×

NIC ASIA

आजबाट दोस्रो सातामा ‘परदेशी २’, पहिलो साताको कमाइ ३ करोड ३० लाख ग्रस

काठमाडाैं | कात्तिक ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । 

Muktinath Bank

बडादशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता ३ करोड ३० लाख​ हाराहारीमा ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो चार दिनमा २ करोड हाराहारी कमाइ गरेको चलचित्रले मंगलवार, बुधवार र बिहीवार १ करोड ३० लाख​ ग्रस कमाएको निर्माता राजेश वंशलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

चलचित्रले दोस्रो सातामा पनि राम्रो व्यापार गर्ने देखिएको छ । माउथ पब्लिसिटी राम्रो भएको कारण चलचित्रलाई दोस्रो सातामा पनि राम्रो शो मिलेको छ। शुक्रवारको बुकिङ पनि उत्साहजनक देखिएको छ । 

Vianet communication

‘चलचित्र हेर्नुभएका दर्शकले यसलाई राम्रो भनेर सामाजिक सञ्जालमा शेयर गरिरहनुभएको छ । जसका कारण झनपछि झन दर्शकहरू बढिरहनुभएको छ’ निर्माता वंशलले बताए । 

उनका अनुसार काठमाडौंमा भन्दा मोफसलका हलमा चलचित्र राम्रो चलेको छ । नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेतमा चलचित्रको कमाइ राम्रो रहेको उनले बताए । 

अध्ययनका लागि विदेशिने युवाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला लगायतको अभिनय छ । 

चलचित्रले दर्शकबाट राम्रो साथ पाएपछि शीर्ष अभिनेता प्रकाशसंगै अभिनेत्रीद्वय केकी र वर्षा राजधानीसहित नारायणगढ, बुटवल र नेपालगञ्जका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै खुशी साटेका थिए ।

चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई चलचित्रमा देखाइएको छ । 

चलचित्र हेरेर हलबाट निस्किँदै गरेका दर्शकले आजको नेपाली समाजको प्रतिनिधि कथामा चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् । चलचित्र हेरिरहँदा दर्शकको आँखा रसाएको थुप्रै भिडियोहरू टिकटकमा समेत छ्यापछ्याप्ती छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x