×

NMB BANK
NIC ASIA

गम्भीर आशंकाको घेरामा पूर्व सभामुख

सुन तस्करी प्रकरण : महरामाथि अनुसन्धान गर्न प्रचण्डलाई चौतर्फी दबाब

काठमाडाैं | साउन २९, २०८०

NTC
Premier Steels

विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको ९ किलो सुन तस्करीमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम तानिएपछि कारबाही प्रक्रिया अघि बढाउन माओवादीमाथि दबाब बढेको छ ।

Muktinath Bank

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास र एक सय किलो सुन तस्करीजस्ता भ्रष्टाचार र अनियमिताविरुद्ध सरकारले आक्रामक नीति लिइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको यो अभियानमा कांग्रेस, एमालेदेखि पूर्व माओवादीका नेता पनि संलग्न रहेपछि अनुसन्धान र मुद्दाको दायरामा आएका छन् । तर, यसअघिदेखि विवादमा पर्दै आएका उपाध्यक्ष महराका बाबुछोराविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढाइएको भन्दै आक्रोश छ, जबकि सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महराका बाबुछोराको नाम उल्लेख रहेको सार्वजनिक भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

सत्ता सहयात्री दल नेपाली कांग्रेसका सांसदले आफ्नो दलका नेतामाथि मात्रै प्रतिशोध साँधेको आरोप लगाइरहेका छन् । हुन पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेता बालकृष्ण खाँणलाई मुद्दा लागेको छ । भ्रष्टाचार मुद्दामा सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । फेरि नक्कली प्रमाणपत्र राखेको आरोपमा सांसद सुनिल शर्मा पक्राउ परेर छुटेका छन् ।

Vianet communication

सोही कारण नाम आएका माओवादी नेताहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग सत्ता साझेदार दल भित्रैबाट उठिरहेको हो ।

माओवादीभित्रै उठ्यो कुरा

प्रश्न उठेको भन्दै पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष महरामाथि छानबिनमा जोड दिइएको थियो । तत्काललाई माओवादीले महरा आफैंले यो काण्डबारे प्रस्ट्याउनुपर्ने निर्णय गरेको छ । तर, विषय पेचिलो बन्दै जाँदा यतिले मात्रै नरोकिने संकेत माओवादी बैठकले प्रस्टै दिएको छ । आफ्नो दलकालाई जोगाउन खोजेको र अनुसन्धानको सुई अन्य दलतिर सोझ्याएको आरोप लागेकाले महरामाथि पनि छानबिन गर्नुपर्ने आवाज माओवादीभित्रै तीव्र रुपमा उठेको हो । 

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पदाधिकारीहरू वर्षमान पुन, राम कार्कीसहितका नेताले गम्भीर प्रश्न उठेका व्यक्तिलाई पार्टीले बोक्न नहुने बताएका थिए । गृहमन्त्री श्रेष्ठले त सुनकाण्डमा महराको नाम पनि सीआईबीले गरेको अनुसन्धानमा आएको भन्दै प्रस्ट पार्नुपर्ने बताएको एक नेताले बताए । सरकार र सुशासनका सबालमा निरन्तर लागिरहेको भन्दै प्रमाण पुग्ने अवस्थामा जुनसुकै दलका नेता भए पनि अनुसन्धान नरोकिने श्रेष्ठले प्रस्टै बताएका थिए । 

माओवादीको आइतबार बसेको पदाधिकारी बैठकमा सहभागी सचिव राम कार्की कसैले पनि अनियमितता पार्टीलाई सोधेर नगर्ने भन्दै संलग्न जो भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताउँछन् । 

‘हाम्रो पदाधिकारी बैठकले सुनकाण्डमा जो–जोमाथि प्रश्न छन् उनीहरूले आफ्नोतर्फबाट सफाइ दिनुपर्छ भनेर निर्देश गरेको छ । किनकि यस्ता घटनामा पार्टी पंक्तिलाई केही थाहा हुँदैन । सोधेर पनि गर्दैनन्,’ कार्कीले भने, ‘सुनकाण्डमा हाम्रै नेता महराजीको धेरैचोटी फोनमा कुराकानी भएको पत्रपत्रिकामा आएको छ । यो के भएको हो, यसमा उहाँले प्रस्ट पार्नुपर्छ भन्ने भएको छ ।’

उनले सदाचारभन्दा भ्रष्टाचार सम्मानित हुँदा समस्या आएको बताए ।

‘हाम्रो समाजमा सदाचार होइन, भ्रष्टाचार सम्मानित भएको छ । भ्रष्टाचार गरेको व्यक्तिलाई बहिष्कार गर्ने र उसकोमा जानसमेत हिच्किचाउनुपर्ने हो,’ कार्की भन्छन्, ‘तर कमाएपछि भ्रष्टाचारीको सम्मान र अभिनन्दन हुन थाल्यो, यसैले भ्रष्टाचार झनै झांगियो ।’

