×

NIC ASIA

तटबन्ध निर्माणले बाढीको डर हट्यो

बैशाख २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

शुक्लाफाँटा नगरपालिका–१ स्याली नदी तटीय क्षेत्र खजुवापट्टीका स्थानीयलाई बाढीको डर हटेको छ । नदीले बर्सेनि भूक्षय गरेर जग्गा बगाउने पिरलो पनि अब छैन । नदीमा तटबन्ध निर्माण हुन थालेपछि स्थानीयले बाढीको चिन्ता हटेको हो ।

Muktinath Bank

तटबन्द निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु २५ लाख लगानी हुने भएको छ । दुई सय मिटर तारजालीको प्रयोग गरी ढुङ्गाको तटबन्ध निर्माण सुरु गरिएको छ । नगरपालिकाले तटबन्ध निर्माणका लागि अपुग भएका क्षेत्रमा रु १० लाखको लागतमा ८५ मिटर तटबन्ध निर्माण अघि बढाइएको छ ।
 
गाउँ नजिकैको केही वर्षअघि निर्माण गरिएको कल्भर्ट पर्खाल भत्किएपछि मर्मत सम्भारका लागि वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरी निर्माण अघि बढाएको छ ।
 
“नदीमा बलियो तटबन्ध निर्माणको कार्य नहँुदा बर्सेनि बाढी जग्गा बगाएर लैजान्थ्यो”, स्थानीय लालबहादुर चौधरीले भने, “बर्सेनि बस्ती सार्नुपर्ने बाध्यता थियो, तटबन्ध निर्माण काम भएपछि ढुक्कसँग बस्न पाइने भएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही वर्षअघि नदीको बाढीले जग्गा बगाउनुका साथै धेरै परिवारलाई घर सार्न बाध्य बनाएको सम्झना गर्दै रतन चौधरीले भने, “गाउँको बालविकासको भवनसँगै रहेको शौचालय नदीले बगाएपछि तटबन्ध निर्माणका लागि विभिन्न निकाय भन्यौ तर निर्माण भएन, नगरपालिकाका जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुँदा बाढीको त्रासमा बाँच्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”


Advertisment
Nabil box
Kumari

तारजालीको तटबन्धसँगै उत्तरतर्फका क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) एमरेड परियोजना र नगरपालिका कार्यालयको साझेदारीमा नदीमा एक सय ५० मिटर जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ ।
 
    नदीको तीव्र कटानी रोकथामका लागि जैविक तटबन्ध निर्माण भइरहेको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । 
उनका अनुसार जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले रु एक लाख ४३ हजार पाँच सय ७३ र परियोजनाको तर्फबाट रु ९० हजार १२० रकम खर्च गरिएको छ । स्थानीयले रु ३९ हजार छ सय ५० को जनश्रमदान गरेका छन् । नगर प्रमुख रणबहादुर महराले नदीमा जैविक तटबन्ध निर्माण  गरी भू–क्षय हुने कार्य रोक्नका लागि पहल गरिएको बताए । 

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x