×

NMB BANK
NIC ASIA

बगान : जब छोरी आफ्नोभन्दा पहिले एकल आमाको विवाह गराइदिने सोचमा पुगिन्

काठमाडाैं | असार ३०, २०८०

NTC
Premier Steels

एकल आमा आकांक्षाकी एउटी छोरी छिन् प्राप्ति । आफ्नो दुःख लुकाएर आमाले छोरीको खुशी खोज्छिन् । छोरीलाई हुर्काउँछिन््, पढाउँछिन्, बढाउँछिन् ।

Muktinath Bank

अब छोरी ठूली भएकी छन् । उनले आमाको खुशीबारे सोच्न थाल्छिन् । अन्ततः आफ्नोभन्दा अगाडि आमाको विवाह गराइदिने सोच उनले बनाउँछिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस प्रकारका कथाहरू हाम्रै समाजमा हुनसक्छन् तर आकांक्षा र प्राप्तिको यो कथा फिल्म ‘बगान’को हो, जुन शुक्रवारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

आमा आकांक्षाको भूमिकामा अभिनेत्री करिश्मा मानन्धर छिन् । छोरी प्राप्तिको भूमिकामा नवअभिनेत्री प्रमिला कार्की देखिएकी छन् । पुराना सफल अभिनेता सरोज खनालले एकल महिलाको कथामा फिल्म बनाएका हुन् । खासमा ‘बगान’ एकल आमा र छोरीको संघर्षको कथा हो । त्यसमा पनि एकल आमाको नयाँ जीवन शुरूआतका लागि छोरीले गरेको संघर्ष फिल्मको मूल कथा हो ।

Vianet communication

एकल महिलाले नयाँ जीवन शुरूआतका क्रममा के कस्ता आरोह–अवरोह भोग्नुपर्छ, समाजबाट के कस्ता कुराहरू सुन्नुपर्छ भन्ने कुरा फिल्ममा देखाइएको छ । हाम्रो समाज एकल महिलाको पुनः विवाहमा कति अनुदार छ भन्ने कुरा पनि फिल्ममा हेर्न सकिन्छ ।
 
बाध्यतावश पढ्न नपाएकी आकांक्षा सन्तान भएपछि फेरि विद्यालय भर्ना हुन्छिन् । किताब–कापीको झोला च्यापेर ड्रेसमा विद्यालय पुग्छिन् । छिमेकीका अनेक नमिठा कुराहरू सुन्दै पढाइलाई अगाडि बढाउँछिन् । आखिरमा उनी पढेर जागिरमा स्थापित हुन्छिन् ।

nullफिल्ममा आकांक्षाको यो दृश्य अभिनेत्री करिश्माको वास्तविक जीवनसँग मेल खान्छ । किशोर उमेरमै फिल्म क्षेत्रमा लाग्दा करिश्माले पढाइ छुटाएकी थिइन् । ७ कक्षामा भर्ना भएर पुनः औपचारिक कक्षा शुरू गरेकी उनले गत वर्ष १२ कक्षा पास गरेकी थिइन् । अहिले पनि उनले पढाइलाई निरन्तरता दिइरहेकी छन् ।

‘बगान’मा आकांक्षाले काम गर्ने एनजीओको व्यवस्थापकको भूमिकामा विजय (सरोज खनाल) देखिएका छन्, यो एनजीओले महिला जागरण अभियान सञ्चालन गर्दै आइरहेको छ । 

अभिनेता आकाश श्रेष्ठको भूमिका छोटो र मिठो छ । अभिनेता नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, सरोज खनाल आफ्नो भूमिकामा ‘चुस्त’ छन् । नवअभिनेत्री भए पनि प्रमिलाले पनि राम्रो काम गरेकी छन् । फिल्मका केही संवादहरू निकै मनछुने छन् । केही संवादले भने जबरजस्ती शिक्षा दिन खोजेको जस्तो लाग्छ । फिल्मको खिचाइ पनि कमजोर लाग्छ । ध्वनि, प्रकाश संयोजन, कलरिङमा नवीनता देखिँदैन । फिल्मको प्रस्तुति वृत्तचित्रको जस्तो लाग्छ । धेरै ठाउँमा दर्शकहरू ‘हाइ काढ्ने’ अवस्थामा पुग्न सक्छन् ।

null

अनगिन्ती कमजोरीबीच फिल्ममा राम्रो पक्ष पनि धेरै छन् । अभिनेताबाट निर्देशक बनेका सरोजको प्रयास एकदम इमान्दार छ । एकल महिलाको सशक्तीकरणको पक्षमा आवाज उठाउनु फिल्मको बलियो पक्ष हो । फिल्मले शिक्षाको महत्त्वसँगै समाज रूपान्तरणको सन्देश दिन्छ । खासगरी पारिवारिक फिल्म रुचाउने र परिवारका साथ फिल्म हेर्न चाहने दर्शकका लागि ‘बगान’ उपयुक्त हुनसक्छ । 

फिल्म : बगान
कथा : स्वप्निल निरव
निर्देशक : सरोज खनाल
निर्माता : सुरेश वाग्ले
कलाकारहरू : करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्की, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठ आदि । 
समय : १ घण्टा ४५ मिनेट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x