×

NMB BANK
NIC ASIA

‘नाङ्गो गाउँ’को कथाः

जब गाउँका इमान्दार शिक्षक जागिर छाडेर राजनीतिमा होमिन्छन्...

सरल प्रस्तुति, मनोरञ्जनसँगै सन्देश पनि

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Premier Steels

पछिल्लो समय नेपाली फिल्ममा राजनीतिक विषयले राम्रै प्रवेश पाउन थालेका छन् । अस्ती भर्खरै प्रदर्शनमा आएको ‘ऐंचो पैंचो’ होस् वा चाहे त्योभन्दा अलि अघि प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’, नै किन नहोस्, यी फिल्ममा दर्शकले समसामयिक राजनीतिक कथा हेर्न पाएका थिए । 

Muktinath Bank

अहिले फेरि राजनीतिलाई केन्द्रमा राखेर बनेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रवारबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस फिल्मको कथा सरल र सहज छ । जसको उद्घाटन सरकारी विद्यालयबाट हुन्छ । 


Advertisment
Nabil box
Kumari

गाउँको त्यो सरकारी विद्यालय, जहाँ राजनीतिक हस्तक्षेप छ । आफूले भनेको व्यक्तिलाई शिक्षकमा नियुक्ति नगरिदिँदा गाउँपालिका अध्यक्ष जरी (शिशिर वाङ्देल)ले शिक्षक एवं कर्मचारीको तलव नै रोक्का गरिदिएका छन् । 

Vianet communication

सो विद्यालयमा एक इमान्दार शिक्षक छन् पासाङ (दयाहाङ राई) । विद्यार्थीदेखि गाउँलेसम्म सबैमाझ राम्रो छवि बनाएका उनी जरीले ‘भनेको भरमा’ शिक्षक नियुक्ति हुनुनहुने कुरामा अडान राख्छन् ।

 

यता आफूले भनेको नहुँदा जरीका कार्यकर्ताहरूले विद्यालयमा ताला लगाउँछन् । विद्यार्थीको पढाइ प्रभावित बन्न पुग्छ । 

जरीको अराजकता विद्यालयमा मात्र होइन्, सिंगो गाउँमा नै छ । 

गाउँपालिकामा निःशुल्क आएको औषधि जरीले नै बिक्री गर्दै आएका छन् । आफ्नो घरनजिकको बाटो पक्की गरेका छन् । गाउँमा अन्य थुप्रै जिर्ण सडक छन्, जहाँ सुत्केरीलाई समयमै अस्पताल पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउनुपरेको छ । 

ठीक यही माहोलमा यस्तो परिस्थिति आइपुग्छ कि, आफ्नो विद्यालयलाई सुधार्न पहल गर्दा इमान्दार शिक्षक पासाङलाई सिङ्गो गाउँको तर्फबाट चुनाव लड्नुपर्ने अवस्था आउँछ । 

भ्रष्ट जरीले नै आगामी चुनावमा गाउँपालिका अध्यक्षमा उठेर जित्न पासाङलाई चुनौती दिएका छन् । 

जरी पराजित भए गाउँबाट भ्रष्टाचार निर्मुल हुने र गाउँको विकास हुने निष्कर्षका साथ पासाङ चुनावी मैदानमा उत्रिने निर्णयमा पुग्छन् । 

आफ्ना विद्यार्थी, अभिभावक र गाउँलेको भोटका आधारमा आफूले चु्नाव जित्न सक्ने सम्भावना देख्छन् । श्रीमती निमा (मिरुना मगर) र नजिकका गाउँले (बुद्धि तामाङ र रवीन्द्र झा आदि))ले पनि पासाङलाई चुनावमा उठ्न प्रोत्साहन दिएका हुन्छन् । अन्ततः चुनावमा उठने निर्णयमा पुग्छन् पासाङ । त्यसपछि के हुन्छ ? विद्यालय सुधार गर्ने, गाउँ विकासको सपना देखेर चुनावमा होमिएका इमानदार शिक्षकको आगामी यात्रा कति सहज होला ? त्यो त फिल्म हेरेपछि मात्र थाहा हुन्छ । यो चाहिँ भन्न सकिन्छ, पासाङकै कथावस्तु वरपर रहेर फिल्मले २ घण्टा २८ मिनेट फन्को मार्छ । 