भ्रष्टाचार र तस्करीको जरोसम्म पुगेर खोजी नगरिएसम्म एउटा व्यक्ति समातेर केही पनि नहुने उनी बताउँछन् ।  

‘राजधानीको एयरपोर्ट तस्करीको ट्रान्जिट हुने भनेको त गम्भीर विषय हो । यो व्यक्तिभन्दा यो ठूलो ईश्यु हो । यो स्थितिमा कसरी पुगियो भन्ने कोणबाट हेरियो भने हामी दीर्घकालीन समाधानतिर अघि बढ्छौं, अन्यथा यस्तो भइरहन्छ,’ कार्की भन्छन्, ‘एक समय नक्कली भुटानी शरणार्थीको विषय आयो । तर, यो आवाज हराइसक्यो । निरन्तर आवाज र खबरदारी भइरह्यो भने ईश्यु डाइभर्ट हुन पाउँदैन, यसैले अनुसन्धानका संस्थालाई निष्पक्ष र सशक्त बनाउन जरुरी छ ।’

संलग्न जोसुकैमाथि पनि कारबाही हुनुपर्ने उनले बताए । 

माओवादीका अर्का नेता गणेश साह कतिपय विषयमा अफवाह पनि फैलिने गरेको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताउँछन् । 

‘हाम्रै पार्टीका नेतामाथि छानबिन गर्नुपर्ने विषय उठेका छन् । तर दबाब र प्रभावमा पर्न हुँदैन भन्ने मत पनि छ,’ साहले भने, ‘एमाले अध्यक्ष अ‍ोलीजी यो विषयमा धेरै नै ठूलो विज्ञ जसरी प्रस्तुत भइरहनुभएको छ । कति भएका कुरा पनि होलान्, केही त अफवाह पनि छन् । यसैले बहकिएरभन्दा निष्पक्ष छानबिन गर्नुपर्छ ।’

पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले सुन प्रकरणमा नाम जोडिएपछि वर्षमान पुनले स्पष्ट पारेजस्तै अन्यले पनि स्पष्ट पार्नुपर्ने बताएका थिए । तर, उनले त्यसक्रममा महराको नाम भने नलिएको एक नेताले जानकारी दिए । केही पदाधिकारीले पार्टीलाई मुछ्ने गरी गम्भीर आरोप लागेको भन्दै सफाइ दिएर मात्रै नपुग्ने भएकाले महरालाई स्पष्टीकरण नै सोध्नुपर्ने बताएको एक नेताले बताए ।

निरन्तर समाचार र दबाब आउन थालेपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले महरामाथि मात्र होइन, पुष्टि भए आफूलाई पनि हत्कडी लगाउँदा हुने बताएका छन् । 

‘हाम्रै पार्टीका नेता महरा र उहाँको परिवारको नाम विभिन्न मिडियामा आइरहेको छ । तर, सरकारले सीआईबीलाई सुन प्रकरणमा छानबिन अगाडि बढाउन भनिसकेको छ । महराजीमाथि पनि आवश्यक भए छानबिन अगाडि बढाए हुन्छ,’ बाग्मती प्रदेशको प्रदेश कमिटी बैठकमा प्रचण्डले बोलेको कुरा उद्धृत गर्दै नेता युवराज चौलागाईंले लोकान्तरसँग भने, ‘सरकारको हस्तक्षेप छैन । नातागोता, आफन्त र पार्टीको मान्छे भनेर हुँदैन, संलग्नता पुष्टि भए मलाई पनि हत्कडी लगाए हुन्छ ।’

कांग्रेसमै पनि उठ्यो महरामाथि छानबिनको माग

कांग्रेस महामन्त्री गगन थापाले सुनकाण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न माग गरेका छन् ।

संसदीय दलको बैठकमा थापाले कांग्रेसले माओवादीसँग मिलेर सरकार बनाएको भन्दै कांग्रेसमाथि पनि प्रश्न आउन सक्ने भएकाले महरामाथि छानबिन गर्नुपर्ने बताएका हुन् । 

महरामाथि धेरै नै प्रश्न उठेको भन्दै उनले सत्तारुढ दल वा नेतृत्व गरेको पार्टीको भएकै आधारमा उन्मुक्ति पाउन नहुने बताएका थिए ।

‘महरामाथि धेरै नै प्रश्न उठिसके । सीआईबीले समेत प्रतिवेदनमा उल्लेख गरिसकेकाले सामान्य सोधपुछले चल्दैन, प्रभावकारी छानबिन गर्नुपर्छ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

थापाले यो मात्रै होइन, सबै खालका भ्रष्टाचार र गम्भीर अनियमितताका घटनाको मसिनो गरी छानबिन हुनुपर्ने बताएका थिए ।

यद्यपि कांग्रेस संसदीय दलको बैठकमा संस्थापनइतरका नेताले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि पार्टीले सुनकाण्डमा सीआईबीले नै निष्पक्ष र प्रभावकारी छानबिन गर्नुपर्ने निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x