कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
काठमाडाैं | साउन ११, २०८०
नेकपा एमालेका सचिव योगेश भट्टराईले कलाकार र नेताको सम्बन्ध नङ र मासुको जस्तो हुने बताएका छन् ।
बिहीवार फिल्म ‘ऐंचो पैंचो’को गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उनले नेता र कलाकारबीच राम्रो सम्बन्ध हुने बताए ।
‘तपाईंहरुको जमातमा म अलिकति नयाँ मान्छे हुँ बेग्लै फिल्डको । तर, हामी सबै नङ र मासुको सम्बन्ध भएका हौँ’ कार्यक्रममा भट्टराईले भने, ‘हाम्रो फिल्डले तपाईहरूलाई बोक्ने, तपाईहरूको फिल्डले हामीलाई बोक्ने । त्यसकारण एक अर्काको बीचमा धेरै नै राम्रो सम्बन्ध हुन्छ । तपाईहरूको असल कामहरूलाई हामीले जहिले पनि प्रोत्साहन गरेका हुन्छौं । समर्थन गरेका हुन्छौं ।’
कृषा चौलागाईंको निर्देशनमा तयार ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, मुकुन भुषाल लगायतको अभिनय छ ।
एमाले नेता भट्टराईले फिल्मको सार्वजनिक गीतले सबैलाई नचाउने विश्वास व्यक्त गरे । आफूहरूले धेरै फिल्म हेर्न नभ्याउने भएपनि पछिल्लो समय केही फिल्महरू हेरेको बताए । उनले अभिनेत्री स्वस्तिमा खड्काको तारिफ गर्दै उनको अभिनय रहेको फिल्म ‘चिसो मान्छे’ हेरेको बताए ।
‘स्वस्तिमाजी सबै खालको भूमिका खेल्न सक्ने कलाकार हुनुहुन्छ । उहाँको फिल्म चिसो मान्छे हेरेको थिएँ’ उनले भने, ‘काठमाडौंमै जन्मिनुभएको मान्छे, विकट बाजुरा कसरी पुग्नुभएको होला भन्ने लागेको थियो । पश्चिमतिरको भाषा बेग्लै खालको हुन्छ त्यो भाषामा पनि उहाँ त्यतिकै जम्नुभएको थियो ।’
भट्टराईले अभिनेत्री वर्षा राउतको फिल्म ‘छक्का पञ्जा २’ पनि हेरेको बताए । उनले नेपाली फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै गत आर्थिक वर्षको कमाइलाई लिएर खुशी समेत व्यक्त गरे ।
‘छक्का पञ्जाले १७ करोड कमाइ गरेछ । इण्डियन फिल्म उद्योगको तुलनामा यो केही पनि होइन् । नेपाली फिल्म उद्योगमा त्यसले एकदमै राम्रो संकेत गरेको छ । दयाहाङजीको जारीले पनि १७ करोड कमाएछ’ भट्टराईले भने । उनले भदौ १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ऐंचो पैंचो’ हेर्न दर्शकलाई निम्ता समेत गरे ।
बिहीवार सार्वजनिक फिल्मको गीत ‘काले केटाले’मा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...