×

NMB BANK
NIC ASIA

चक्रपथ विस्तारमा विलम्ब

हिलो र धुलोले बालाजु-गोंगबुवासी हैरान, विस्थापित हुँदै वारिपारिका व्यापारी [भिडियो]

काठमाडाैं | साउन १९, २०८०

NTC
Premier Steels

चक्रपथ सडकअन्तर्गत बालाजु, गोंगबुदेखि महाराजगञ्जसम्मको सडक प्राय: सधैं अस्तव्यस्त हुन्छ । चक्रपथ विस्तारको काममा ढिलाइ हुँदा सडक अस्तव्यस्त भएको लामो समय भयो ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खण्ड-खण्डमा हिउँदमा धुलो र वर्षामा हिलोले यात्रु र स्थानीयवासीलाई हैरान बनाएको छ । हिउँदमा धुलो र बर्खामा हिलोले सडकमा हिँड्न सकिँदैन । बर्खामै पनि चर्को घाम लागेको दिन सडक धुलाम्मे हुन्छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

स्थानीयवासीसँगै सडकको वारिपारि व्यापार गर्नेहरूले यस्तो सास्ती खेप्दै आएको वर्षौं भइसक्यो । सडककै कारण धेरैको व्यापार चौपट भएको छ । कतिपय त विस्थापित समेत भएका छन् ।

null

गोंगबु चोकमा २२ वर्षदेखि घडी/मोबाइल पसलका सञ्चालन गर्दै आएका रामकृष्ण खड्काले सडकले सास्ती दिएको बताए । सडककै कारण व्यापार सुकेको उनको गुनासो छ । घडी सफा गरिरहेका उनले हिलो र धुलोकै कारण आफूले मोबाइल बेच्न छोडेको बताए । 'प्रत्येक १५ मिनेटमा सबै घडी निकाल्दै पुच्छु । जहिले सडक बनाउने भनेर लथालिङ्ग पारेर छोड्छ,' उनले भने, 'धुलोले मेरो पसलका सबै मोबाइल बिग्र्यो । ग्राहकले खरिद गरेको भोलिपल्टै बिग्र्यो भनेर आउँछन् र पैसा फिर्ता माग्छन् । यसो गर्दा गर्दै घाटामा गइयो । अहिले मोबाइल बेच्नै छोडिदिए ।'

null

पहिले मोबाइल/घडी बेचेरै छोरालाई इन्जिनियर र छोरीलाई बीबीए पढाएका उनले अहिले वर्षको ३/४ लाख ऋण मात्र बढेको दुखेसो पोखे । 'सडक चाँडै बने भने केही आशा गर्ने ठाउँ छ । नत्र, म विस्थापित हुने अवस्था छ,' उनले भने ।

null

त्यस्तै चोकको पारिपट्टी मोबाइल पसल गरिरहेका गणेश थापाको दु:ख पनि उस्तै छ । ३० वर्षदेखि गोंगबु चोकमा मोबाइल पसल गरिरहेका उनी पटक-पटक भइरहने सडक विस्तारले हैरान छन् । 'मेरो पसल पहिला ठूलो थियो । २ वटा सटरमा साइकल, स्टोभ र मोबाइल पसल थियो,' उनले भने, 'जब सडक विस्तार हुन्छ, तब घर भत्किँदै भत्किँदै अहिले घुम्तीजस्तोमा सीमित भएको छ ।'

null

पहिले दैनिक ३० हजारको व्यापार गर्ने उनले अहिले तीन हजार पनि मुस्किलले हुने गरेको सुनाए । पानी पर्दा हिलाम्ये र घाम लाग्दा धुलाम्मे सडक हुने भएकोले पसलमा ग्राहक आउन छोडेको उनले सुनाए ।

null

सोही स्थानमा रहेको हेल्मेट पसल सञ्चालक पार्वती थपलियाको गुनासो पनि उस्तै छ ।

'धुलोले हेल्मेट पुरानो देखेर ग्राहक नाक खुम्च्याउँछन् । कति हेरेर मात्रै जान्छन्,' उनले भनिन्, 'धुलो लागेको देखेर किन्दैनन् । एक साता अघिसम्म यहाँ माटोको पहाड थियो । अहिले हिलो छ ।'​

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x