×

NIC ASIA

महाप्रबन्धकको मनोमानी

त्रिभुवन विमानस्थलका महाप्रबन्धकको विवादास्पद काम– श्रीमतीलाई लेखा प्रमुखको जिम्मा

जेठ १२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले श्रीमतीलाई आफू प्रमुख रहेको अड्डाको लेखा शाखामा सरुवा गरेका छन् ।

श्रीमतीलाई आफ्नै कार्यालयको लेखा शाखाको जिम्मा दिएर उनले स्वार्थ बाझिने र विवादास्पद काम गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिवारी करीब चार महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धकका रूपमा सरुवा भएका थिए । यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर विवादमा तानिएपछि तिवारी त्यहाँ पुगेका थिए ।


Advertisment
Rupse Holidays
Nabil box

आफू महाप्रबन्धक भएपछि तिवारीले श्रीमतीलाई आफैंले नेतृत्व गर्ने कार्यालयको लेखा शाखाको जिम्मा दिएको खुलेको हो । प्रतापबाबुकी श्रीमती रेनु राजस्व समूहतर्फकी कर्मचारी हुन् ।

Vianet communication

‘आफू महाप्रबन्धक भएर आएपछि उहाँले श्रीमती रेनु तिवारीलाई लेखा शाखामा ल्याउनुभयो । पहिलो त, राजस्व समूहको कर्मचारीलाई लेखा शाखामा ल्याउनु हुँदैनथ्यो । दोस्रो, आफू मातहतको कार्यालयमा श्रीमतीलाई ल्याएर लेखा शाखाको जिम्मेवारी दिनु सरासर अनैतिक एवं शंकास्पद काम हो । नियत सफा हुन्थ्यो भने किन आफ्नै श्रीमती ल्याउनुपर्थ्यो ? के लेखामा अरू कर्मचारी छैनन् ?’ प्रश्न उठाउँदै स्रोतले लोकान्तरसँग भन्यो ।

राजस्व समूहका कर्मचारीलाई सामान्यतया लेखाको जिम्मेवारी दिइँदैन । 

‘विमानस्थलमा नल्याई नहुने अवस्था थियो भने उहाँलाई राजस्वको जिम्मेवारी दिएको भए हुन्थ्यो । तर, श्रीमानले आदेश दिने श्रीमतीले चेक काट्ने गरी वातावरण मिलाइएको देख्दा आशंका उब्जिएको छ,’ स्रोतले थप्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणअन्तर्गत पर्छ । नागरिक उड्ययन प्राधिकरणभित्र तिवारीले आफूलाई अरू भन्दा असल छवि भएको कर्मचारीको रूपमा दाबी गर्दै आएका थिए । 

‘तिवारी सर आफूलाई ‘हाई– इन्टिग्रिटी’ भएको इमान्दार कर्मचारीको रूपमा परिचय गराउनुहुन्छ । तर, आफू कार्यालय प्रमुख भएका बेला श्रीमतीलाई सबैको आँखा लाग्ने लेखा शाखाको जिम्मेवारी सुम्पेपछि स्वाभाविकरूपमा उहाँको ‘इन्टिग्रिटी’ माथि शंका गर्ने अवस्था आएको छ,’ स्रोतले भन्यो ।

उच्च स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यालय प्रमुखको श्रीमती लेखा शाखाको जिम्मेवारीमा रहँदा प्रश्न उठ्ने भन्दै तत्काल त्यो कदम सच्चाउन तिवारीलाई पटक–पटक सचेत गराइसकेको छ । तर, तिवारीले प्राधिकरणको सुझाव समेत बेवास्ता गरेको स्रोतको दाबी छ ।

यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा तिवारीले पत्नीलाई आफूभन्दा पहिलेका महाप्रबन्धकले सरुवा गरेर ल्याएकाले स्वार्थ नबाझिने दाबी गरे ।

‘कार्यालय प्रमुखले नियम पालना गर्नुपर्दैन र ? कार्यालय प्रमुखको उत्तरदायित्व हुँदैन र ? सबै कर्मचारीले नियमपूर्वक काम गर्ने हो । मभन्दा अगाडिको जीएमले ल्याएको हो, त्यसमा म कसरी जोडिन्छु ?’ तिवारीले लोकान्तरसँग भने, ‘अरू कर्मचारीका पनि श्रीमान-श्रीमतीले पनि सँगै काम गरिरहेका छन् । यसमा स्वार्थ कसरी बाझिन्छ ?’

७ करोडका सामान अलपत्र

तिवारी यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक भैसकेका व्यक्ति हुन् । उनको अघिल्लो कार्यकालमा करीब ७ करोड रुपैयाँ खर्चेर गरेर गुड्ने भर्‍याङ (स्केलेटर) खरिद गरिएको थियो । ‘त्यत्रो पैसा खर्च गरेर खरिद गरिएको स्केलेटर प्रयोगविहीन छ । त्यो पनि गलत काम हो,’ स्रोतले थप्यो ।

तिवारी स्केलेटर खरिद सम्बन्धमा आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे ।

‘स्केलेटर मैले खरिद गरेको होइन । मेरो पालामा भएको जस्तो लाग्दैन । सबै कुरा मलाई थाहा हुँदैन । भएको कुरा नियमसंगत हुन्छन्’ तिवारीले लोकान्तरसँग भने ।    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x