×

NMB BANK
NIC ASIA

प्रिन्सिपल हत्या प्रकरण: त्रिकोणात्मक प्रेम सम्बन्धले निम्त्याएको अपराध

काठमाडाैं | कात्तिक १४, २०८०

NTC
Premier Steels

बाराको कलैया उपमहानगरपालिका–६ बाल एकता स्कूलका गुड्डु भनिने प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या त्रिकोणात्मक प्रेम सम्बन्धका कारणले भएको पाइएको छ । 

Muktinath Bank

भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । हामीले त्यसलाई पुष्टि गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसपी) ददिराम न्यौपानेले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार प्रहरी अनुसन्धान करीब अन्तिम चरणमा पुगेको छ । आफ्नै नाता पर्ने अर्थात् मनोज र विद्यालयका प्रिन्सिपलसँग राधाको समानान्तर प्रेमसम्बन्ध गरेका कारण हत्या निम्त्याएको प्रहरीको बुझाइ छ । 


Advertisment
Nabil box
Kumari

विद्यालयका एक शिक्षकका अनुसार मनोज बेला बेलामा विद्यालयमा आइरहन्थे । एकपटक मनोजले विद्यालयमै आएर राधालाई हातपात गरेका थिए । उनले ‘तँलाई पनि मार्छु’ भन्दै धम्की दिएको ती शिक्षकले लोकान्तरलाई बताए । 

Vianet communication

मनोजलाई स्वर्णकारले विद्यालयमा नआउन भनेका थिए । राधालाई पनि विद्यालयमा चर्को विवाद हुने भएपछि लेखापालबाट हटाएको ती शिक्षकले बताए । 

सोमवार (१२ गते) २ वटा मोटरसाइकलमा आएको समूहले स्वर्णकारको गोली हानेर हत्या गरेको थियो । कलैयाको रोजमेरी रेष्टुरेन्टबाट खाजा लिएर फर्कँर्दैँ गर्दा गोली प्रहार भएको थियो । 

स्थानीयका अनुसार पहिलो मोटरसाइकलले गोली प्रहार गर्दा स्वर्णकार जोगिएका थिए । दोस्रो मोटरसाइकलमा रहेका २ जनाले गोली प्रहार गरेका थिए । 

पाखुरामा गोली लागेर लडेका स्वर्णकारलाई मोटरसाइकलबाट झरेर छातीमा गोली प्रहार गरिएको थियो । घाइते उनको अस्पताल लगेपछि मृत्यु भएको थियो । 

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईका अनुसार अहिले ६ जनालाई पक्राउ गरिएको छ । बारा प्रहरीले नेपाली र भारतीय दर्जनभन्दा धेरै व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ । ‘अहिले हामीले घटनामा शंकास्पद देखिएका व्यक्तिहरूलाई बोलाएर सोधपुछ गरिरहेका छौं,’ डीआईजी भट्टराईले लोकान्तरसँग भने, ‘हामी सबै कुरा अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरेर बाहिर ल्याउँछौं ।’

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्वर्णकारको स्कूलमा काम गर्ने पूर्व शिक्षिकासहित ६ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार उनले ४ महिना अगाडि पनि हत्या प्रयास गरेको खुलेको जनाएको छ । उनीमाथि गत साउन २८ गते कलैयाको होटमा गोली हानेर हत्या गर्ने प्रयास भएको थियो । तर उनी त्यो बेलामा जोगिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x