फिल्ममा पासाङ र उनकी श्रीमती निमाबीचको प्रेममय नोकझोँक पनि छ । चुनावकै लागि शहरबाट गाउँ पुगेका शंकर (कर्मा) र रविना (साम्राज्ञी राज्यलक्ष्मी शाह)को प्रेमकथासमेत कथामा समावेश छ । राजनीतिक दाउपेच, आरोप–प्रत्यारोपको विषय प्रशस्तै छन् फिल्ममा  गाउँलेको मनोविज्ञानको कुरा पनि समावेश छ । यसले मनोरञ्जनसँगै दर्शकमा सन्देश प्रवाह गर्न सफल छ । 

चुनावमा खराब नेतालाई जिताएर पठाउँदा कस्तो असर पर्छ भन्ने सन्देश फिल्मले दिन खोजेकाे छ । 

नेतामात्र होइन, खराब नेता चुन्ने मतदाता पनि गलत हुन् भन्ने सन्देश फिल्ममा देखाइएको छ । लेखक एवं निर्देशक दीपेन्द्र लामाले यस फिल्ममार्फत खराब नेता चुन्ने जनतामाथि प्रश्न गरेका छन् । 

फिल्ममा दयाहाङ राई आफ्नो भूमिकामा स्वभाविक छन् । भूमिका अलि छोटो भएपनि मिरुनाको उपस्थितिले दर्शकलाई बाँधिराख्छ । शिशिर वाङ्देलसँगै उनको छोराको भूमिकामा देखिएका अंकित खड्काले उत्तिकै राम्रो अभिनय गरेका छन् । कर्मा र साम्राज्ञीको जोडी पनि सुहाउँदो छ । बुद्धि तामाङ, रवीन्द्र झाको भूमिका अलि छोटो भएपनि नमिठो चाहिँ छैन । मुख्य पात्र र सहायक पात्रको उपस्थितिलाई फिल्ममा राम्रोसँग उनिएको छ । समग्रमा सबै पात्र दृश्यमा सहज छन् । 

दर्शक हँसाउने चक्करमा नाटकीय हाउभाउ, असुहाउँदो हुलिया, भद्दा संवाद निर्माण यसमा गरिएको छैन । काभ्रेपलाञ्चोकमा छायाँकन गरिएको फिल्ममा आलोक शुक्लाको फ्रेमिङ औसत लाग्छ । यसमा दुईवटा गीत छन्, दुवै कथासँग सुहाउँदा छन् । 

फिल्मभित्र केही कमीकमजोरी छन् । जसमध्ये मुख्य कमजोरी फिल्म लम्बेतान लाग्छ । काँटछाँट गर्ने थुप्रै ठाउँमा कँैची चलेको भए फिल्म अझ स्तरीय बन्न सक्थ्यो । 

हामीकहाँ फिल्ममा राजनीतिक विषय समावेश गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ । 

ठूलो क्यानभास नदेखिनु र मास अलि थोरै देखिनु पनि यस फिल्मको कमजोरी हो । मुख्य पात्र पासाङको चरित्र चित्रण पनि अलि बढी आदर्शवादी लाग्छ । फिल्मको अन्तिमतिर मुख्य पात्रको संवाद र दृश्य नाटकीय लाग्छ । 

फिल्मलाई कमेडी पनि भनिएपनि त्यो प्रयाप्त छैन । आगामी फिल्ममा कमेडी मसलालाई बढाउनुपर्ने चुनौती निर्देशक लामामा देखिन्छ । केही कमीकमजोरीका बाबजुद समग्रमा भन्नुपर्दा सन्देशमूलक र मनोरञ्जनात्मक फिल्म बनेको छ, ‘नाङ्गो गाउँ’ । 

वास्तविकताभन्दा कल्पनाको रंगीन संसारमा पुर्याउने फिल्मका दर्शकलाई ‘नाङ्गो गाउँ’ रुचिकर नहुन सक्छ । तर, ग्रामीण परिवेशमा भनिएका सामाजिक फिल्म हेर्न रुचि लाग्ने दर्शकलाई भने ‘नाङ्गो गाउँ’ योग्य हुन सक्ने विश्लेषण गरिएको छ ।

फिल्मः नाङ्गो गाउँ

विधाः राजनीतिक–सामाजिक–कमेडी

कलाकारहरूः दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, अंकित खड्का आदि

लेखक: निर्देशनः दीपेन्द्र लामा ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x