×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा आज विसु पर्व : एकअर्कालाई सिस्नो लगाएर शरीरको विष फालिँदै

बैशाख १, २०८०

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदैछ । 

Muktinath Bank

सिस्नो लगाएर मनाइने यस पर्वलाई विसु, बिस्का वा विस्पति पर्व भन्ने गरिन्छ । वैशाख १ गते मेष संक्रान्ति पनि हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो दिनमा मिठा परिकार पकाउने, खाने र खुवाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पनि देउडा खेल्दै, सिस्नु लगाउँदै विसु पर्वसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने चलन रहेको शैल्यशिखर नगरपालिका–७ का वडाध्यक्ष पुष्पराज जोशीले बताए ।


Advertisment
Nabil box
Kumari

विसु पर्व मनाउन घरभित्र र घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई मुख्य रूपमा हेरिने गरिएको छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले विसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ । आफ्ना शरीरका प्रत्येक अंगलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफापानीले पखाल्दै जानुपर्ने मालिकार्जुन गाउँपालिका–३ का ८५ वर्षीय भानसिंह धामी बताउँछन् ।

Vianet communication

दार्चुलाका बस्तीमा विसुको दिन एकअर्कामा सिस्नो लगाउने चलन रहेको छ । यसरी सिस्नो लगाउँदा शरीरमा भएको विष हटेर जाने स्थानीयको भनाइ छ । नुहाइधोइ गरी नयाँ वर्षका दिन शरीरमा सिस्नो लगाएपछि वर्षभरिमा रोग नलाग्ने जनविश्वास छ । शहर बजारमा नयाँ वर्षलाई जे जसरी मनाए पनि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय सामग्रीबाट मिठा परिकार बनाएर विसु पर्व मनाइने गरिन्छ । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मनाउने विसु पर्वको मुख्य आकर्षण भनेको विशेष गरी देवर र नन्दले भाउजुलाई खोजीखोजी सिस्नु लगाउने चलन रहेको लेकम गाउँपालिका–४ का गोविन्द धामीले बताए ।

जीवनभर जेठाजुले भाइबुहारीलाई छुन नहुने तर देवरलाई छोरा समान मान्दै यो दिन देवर भाउजुले एकअर्कोलाई सिस्नुपानी लगाउँदै रमाइलो गर्ने गर्छन् । विसु पर्वलाई दार्चुलाको मार्मा गर्खाले विशेष महत्त्वका साथ मनाउने गरेको मार्मा गाउँपालिकाका अध्यक्ष जमन धामीले बताए ।

जिल्लाका सबै ठाउँमा विसु पर्व मनाउँदै आए पनि मार्मा क्षेत्रमा विशेष महत्त्व दिइन्छ । परम्परादेखि जिल्लालाई व्यास, दुहु, मार्मा र लेकम गर्खामा विभाजन गरेको थियो । मुलुक संघीय संरचनामा गएदेखि मार्मा गर्खामा नौगाड, मार्मा र अपी हिमाल गाउँपालिका पर्छन् । 

विसुमा मार्मा गर्खाको सिप्टी र घोल्जरमा भव्य रूपमा ठूलो जात्रा लाग्ने गरेको छ । विसुको अघिल्लो दिनको दिउँसोबाट सिप्टीमा लाग्ने जात्रा लगातार ३ दिनसम्म लाग्ने गरेको छ । ३ दिनसम्म जात्रा लागे पनि मुख्य जात्रा विसुको दिन लाग्ने गरेको छ । कुनै पनि पर्व मनाउनुको उद्देश्य त्यसबाट आफन्तसँग भेटघाट हुनु, पर्वद्वारा भरपूर मनोरञ्जन प्रदान गर्नु र संस्कृतिको जगेर्ना गर्नु मुख्य उद्देश्य रहेको स्थानीय जानकार बताउँछन् ।      

भारत गएका विसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । विसुका लागि भन्दै सदरमुकाम खलंगाको नाका भएर मात्रै दैनिक सयौंको संख्यामा भारतका विभिन्न क्षेत्रबाट काम गरेर नेपाली घर फर्किरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x