×

NMB BANK
NIC ASIA

विशेषको फैसला

९ वर्ष कैद तोकिए पनि चूडामणि शर्मा तत्काल जेल जानु नपर्ने, कसरी हुन्छ जनही ६ अर्ब असूली ?

काठमाडाैं | असार ५, २०८०

NTC
Premier Steels

कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतसहित ३ जनालाई ९ वर्ष कैद र बिगो तथा जरिवानासहित ६ अर्बभन्दा बढी जरिवानाको फैसला भएको छ ।

Muktinath Bank

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले राजस्व चुहावट मुद्दामा तत्कालीन अध्यक्ष महत तथा सदस्यहरू चुडामणि शर्मा र उमेशप्रसाद ढकाललाई दोषी ठहर गर्दै सजाय र जरिवाना तोकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार महत र शर्मालाई ९ वर्ष तथा ढकाललाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ भने तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवानाको फैसला भएको छ ।


Advertisment
Nabil box
Kumari

उनीहरू तीनै जनाले कर निर्धारण गर्दा १० अर्ब २ करोड १९ लाख रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

Vianet communication

अख्तियारले यस्तो दाबी गरे पनि तीनै जनाविरुद्ध जम्मा बिगो ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कायम भएको थियो । त्यसबाट जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९४९ रुपैयाँ जरिवाना कायम भएकोमा भ्रष्टाचार निवारण सम्बन्धी ऐनको दफा ३ अनुसार बिगोको दोब्बर जरिवाना तोकिएको योगीले बताए ।

राजस्व चुहावट गर्दा बिगोको दोब्बर जरिवाना हुने व्यवस्था उक्त दफामा छ । बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ पर्नेछ ।

कसूरदार ठहर भएका अहिले नै जेल जान्छन् त ?

विशेष अदालतले तीनै जनालाई भ्रष्टाचार मुद्दामा कसूरदार ठहर गरी कैद सजाय गरे पनि तत्काल उनीहरू पक्राउ परी जेल जान्छन् त भन्ने प्रश्नमा विशेष अदालतका प्रवक्ता योगीले भने, ‘उहाँहरूलाई प्रहरीले पक्राउ पनि गर्न सक्छ, नगर्न पनि सक्छ तर उहाँहरूले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनुहुन्छ ।’

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की पनि ठहर भएका तीनै जनालाई अहिले जेल नै नगई सर्वोच्चमा पुनरावेदन गर्ने अधिकार रहेको बताउँछन् । ‘सर्वोच्च अदालतबाट अन्तिम फैसला भएपछि जेल जाने हो,’ पूर्व न्यायाधीश समेत रहेका कार्कीले लोकान्तरसँग भने, ‘त्यसपछि मात्र कैद सजाय र जरिवाना असूल हुने हो ।’

एक व्यक्तिमाथि बिगो र जरिवानासहित ६ अर्बभन्दा बढी रकम तोकिएको अवस्थामा उक्त रकम असूलउपर कसरी हुन्छ भन्ने प्रश्नमा कार्कीले भने, ‘बिगो बमोजिमको रकम मात्र उनको सम्पत्तिबाट असूल गर्ने हो । बाँकी जरिवाना बापत रकमको सम्पत्ति यदि अपराधीसँग छैन भने जतिसुकै जरिवाना नै भए पनि ४ वर्ष मात्र कैद बस्दा सबै फर्छ्यौट हुन्छ ।’

नेपालमा अपराधमैत्री कानून नै भएकाले पनि जतिसुकै जरिवाना हुँदा जरिवाना बापतको रकम ४ वर्ष कैद बसेर सबै जरिवाना मिनाहा हुने प्रावधान रहेको उनले खुलाए ।  

प्रतिवादीमध्ये चुडामणि शर्माले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा भने सफाइ पाएका छन् । उनले गैरकानूनी सम्पत्ति आर्जन नगरेको भनेर यसअघि विशेष अदालतले नै ठहर गरेकाले पनि उनको वैध सम्पत्ति ६ अर्ब जतिको छ वा छैन भन्ने प्रश्न उठेको छ ।

शर्मा तत्कालीन अवस्थामा आन्तरिक राजस्व विभागका डीजी समेत थिए । 

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्यौट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्यौट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असूल गर्ने निर्णय भएको थियो ।

यति ठूलो परिमाणमा कर छूट दिँदा राज्यलाई ठूलै नोक्सानी परेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले २०७४ साउन १ गते विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । करीब ६ वर्षपछि मुद्दाको फैसला आएको हो ।

चुडामणिविरुद्ध ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले छुट्टै मुद्दा दायर गरेको थियो तर यो मुद्दामा भने चुडामणि शर्माले सफाइ पाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

मंसिर ३०, २०८०

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...

बैशाख २७, २०८१

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालत...

बैशाख २८, २०८१

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...

पुस ८, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।  मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश शिशिर...

असार २१, २०८०

खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x