×

NIC ASIA

एसिया कप

बुवा पुस्ताका क्रिकेटर विजय शर्माले औंल्याए पाकिस्तानसँग फराकिलो हारका १० कारण

काठमाडाैं | भदौ १४, २०८०

Prabhu Bank
NTC
नेपाल र पाकिस्तानबीचको खेल हेर्दै विजय शर्मा
Premier Steels

विजय शर्मा बुवा पुस्ताका नेपाली क्रिकेटर हुन् । उनले वि.सं. २०३७ देखि २०५१ सम्म राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू खेले ।

Muktinath Bank

त्यो बेला नेपालको राष्ट्रिय क्रिकेट टोली गठन भएको थिएन, त्यही भएर अब्बल हुनुका बावजुद उनले नेपालका लागि अन्तर्राष्ट्रय प्रतियोगिताहरू खेल्न पाएनन् । उनले अहिले क्रिकेट विश्लेषण गर्दै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, नेपालले बुधवार एसिया कपको डेब्यू खेल खेल्यो । घरेलु टोली पाकिस्तानविरुद्धको उक्त खेलमा नेपाल भारी अन्तरले पराजित भयो ।


Advertisment
Nabil box
Kumari

यस नतिजा र नेपालको प्रदर्शनबारे पूर्वक्रिकेटर तथा विश्लेषक शर्माले कुराकानी गरेका छन् । उनले लोकान्तरकर्मी दीपेन्द्र सापकोटासँगको कुराकानीमा नेपाल पराजित हुनुका कारणहरूबारे यसरी विश्लेषण गरे ।

Vianet communication

१. सोचेजस्तो नतिजा होइन

नेपाल पाकिस्तानसँग हार्छ, भन्ने थाहा थियो । तर, यसरी २३८ रनको फराकिलो अन्तरले हार्ला भन्नेचाहिँ लागेको थिएन । यतिसम्म लज्जास्पद तरिकाले पराजित होला भन्ने थिएन । मेरा लागि यो अप्रत्यासित नतिजा रह्यो । नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै कुरामा चुकेकाले यस्तो नतिजा आएको हो ।  

२. अपरिपक्क ब्याटिङ

नेपाल फराकिलो अन्तरले पराजित हुनुको प्रमुख कारण ब्याटिङ लाइनअपमा कमजोरी देखिनु हो । कम्तीमा पनि नेपालले २०० देखि २५० सम्म रन हान्छ भन्ने लागेको थियो, तर त्यस्तो भएन । जम्मा १०४ रन मात्र हान्यो । ठूलो खेलमा नेपाली ब्याटिङ अपरिपक्क देखियो । पाकिस्तानले जस्तो धैर्यतापूर्वक ब्याटिङ गर्नुपथ्र्यो । तर, नेपाली ब्याटरहरूमा कत्ति पनि धैर्यता देखिएन । उदाहरण लागि– दुई विकेट पतन भएपछि पाकिस्तान दबाबमा आएको थियो ।

२८ ओभरको खेल सकिँदा पाकिस्तानले चार विकेटको क्षतिमा १२५ रन बनाएको थियो ।  यो नेपालजस्तो सानो टोलीसँग खेल्दा पाकिस्तानका लागि ठूलो दबाबको अवस्था हो । यस्तोमा पाकिस्तानका ब्याटरहरू सम्हालिए । कप्तान बाबर आजमले ठूला शट नखेलिकन ३८–४० ओभरसम्म टोलीलाई टिकाए । त्यसपछि मात्रै उनीहरू ठूला सट हान्न थाले । तर, नेपालले शुरूदेखि नै चौका हान्न खोज्यो ।

एक–दुईवटा चौका हान्दैमा खेल जितिँदैन, स्ट्राइक रोटेड गरेर विस्तारै खेलेर मात्रै जितिन्छ भन्ने नेपाली ब्याटरले बुझ्नुपर्छ । यो कमजोरी नसुधार्ने हो भने नेपाली क्रिकेट धेरै माथि जान सक्दैन । 

तस्वीरमा विजय शर्मा

३. राम्रो गरिरहेका बलर परिवर्तन गरिनु

ब्याटिङजस्तै बलिङमा पनि नेपालको कमजोरी देखियो । ओपनिङमा आएका करण केसी र सोमपाल कामीले राम्रो बलिङ गरिहेका थिए । यसले गर्दा पाकिस्तानका ब्याटर आत्तिसककेका थिए । करण र सोमपालले रिदममा बलिङ गर्दागर्दै कप्तान रोहित पौडेलले अरू बलर ल्याए । ती बलरले लयमा बलिङ गर्न सकेनन् । पछि सोमपालले पनि शुरूको जस्तो गर्न सकेनन् । दुई विकेट लिनुका बाबजुद उनले १० ओभरमा ८५ रन खान पुगे । बलिङ स्ट्राटेजीमा कप्तान रोहितकुमार पौडेलको कमजोरी देखियो । तर, क्रिकेटमा यस्तो हुन्छ, सुधार्दै जानुपर्छ ।

