला ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नको कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरण, प्लाष्टिकका भाडाकुँडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गरेको छ । लिङ्गे पिङ र चर्खे पिङ्गको सट्टा आधुनिक पिङ सञ्चालनमा छन् ।
     
‘उ बेला चैते दशैंलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोबार हुन्थ्यो, राडी, कम्बल लगायत लत्ताकपडाको कारोबार हुन्थ्यो,’ आचार्यले भनिन्, ‘१ वर्षलाई पुग्ने गरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका सामग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउँदैन, बढ्दो आधुनिकतासँगै चैते दशैंको मौलिकता फेरिएको पाइन्छ ।’

पहिलाको चैतेदशैं र अहिलेको चैतेदशैंको कुनै तुलाना हुँदैन । त्यो बेलाको चैतेदशैंमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो । उनले भनिन्, ‘अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहरी गीतसमेत खस्केको छ, पहिला चैते दशैंमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाँच गान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादन देखिनै छाडे, फ्याट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेका समेत बिक्री भएको पाइँदैन, गिहालेपनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ ।’

पहिला मेलाको नाममा यही एउटा चैतेदशैं भए पनि पछिल्लो समय गाउँ–गाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैतेदशैं मेलाको रौनकतामा कमी आएको स्थानीय राधिका रानामगरले बताइन् । बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । ‘हिन्दू धर्ममा कालिका भगवतीको महत्त्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रसिद्ध छ,’ रानाले भनिन्, ‘कालिका मन्दिरसँगै जोडिएको छ चैतेदशैं मेला बागलुङको ब्राण्ड बन्दै गएकामा दुईमत छैन तर पछिल्लो समय यस मेला गीतसंगीत र खानामा मात्रै सीमित भएको पाइन्छ ।’

चैत १३ देखि १७ गतेसम्म चल्ने चैतेदशैं मेला नाचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ । मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुँडा लगायत दैनिक उपभोग्य वस्तु खरिद–बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार मात्रै बिक्री–वितरण हुने गरेको पाइएको छ ।

त्यो चैतेदशैं र अहिलेको नाच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैतेदशैं धेरै अन्तरवस्तु फरक पाइएको छ । मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क कक्ष र यातयात खर्चको व्यवस्थापन गरे पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

‘चैतदशैंमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरूलाई फोन गरेर बोलाउन थालेका छौं, उनीहरूको व्यापार नभए यातायात खर्च समेत आयोजकले व्यवस्थापन गर्छ,’ खड्काले भने, ‘तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्वीकार छ ।’

मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि बिस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ । २५ वर्षदेखि कालिका  मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आएका बागलुङको बडिगाड गाउँपालिकाको ससिराम साम्दाखाडीले अबको केही वर्षमा यिनै डाला र नाङ्ला समेत देख्न नपाइने बताउँछन् । 

‘करीब २५ वर्ष भयो होला, निगालोको चोयाँबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थो, अहिले यातयातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरि खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दशैंको मौलिकता छैन,’ उनले भने, ‘स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातिले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन, आफू बुढो हुन लागियो, सक्ने बेलासम्म मेलामा आउने होे ।’

ठेका ठेकी बनाउने परम्परा समेत पुस्तान्तरणको अभावमा लोप भएर गइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x