×

NIC ASIA

दिदी–भाइ उम्मेदवार, दाइ चुनावको विरोधमा, आमा परिन् धर्मसंकटमा !

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
जनकपुरधाम २५ भदौ- प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । मधेस केन्द्रित राजनीतिक दलको विरोधका कारण पहिलो र दोस्रो चरणमा चुनाव हुन नसकेको मध्य तराईका जिल्लामा यतिवेला भने चुनावी माहौल तातेको छ । निर्वाचनको रोचक पक्ष के देखिएको छ भने निर्वाचनमा दिएका उम्मेदवारीका कारण कतिपय परिवारका आ–आफ्नै सदस्यहरु समेत विभाजन देखिएका छन् ।

जनकपुर उपमहानगरपालिका वडा नं.८ स्थित एक परिवारमा भाइ बहिनीहरुबीच चुनावलाई लिएर तनाव उत्पन्न भएको छ । एकै परिवारका एक भाइ निर्वाचन बहिष्कार भन्दै आन्दोलनमा छन् भने अर्को भाइ र बहिनी स्थानीय तहको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवार बनेका छन् ।

मधेस अधिकार संघर्ष समिति (मास) गठन गरी मधेस आन्दोलनमा ऐक्यवद्ध भएका सरोज मिश्रको परिवारमा चुनावलाई लिएर भाइ बहिनीहरुबीच दरार उत्पन्न भएको छ । संविधान संशोधन नभई हुन गईरहेको स्थानीय तहको चुनाव धोका हो भन्दै २१ असोजमा जनकपुरको जनक चौकमा निर्वाचनलाई बहिष्कार गरिरहेका सरोज मिश्रकी आफ्नै दिदी पुनम मिश्र भने नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरिरहेकी थिइन ।

सरोज मिश्रकै सहोदर भाइ अम्भोज मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमहानगरपालिकाको वडा नं. ८ मा वडा सदस्यको लागि उम्मेदवार बनेका छन् । एकै परिवारका दुई दाजु भाई र एक दिदी निर्वाचनलाई लिएर बाँडिएका छन् ।

‘राजपा नेपालले निर्वाचनमा भाग लिईसकेपछि उम्मेदवारी मनोनयन दर्ता गरेको हुँ, मधेस आन्दोलनको नेतृत्वगर्ने राजपाबाट उम्मेदवारी दिनु एउटा आन्दोलनकारीको हैसियतले जति गौरवको विषय छ, त्यति नै दिदी पुनमले एमालेबाट उपमेयरमा उम्मेदवारी दिनु मेरो लागि दुःखद हो’ वडा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरेका अम्भोज भन्छन्, ‘सबैको आआफ्नै स्वतन्त्रता हुन्छ । दिदी पुनमले एमालेबाट उपमेयरमा उम्मेदवारी दिएपनि उनको पक्षमा मैले वकालत गर्दिन र उनलाई भोट पनि दिन्न ।”

अर्को तर्फ निर्वाचन बहिष्कार गरेका मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज भन्छन, ‘मधेसको अधिकार सम्पन्न नहुन्जेलसम्म कुनै पनि राजनीतिक लाभको लागि निर्वाचनमा नलाग्ने मास गठन गर्दा नै संकल्पित भएका थियौं । यस्तो अवस्थामा अहिले भईरहेको चुनावमा परिवारबाटै एक जना भाई राजपाबाट वडा सदस्यमा र दिदी नेकपा एमालेबाट उपमेयर पदमा उठ्दा दुःख लागेको छ ।’

भाइहरुले नदिएपनि जनताले भोट दिन्छन्

संविधान संशोधन विधेयकको विरुद्धमा मतदान गर्ने नेकपा एमालेकै तर्फबाट दिदी पुनम मिश्रले उपमेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरेकोमा भाइ सरोज मिश्र रुष्ट छन् । ‘भिनाजु नविन मिश्र नेकपा एमालेको शिक्षक संगठनको नेतृत्वमा रहेका कारण आफ्नो निहित अवसरको फाईदा उठाउनका लागि दिदी पुनमलाई प्रयोग गरेका हुन । मेरो दिदी उम्मेदवारी मनोनयन दर्ता गर्नु अघिसम्म एमालेको कुनै पनि स्तरको कार्यकर्ता समेत थिईनन्’ सरोजले दावीका साथ भने ।

मधेस आन्दोलन भईरहँदा एक नीजि विद्यालयको शिक्षकको हैसियतले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाईरहेकी दिदी पुनमलाई एमालेले पार्टीमा प्रवेश समेत नगराई एकाएक उपमेयरको टिकट दिनुले पनि भिनाजुले दिदीलाई राजनीतिक रुपमा प्रयोग गरेको सरोजको आरोप छ । ‘सामाजिक रुपले समेत मलाई तनाव उत्पन्न भएको छ । एकातर्फ चुनाव बहिष्कारको आन्दोलन मैले गरिरहेको छु भने अर्को तर्फ मेरो भाइ र दिदी चुनावमा सहभागी भएका छन्’ सरोजले भने ।

एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी पुनम मिश्र भने आफ्नै विवेकले उम्मेदवारी दिएको बताउँछिन् । ‘सबैको आआफ्नो स्वतन्त्रता हुन्छ , कसैले कसैलाई हस्तक्षेप गर्ने कुरा भएन । भाइहरुलाई जे लागेको छ , तिनीहरुले गरिरहेका छन्, मलाई जे लागेको छ, मैले पनि गरिरहेकी छु,’ पुनम भन्छिन्, ‘ भाईहरुले मलाई मतदान गर्ने हो वा होईन त्यो तिनीहरुको विवेकको कुरा भयो तर, म भने भाई अम्भोजलाई कुनै पनि हालतमा मतदान गर्न सक्दिन । म आफ्नो पार्टी एमालेकै उम्मेदवारलाई मतदान गर्नेछु ।’
अम्भोज मिश्र

भाइ सरोजले निर्वाचन बहिष्कार गरिरहेको सन्दर्भमा पनि दिदी पुनमको असहमति छ । ‘राजपा त चुनावमा गईसक्यो । एउटा भाइ राजपाबाट उम्मेदवारी दिएका छन् भने त्यस्तो अवस्थामा चुनाव बहिष्कारको कुनै औचित्य छैन । दुई चार जनाले बहिष्कारको नारा दिएपनि त्यसले केही फरक पर्दैन’ पुनम भन्छिन् । भाइहरुले मधेसका कुरा गरिरहेका छन् तर मैले तराइ, हिमाल, पहाड गरी देशकै हितको लागि नेकपा एमालेबाट उम्मेदवारी दिएको पुनम बताउछिन् । ‘यो निर्वाचनले गर्दा भाइहरुलाई जे जस्तो समस्या परेपनि वा भाइहरुले मलाई सहयोग गरे नगरेपनि जनताले भने पक्कै सहयोग गर्नेछन्’ उनले भनिन् ।

फोरमका नेता थिए पिता मिश्र

सरोज, अम्भोज र पुनम कृष्ण चन्द्र मिश्रका सन्तान हुन । मिश्र ती व्यक्ति हुन जसले २०६२÷०६३ को मधेस आन्दोलनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल धनुषाको बरिष्ठ नेताको हैसियतमा मधेस आन्दोलनको नेतृत्व गरेका थिए ।

२०६५ सालमा कृष्णचन्द्रको उनको निधन भएको थियो । जेठो छोरा सरोज २०७२ सालमा मधेस अधिकार संघर्ष समिति (मास) गठन गरेका थिए । मासको संयोजक भएर ४ साउन २०७२ मा जनकपुरमा संविधानको मस्यौदा लिएर जनताका बीच राय सुझाव संकलन गर्न आएका सांसदहरुको टोलीलाई मासकै नेतृत्वमा विरोध गरिएको थियो ।

मासकै अगुवाईमा गरिएको उक्त अवरोधका कारण जनकपुरमा राय सुझाव संकलनका लागि आएका सांसदहरु काठमाण्डौ फर्किएका थिए । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा आन्दोलन घोषणा गर्नुभन्दा पहिले जनकपुरमा मासले नै आन्दोलनको अगुवाई गरेको थियो । त्यसको नेतृत्व पनि सरोज मिश्रले नै गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जनकपुरको भ्रमण हुँदा भ्रमणका क्रममा मासको संयोजकको हैसियतले सरोज मिश्रले दुवै जना प्रधानमन्त्रीहरुलाई कालो झण्डा देखाएका थिए । संविधान जारी हुनु अघि र जारी भए पछिसम्म मधेसी मोर्चाद्वारा जनकपुरमा आन्दोलन गर्दा गैर राजनीतिक संगठनको तर्फबाट मासले पनि प्रतिनिधित्व गर्ने गरेको थियो ।

अहिले त्यो मासका संयोजक सरोज भने निर्वाचन बहिष्कारको पक्षमा शान्तिपुर्ण विरोध गरिरहेका छन् भने उनका भाइ र दिदी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसले गर्दा सरोज, अम्भोज र पुनम तिनै भाईबहिनी बीच अहिले तनाव उत्पन्न भएको छ ।

‘सगोलमै बस्दै आएका हामी दुई दाजु भाई बीच तनाव उत्पन्न भएको छ । दिदीसँगको पारिवारिक सम्बन्धमा समेत असर परेको छ’ सरोजले भने । दिदी भाइको विबादका कारण आमा तनावमा परेकी छिन् । कसलाई भोट दिने भन्नेबारे उनी बोलेकी छैनन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

कात्तिक २०, २०७४

काठमाडौं, १० जेठ– ललितपुर महानगरपालिकाको मेयर पदको ‘चियर’ मा थोरै मत अन्तरले बस्न सफल चिरीबाबु महर्जन निकै हँसिला छन् ।महानगरको मेयर विजेता महर्जन दुई प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार र माओवादी केन्द्रक...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x