४. फितलो फिल्डिङ

खेल जित्नलाई ब्याटिङ र बलिङ राम्रो भएर मात्र हुँदैन, फिल्डिङ पनि उत्तिकै चुस्त हुनुपर्छ । तर, हिजो नेपालको फिल्डिङमा धेरै कमजोरी भए ।

नेपालको फितलो फिल्डिङका कारण पाकिस्तानका कप्तान बाबरले दुईपटक जीवनदान पाए । यदि उनको क्याच मिस नभएको भए नेपाल यति फराकिलो अन्तरले हार्ने थिएन । सन्दीप लामिछानेको नाममा थप विकेट हुन्थ्यो भने ललित राजवंशीले पनि विकेट लिएका हुन्थे । यस्तै, फिल्डिङकै कमजोरीका कारण सन्दीपले गरेको बलिङमा दुईपटक अनावश्यक चौका हुन पुग्यो ।

५. बलिङ पेस नहुनु

ठूला टोलीसँग खेल्दा नेपाली बलरमा पेस देखिएन । पाकिस्तानका खेलाडी १५० किलोमिटर पर आवरमाथिको स्पीडसम्म बलिङ गर्न सक्छन् । त्यसको तुलनामा नेपालका बलरको स्पीड १२० को हाराहारीमा । कम्तीमा पनि १३०–१३४ को गतिमा बलिङ हुन आवश्यक छ । यसका लागि नेपाली बलरले डाइट र ट्रेनिङमा ध्यानु दिनुपर्‍यो । 

६. शाहीनसँग सजग नहुनु

पाकिस्तानका शाहीन शाह अफ्रिदी विश्वकै नम्बर वान ब्याटरका लागि पनि टाउको दुखाइ हुन् । उनीसँग भारतजस्तो टीम पनि सजग रहन्छ । तर, नेपाली खेलाडी सजग भएको देखिएन । नेपाली ब्याटरहरूले उनले गर्ने १० ओभरमा रन हान्नेभन्दा पनि कसरी टिक्ने भन्ने विचार गर्नुपथ्र्याे ।

७. खेलाडीलाई काउन्सिलिङ पुगेन 

ठूला खेलमा जानुअघि खेलाडीलाई काउन्सिलिङ गर्न आवश्यक हुन्छ । उनीहरूलाई मानसिक रूपमा तयार गर्न र प्रतिद्वन्द्वीबारे सजग गराउन काउन्सिलिङ आवश्यक हुन्छ, त्यो नेपाली टोलीमा देखिएन ।

मोन्टी देसाई प्राविधिक रूपमा राम्रो प्रशिक्षक हुन् । उनले काउन्सिलिङ पनि गर्छन् भन्ने सुनेको छु, यद्यपि त्यो पर्याप्त हुँदैन । भारत, पाकिस्तानजस्ता टीमसँग खेल्दैगर्दा छुट्टै काउन्सिलरको व्यवस्था हुनुपथ्र्यो । 

null

८. ठूला खेलको तयारी पुगेन 

नेपालले भारत, पाकिस्तानजस्ता ठूला टोलीहरूसँग खेल्दैछ भन्ने जान्दाजान्दै त्यो अनुसारको तयारी पुगेन । ठूला राष्ट्रिय टोलीसँग अभ्यास खेल्ने पैसा नेपाल क्रिकेट संघ (क्यान)सँग थिएन होला मानिन्छ, तर हामीले भारतकै बिहार, युपी, बंगाल, महाराष्ट्र आदि राज्यका ठूला टोलीसँग अभ्यास खेल खेल्न सक्थ्यौं, त्यो भएन । ठूला टोलीसँग अभ्यास नगरी यस्ता ठूला प्रतियोगितामा जानु नै बेकार हो । यस्तो हुनुमा क्यानमा भएको राजनीति प्रमुख हो ।

हामी खेल सुधारमा भन्दा बढी राजनीतिमा अल्झिराखेका छौं । अब क्यानमा क्रान्तिकारी परिवर्तनको आवश्यकता छ । 

९. खेलाडी व्यावसायिक देखिनुपर्थ्यो

नेपाली खेलाडीले आफ्नो घरेलु मैदानमा जस्तो खेल्छन्, त्यति बाहिर खेल्न सकिरहेको देखिएन । व्यावसायिक खेलाडीले सबै कन्डिसनमा खेल्न सक्नुपर्छ, चाहे त्यहाँ गर्मी होस् या जाडो । अहिले पाकिस्तानको मौसम गर्मी होला । ४०–४२ डिगीसम्म पनि होला, तर व्यावसायिक खेलाडी भएपछि यत्तिकोमा खेल्न सक्ने हुनुपर्छ । सबैतिर नेपाल र न्युजिल्यान्डको जस्तो मौसम हुँदैन नि ! 

१०. सन्दीपको मुद्दा किनारा नलाग्नु

नेपालको सबैभन्दा ठूलो हतियार सन्दीप लामिछाने हुन् । मुद्दा नसल्टिएकाले उनी  खुशी देखिएका छैनन् । उनको अनुहार हेर्दा पनि लाग्छ, उनी शतप्रतिशत खुसी छैनन् । मुद्दाको पेसी सधैं सर्छ । यसमा केही ठूलै खेल छ कि भन्ने शंका लागेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x