मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
चैत १७, २०७९
२०४८ सालमा पहिलोपटक सांसद भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई २०७९ सालमा आएर बल्ल मन्त्री बन्ने साइत जुरेको छ ।
लामो कालखण्ड कांग्रेसका रहेर पटक–पटक चुनाव जितेका रिजालले अन्ततः पहिलोपटक सांसद भएको ३० वर्षपछि मन्त्री बन्ने मौका पाएका हुन् ।
२०४८ सालमा रिजालसँगै चुनाव लडेका कांग्रेस सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् । समकालीन राजनीति गरेका लोसपाका नेता शरतसिंह भण्डारी १२ पटक मन्त्री बने तर निरन्तर कांग्रेस सभापति शेरबहादुर देउवानिकट रहेका रिजालले भने लामो कालखण्डमा पहिलोपटक मन्त्री बन्ने मौका पाएका हुन् ।
पटक–पटक चुनाव जितेर पनि धैर्यतापूर्वक देउवालाई साथ दिएका रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । परराष्ट्र मन्त्री बन्ने चर्चा र तयारीबीच उनलाई देउवाले वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा लगाएका हुन् । सिनियर र निरन्तर साथ दिँदै आएका रिजालाई अवसर नदिएको निरन्तरको आरोपपछि देउवाले यसपटक उनलाई मन्त्रीमा अवसर दिएका हुन् ।
आफ्ना विश्वासिला नेता रिजाललाई देउवा स्वयंले परराष्ट्र मन्त्री बनाउनेमा ढुक्क गराएका थिए तर अन्तिममा उनलाई वाणिज्यमा पठाइएको छ । रिजाल २०४८, २०५१, २०६४ सालको पहिलो संविधानसभा र यसपटक गरी ४ पटक सांसद बनेका नेता हुन् । रिजाल गत मंसिर ४ गते भएको निर्वाचनमा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
यसअघि २०७४ सालमा रिजाल कांग्रेस अनुशासन समितिको संयोजक भएका थिए । पटक–पटक केन्द्रीय सदस्य रहँदै आएका रिजाल १४औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । केन्द्रीय सदस्यमध्येमा रिजाल सिनियरमै पर्छन् । उनी अहिले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि हुन् । उनी २०५६, २०७० र २०७४ चुनावमा पराजित हुन पुगेका थिए ।
२०१३ सालमा पर्साको मसिहानीमा जन्मिएका रिजाल २०२७ सालबाटै नेविसंघको राजनीतिमा होमिएका थिए । उनका बुवा मेघनाथ उपाध्याय २०१५ सालको चुनावमा कांग्रेसबाट लडेका थिए । उपाध्याय राणा शासन विरोधी आन्दोलनमा सक्रियतापूर्वक लागेका थिए । बुवाको लिगेसीबाट छोरा रिजाल पनि नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा जोडिएका हुन् ।
वीरगञ्जको ठाकुरराम क्याम्पसबाट उनी नेविसंघको राजनीतिमा जोडिएका हुन् । राजनीतिक परिवारमा जन्मिएका रिजाल पञ्चायतमा प्रवासमा कांग्रेस सक्रिय हुँदादेखि नै पार्टीमा लागेका थिए । राजनीतिक आन्दोलनका क्रममा उनी ३ वर्ष जेल बसेका छन् ।
उनी भारतको पटनामा भएको सम्मेलनमा २०३४ सालमा कांग्रेस पर्साको सचिव भएका थिए । रिजाल २०५१ सालमा पर्सा कांग्रेसको सभापति चुनिएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा रिजाल संसदीय राजनीतिमा विमलेन्द्र निधिभन्दा पनि पुराना नेता भएको बताउँछन् ।
‘शालिन, भद्र, इमान्दार र अनुभवी नेता रमेश दाइ विमलेन्द्र निधिभन्दा पनि पुरानो नेता हो । उहाँ २०४८ सालदेखि चुनाव जित्नुभयो तर निधि २०५१ पछि बल्ल संसदीय राजनीतिमा आउनुभयो,’ खतिवडा भन्छन्, ‘कहिल्यै चुनाव नजितेकालाई पनि पटक–पटक अवसर दिने र मन्त्री बनाइँदै गर्दा रमेश दाइलाई बल्ल आज आएर न्याय भएको छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...