×

NMB BANK
NIC ASIA

चाडबाड लक्षित चलचित्र

नेपाली चलचित्रका लागि तिहारः होला दशैंजस्तै फापसिद्ध ?

काठमाडाैं | कात्तिक २२, २०८०

NTC
Premier Steels

यसपालिको दशैं नेपाली चलचित्र (फिल्म)का लागि सफल रह्यो । दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपतिप्रसाद २ः भस्मे डन’ दुवै फिल्मले राम्रो व्यापार गरे । घरेलु बक्स अफिसमा यी फिल्मले ७ करोडमाथिको व्यापार गरिसकेको निर्माण पक्षको दाबी छ । दुवै फिल्म अहिले पनि हलमा प्रदर्शनरत छन् । 

Muktinath Bank

दशैं नेपाली फिल्मका लागि फलिफाप रहँदा अबको चासो तिहारलाई लिएर छ । तिहारको अवसर पारेर यही शुक्रवारबाट निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लुट’जस्तो सफल र यादगार फिल्म दिएका बस्नेतको यो झण्डै ७ वर्षपछिको ‘कमब्याक’ फिल्म हो । त्यसमाथि दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्काजस्ता चर्चित कलाकारहरूको अभिनय रहेका कारण पनि यो फिल्म थप प्रतीक्षित छ । फिल्मले राम्रो हाइप बनाएको छ । मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरूले फिल्मलाई राम्रा ‘शो’ उपलब्ध गराएका छन् । 


Advertisment
Nabil box
Kumari

हाइप र यसले पाएको शोहरूका आधारमा फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ । लामो तिहार बिदाको फाइदा समेत फिल्मले उठाउनुपर्नेछ । जुन दबाब पनि फिल्मलाई छ । यद्यपि, राम्रो व्यापारका लागि फिल्मको ‘वर्ड अफ माउथे’ भने बलियो हुनुपर्नेछ । 

Vianet communication

हल सञ्चालकहरु दशैंजस्तै तिहारमा पनि नेपाली फिल्मले दर्शक तान्ने विश्वास व्यक्त गर्छन् । 

फिल्म हल सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन तिहारमा ‘दिमाग खराब’ले राम्रो व्यापार गर्ने विश्वास लिएको बताउँछन् । ‘दशैंमा नेपाली फिल्म राम्रो चले । तिहारमा पनि राम्रो चल्ने विश्वास छ,’ उनले लोकान्तरसँग भने । 

तिहारको अवसर पारेर विदेशी फिल्महरूसमेत प्रदर्शनमा आउँदैछन् । ‘दिमाग खराब’ प्रदर्शनकै दिन शुक्रवारबाट हलिउडको सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ पनि प्रदर्शनमा आउँदैछ । यो पनि प्रतीक्षित मानिएको फिल्म हो । त्यसको दुई दिनपछि आइतवारबाट सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदैछ । विदेशी फिल्म पनि प्रतीक्षित मानिएका कारण नेपाली फिल्मलाई चुनौती रहेको विश्लेषण समेत हुने गरेको छ । हल सञ्चालकसमेत रहेका महर्जन भने तिहारमा पनि विदेशीभन्दा नेपाली फिल्म बढी चल्ने विश्वास व्यक्त गर्छन् । 

‘दशैंमा विदेशीभन्दा नेपाली फिल्म नै बढी चलेका थिए । तिहारमा पनि नेपाली फिल्म बढी चल्ने विश्वास लिएको छु । रिभ्यू राम्रो आयो भने नेपाली फिल्म नै बढी चल्छ भन्ने लाग्छ,’ महर्जनले भने । 

क्यूएफएक्स सिनेमाजकी व्यापार विकास प्रमुख तृप्ति गिरी भने तिहारमा प्रदर्शनमा आउने ३ वटै फिल्मले राम्रो व्यापार गर्ने विश्वास लिएको बताउँछिन् । ३ वटै फिल्म प्रतीक्षित मानिएका कारण क्यूएफएक्समा शो संख्या पनि बराबरजसो दिने उनको भनाइ छ । 

‘हाम्रो अपेक्षा सबैले राम्रो गर्छन् भन्ने हो । बाँकी त फिल्मको ‘वर्ड अफ माउथ’मा भर पर्छ,’ उनले भनिन् । 

यता, ‘दिमाग खराब’का निर्माताले भने फिल्मले व्यापारमा नयाँ रेकर्ड कायम गर्ने विश्वास लिएका छन् । निर्माता रौनकविक्रम कँडेलले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा फिल्मको व्यापारलाई लिएर भनेका थिए – ‘यसपालि रेकर्ड नै ब्रेक गर्ला भन्ने अपेक्षा राखेका छौं ।’ 

घरेलु बक्स अफिसमा सर्वाधिक कमाइको कीर्तिमान ‘कबड्डी ४’को नाममा छ । उक्त फिल्मले राखेको २२ करोड कमाइको कीर्तिमान तोड्ने विश्वास ‘दिमाग खराब’का निर्माता कंँडेलले लिएका हुन् । ‘दिमाग खराब’ सामाजिक–राजनीतिक कथामा बनेको फिल्म हो । दयाहाङ, खगेन्द्र र स्वस्तिमाका अलवा अर्पण थापा, विजय बराल, सुमन कार्की, पुश्कर गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको समेत फिल्ममा अभिनय छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x