×

NMB BANK
NIC ASIA

चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बुकिङ सुरु

काठमाडाैं | असोज २३, २०८०

NTC
Premier Steels

यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बिक्री सुरु भएको छ । ​

Muktinath Bank

मल्टिप्लेक्स हलहरूले मंगलवारबाट चलचित्रको बुकिङ खुलाएका हुन् । बाँकी हलहरूले बुधवारबाट बुकिङ खुला गराउने तयारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हलको प्रारम्भिक शोज संख्या हेर्दा राम्रो शोजका साथ चलचित्रले प्रदर्शन आरम्भ गर्ने देखिएको छ ।


Advertisment
Nabil box
Kumari

यसको हाइप र ब्रान्डको कारणले पनि चलचित्र प्रतीक्षित छ । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको प्रोजेक्ट भएका कारण ‘परदेशी २’लाई लिएर पर्खाइ छ । 

Vianet communication

त्यसमाथि साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो चलचित्र भएका कारण अझ चासोका साथ हेरिएको छ । 

चलचित्रमा प्रकाशका साथमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ । 

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले युवापुस्ताको विदेश मोह र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई प्रस्तुत गर्छ । 

राजेश वंशल र निर्देशक रायमाझी स्वयंम मिलेर चलचित्रको निर्माण गरेका हुन् ।

दशैँको माहोलमा प्रदर्शनमा आउने यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x