×

NIC ASIA

रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम अझै सकिएन

काठमाडाैं | भदौ २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

वर्षा र सहकालका रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ वर्ष बितिसक्दा सम्पन्न भएको छैन । ललितपुर उपमहानगरपालिका–२२ बागमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई विसं २०७२ को भूकम्पले ढालेको थियो । 

Muktinath Bank

मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनःनिर्माण भइसकेका छन् । तर, ऐतिहासिक र प्रख्यात रातो मच्छिन्द्रनाथको मन्दिर भूकम्पले क्षति पुर्‍याएको आठ वर्ष बितिसक्दा पनि पुनःनिर्माण पूरा भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनःनिर्माण विभागले विसं २०७४ मा मन्दिर पुनःनिर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीले दुई वर्षमा मन्दिर पुनःनिर्माण सक्ने गरी ठेक्का दिएको मच्छिन्द्रनाथ पुजारीसङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । 


Advertisment
Nabil box
Kumari

मन्दिरको पुनःनिर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि विसं २०७६ पुस १४ गते श्री रातो मच्छिद्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जिम्मा लिएको थियो । सम्झौताअनुसार उपभोक्ता समितिले विसं २०८० जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अस्तव्यस्त छ । 

Vianet communication

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले रु तीन करोड आठ लाख आठ हजार नौ सय लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ । सम्झौता मितिमा काम सकिनुपर्ने तर हाल मन्दिर निर्माणको कामसमेत रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । 

सहकालका देवताका रूपमा मच्छिन्द्रनाथ रथ जात्रालाई उपत्यकाकै पृथक र ऐतिहासिक महत्त्व बोकेको जात्राका रुपमा लिइन्छ । मच्छिन्द्रनाथ मन्दिर पाटन र बुङ्गमतिमा एक एक वटा रहेको छ । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार यो मन्दिर अत्यन्तै पुरानो मन्दिर हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x